प्रमुख दलले सोमबार उम्मेदवारी दर्ता गर्ने
विराटनगरमा प्रमुख राजनीतिक दलले सोमबार दिउँसो उम्मेदवारी दर्ता गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसलाई दिउँसो १ बजे र नेकपा एमाले र नेकपा समाजवादीलाई दिउँसो ३ बजे उम्मेदवारी दर्ता गर्ने भएको हो ।
उमेदवारी मनोनयनको दोस्रो दिन विराटनगरमा चहलपहल बढ्यो
धीरज दाहालविराटनगर, वैशाख १२ गते । स्थानीय तह निर्वाचनका लागि मनोनयनको दोस्रो तथा अन्तिम दिन विराटनगरमा राजनीतिक चहलपहल बढेको छ । मुख्य राजनीतिक दलहरुका उम्मेदवारहरुले आज उमेदवारी मनोनयन दर्ता गर्ने भएकाले पनि विराटनगरका बिभिन्न चोकहरुमा राजनीतिक दलहरुका कार्यकर्ताहरुको भिडभाड बढ्न थालेको छ ।उम्मेदवारी दर्ताको पहिलो दिन विराटनगरमा बिशेषतः स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता भएको थियो । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार महानगर प्रमुखमा ३ जना सहित ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले दिएको जानकारीअनुसार महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारहरु उमेश यादव र सक्रिय गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी जनमत पार्टीकातर्फबाट अरुणकुमार मण्डलले समेत महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी वडाध्यक्षमा १८ र वडा सदस्यमा ३६ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।आसन्न स्थानीयतहको निर्वाचनका लागि विराटनगर महानगरपालिकामा मुख्य दलहरुबाट उम्मेदवार छान्न सकस परेकाले पनि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका ठूला दलहरुबाट उम्मेदवारी दर्ता हुन सकेको छैन । एमालेले बिराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसले प्रमुख पदमा यो समाचार तयार पार्दासम्म कुनै पनि नाममा निर्णय गरिसकेको छैन । विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालयले तोकिए बमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारी मनोनयन दर्ता गराउनेछ ।
प्रमुख बन्न प्रदेशसभाद्वयको राजीनामा
प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यहरुले आइतबार पदबाट राजीनामा दिनुभएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न सांसद पदबाट राजीनामा दिनुभएको छ ।
ओखलढुङ्गा एमालेले टुङ्ग्यायो उम्मेदवार
नेकपा एमालेले ओखलढुङ्गाले जिल्लाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदारहरुको नामावालीमध्येबाट प्रदेश कमिटीले सबै स्थानीय तहका प्रमुख र उपप्रमुखलगायतको उम्मेदवारको टुंगो लगाएको हो ।
राज्य पुनर्संरचनाको खिल्ली उडाइँदै
संविधानअनुसार राज्य पुनर्संरचना भई तीनवटै तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि कतिपय सरकारी, गैरसरकारी, निजी तथा सामुदायिक संस्थाले अझै आफ्नो संस्थाको बोर्डमा नयाँ ठेगाना राखेका छैनन् ।
इच्छाशक्तिले कमाएको नाम र दाम
विराटनगर, वैशाख ११ गते । इच्छाशक्ति भएमा नाम र दाम दुवै आर्जन गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ सुनसरी देवानगञ्ज गाउँपालिकाका किसान रामवृक्ष मेहताले । निजी लगानीका बीउबिजन उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरेर लाखौँ आम्दानी गर्न उहाँ सफल हुनुभएको छ । विगतमा लागत धेरै लागेको र आर्जन थोरै गर्न सकिए पनि व्यवसायमा दिएको निरन्तरताले अहिले अपेक्षित लाभ लिइरहनु भएको छ ।देवानगञ्ज गाउँपालिका–२ निवासी मेहताले सुरुमा रु एक करोडभन्दा बढी लागत लगाएर बीउ प्रशोधन केन्द्र स्थापना गर्नुभयो । यसका लागि पालिकाले रु चार लाख र कृषि ज्ञान केन्द्र सुनसरीले रु आठ लाख सहयोग गरेको उहाँले जानकारी दिनुभयो । सानैदेखि कृषि पेशामा समर्पित मेहताले रु २० लाखमा बीउ प्रशोधन मेसिन खरिद गर्नुभएको छ ।उहाँले गएको वर्षमा प्रशोधित १६० मेट्रिक टन धानको बीउ बिक्री गर्नुभयो । मसिनो धान प्रतिकेजी रु १०० र अन्य धान प्रतिकेजी रु ५५ देखि ६० सम्म बिक्री गर्नुभएको हो । बीउ वृद्धिका लागि स्थानीय किसानका गहुँका लागि ६० हेक्टर र धानका लागि ८० हेक्टर जग्गा उपयोग गर्दै आउनुभएको छ । बजार मूल्यभन्दा २० प्रतिशत बढी मूल्य दिएर बीउ वृद्धिका लागि किसानलाई प्रोत्साहन गर्दै उत्पादनका लागि खेत उपभोग गरिरहेको पाइएको छ ।यस वर्ष मेहताले धान १२५ मेट्रिक टन र गहुँ १२५ मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले यसमा मात्र सीमित नरहेर अग्र्यानिक मल पनि उत्पादन गरिरहनुभएको छ । अग्र्यानिक मलका लागि आवश्यकताअनुसार भैँसी र गाईवस्तु पनि पाल्नुभएको छ । गोबर, घाँसपातलाई कुहाएर बनाउने अग्र्यानिक मलको गुणस्तर जाँच तथा प्रमाण्ीकरणका लागि पहिलो वर्ष नार्क नामक संस्थालाई रु चार लाख भुक्तानी गरेको र त्यसपछि वर्षेनी रु छ हजार मल जाँच गरेको शुल्क तिर्ने गरेको प्रशोधन सञ्चालक मेहताले बताउनुभयो ।उहाँले भन्नुभयो, “अग्र्यानिक मल उत्पादन गर्दा रासायनिक मल विस्थानपन हुने र रासायनिक मल प्रयोग गर्दा उत्पादन लागत बढ्दै जाने र मुनाफा कम हुने भएकाले यस क्षेत्रका किसान अग्र्यानिक मलतर्फ रुचि बढेको पाइएको छ ।”प्रतिकेजी रु २० दरले बिक्री हुने अग्र्यानिक मल गएको वर्षमा ६० मेट्रिक टन बिक्री भएको छ । यस वर्ष अग्र्यानिक मल उत्पादन वृद्धि गर्ने सोच र उद्देश्य रहेको मेहताको भनाइ छ । परिवार सबै मिलेर गरिरहेको यस कामका लागि उहाँले एक कृषि अधिकृत र एक जना जेटिएलाई जागिर पनि दिनुभएको छ । दैनिक १५ जनालाई प्रत्यक्षरूपमा रोजगारी दिँदै आउनुभएका कृषक मेहताले जिल्लास्तरबाट राष्ट्रपति पुरस्कार र बीउबिजन उत्कृष्ट राष्ट्रिय पुरस्कार पाउनुभएको छ, खर्च काटेर वर्षमा रु ३० लाख आम्दानी गर्छु, भन्नुभयो ।यही आम्दानीबाट उहाँले एक छोरा आनन्दलाई एमबिबीएस उत्तीर्ण गराएर एमडीमा भर्ना गर्नुभएको छ भने एक छोरी अम्बिका बिएससी नर्स र अर्की छोरी आरती बिएससी एजीसम्मको शिक्षा दिनुभएको छ । उहाँले यस अतिरिक्त दुई बिघा पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्नुभएको छ । बजारको समस्या नभएको बताउने कृषक मेहताको तरकारी खेतीमा पर्वल, करेला, भिण्डी, खुर्सानी, काँक्रा अहिले बेजोडले फलेको देख्न पाइन्छ । व्यापारीले खेती भएकै ठाउँमा तरकारी खरिद गर्ने गरेकाले कहीँकतै भौतारिनु नपरेकामा खुसी व्यक्त गर्नुभयो ।आनन्द सिड्स एण्ड अग्र्यानिक फर्टिलाइजर नाम दिएको आफ्ना कारखानाबाट प्रभावित भई उहाँकै सहोदर भाइ उमेशकुमार मेहताले पनि अग्र्यानिक मल उत्पादन सुरु गर्नुभएको छ । गएको वर्षमा उहाँले १० मेट्रिक टन अग्र्यानिक मल बिक्री गर्नुभएको थियो भने यस वर्ष उत्पादन बढाउने दिशातर्फ अग्रसर देखिनुभएको छ । उहाँले १० वटा गाई पाल्नुभएको छ भने दैनिक १५ लिटर प्रतिलिटर रु ५० कार दरले दूध पनि बेच्दै आउनुभएको छ । आफ्नो पेशामा समर्पित मेहताका श्रीमती अनिता भारतीले दिनरात नभनी श्रीमान्को काममा सघाउँदै आउनुभएको छ ।प्रदेश नं १ का कृषि मन्त्रालयका सचिव मेघनाथ तिमिल्सेनाले निरीक्षण एवं अनुगमन गर्दै आफ्नै सीप, ज्ञान र क्षमता प्रयोग गरेर कृषि क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेकाले कृषकको मागलाई सक्दो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कृषि ज्ञान केन्द्र सुनसरी मोरङ सम्पर्क कार्यालय विराटनगरका प्रमुख रामदेव सिंहले किसानले गरेको मेहेनतबाट नै राष्ट्र निर्माण हुने भएकाले कृषि उत्पादन बजार बिचौलियाको हातमा पर्न नहुने भन्दै श्रम, सीप र लागत लगाउने किसानले बाली उत्पादनबाट उचित लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
ओखलढुङ्गामा नेकपा एस र जसपा एक्ला एक्लै चुनाव लड्ने
ओखलढुङ्गामा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एक्ला एक्लै चुनावमा जाने तयारी गरेका छन् ।
ओखलढुङ्गामा चुनावी सुरक्षामा १२ सय सुरक्षाकर्मी
शेरबहादुर राईओखलढुङ्गा, वैशाख १० गते । ओखलढुङ्गामा चुनावी सुरक्षाका लागि बाह्रसय सुरक्षाकर्मी खटिने भएका छन् । जिल्लाको आठ वटै स्थानीय तहमा हुने चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन १२ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । जिल्लामा चुनावी सुरक्षाका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी गरि १२ सय भन्दा बढी सुरक्षाकर्मी खटाइने निर्णय भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो । जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ लगायत सुरक्षा निकायका प्रमुखहरुको टोलीले मतदान केन्द्रहरुको अनुगमन गरी संवेदनशील केन्द्रहरुको पहिचान गरेको पनि प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।सुरक्षाकर्मी अपुग भएमा प्रदेशबाट थप सुरक्षा व्यवस्था मिलाउन पहल भईरहेको छ । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन विशेष सुरक्षा व्यवस्था योजना तयार पारिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
निर्वाचनले नछोएको सुकुम्बासी बस्ती
विराटनगर महानगरपालिकाका चोकदेखि गल्लीसम्म निर्वाचनका चहलपहल बढ्न थाल्दा महानगरकै एउटा बस्ती भने सुनसान छ । महानगरको पूर्वतर्फ कटहरी गाउँपालिकासँगको सिमाना छुट्याउँदै अविरल बगेको सिङ्घिया खोलाको डिलमा रहेको सुकुम्बासी बस्तीमा भने निर्वाचनको रौनक पुगेकै छैन । दैनिक ज्यालादारीबाट बिहान बेलुकीको गाँस टार्ने बाध्यतामा रहेका बस्तीका स्थानीयला