व्यावसायिक खेती नहुँदा बजारमा फूलको अभाव
बजारमा फूलको अभाव बढेको छ । फूलै फूलको पर्व भनेर समेत चिनिने तिहारमा फूल अभाव हुँदा उपभोक्ताहरू रित्तो हात घर फर्कन बाध्य भएका छन् ।
पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
राधा लुइँटेलफिदिम, कात्तिक ७ गते। पाँचथरको तुम्वेबा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मौवा बजारदेखि आङनामा रहेको घरतर्फ फर्किनेक्रममा मे ७ प ५४९९ नम्बरको मोटरसाइकलमा सवार तुम्वेवा १ आङनाका ३० वर्षीय भक्त सम्बाहाम्फेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मोटरसाइकल तुम्बेवा ३ बिजुली भञ्ज्याङ भन्ने स्थानमा पुग्दा अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको छ। मोटरसाइकलमा सवार तुम्बेवा १ कै सात वर्षीया एरिया माङलाक सामान्य घाइते हुनुभएको छ। सम्बाहाम्फेको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।
सुन्दर साधुटार (फोटो फिचर)
पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ८ को साधुटार घुमघाका लागि आकर्षक र रमणीय गन्तव्यका रुपमा स्थापित भएको छ ।
अबको ध्यान गरिबी निवारण र रोजगारी सृजनातर्फ : सञ्चारमन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधि र कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब देशमा रहेको गरिबी निवारण तथा बेरोजगारी समस्यालाई न्यूनीकरण गर्ने अभियानमा लाग्ने बताउनुभएको छ ।
निर्वाचनको तयारी तीव्र
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय उदयपुर तीव्र रूपमा आन्तरिक तयारीमा जुटेको छ । दुई लाख २८ हजार ८८६ मतदाता रहेको उदयपुरमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र दुईवटा र प्रदेश सभा निर्वाचन क्षेत्र चारवटा छन् ।
सोलुमा १७१ मेगावाटको दूधकोसी–६ आयोजना निर्माण हुने
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कुल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी– ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।
एक सय त्रिसट्ठी तोला सुनको गहना फेला
ताप्लेजुङमा प्रहरीले करिब दुई किलोग्राम अर्थात् १६३ तोला सुनको गरगहना फेला परेको छ। तीन साताअघि सदरमुकाम फुङ्लिङको आईएमई व्यवसाय कञ्चन मनी ट्रान्सफरबाट लुटिएको उक्त सुनको गरगहना प्रहरीले फेला पारेको हो।
भुइमान्छे विमोचित
सुनसरी सदरमुकाम इनरुवाका साहित्यकार टीका शिवाकोटी आचार्यको पहिलो साहित्यिक कृति ‘भुइमान्छे’ कविता संग्रह शनिबार विमोचित भएको छ । आचार्यको कृति ‘भुइमान्छे’ को प्रदेश १ का पूर्व मूख्यमन्त्री भिमप्रसाद आचार्य र इनरुवा नगरपालिका उपप्रमुख विनिताकुमारी मेहतासहित साहित्यकार प्राध्यापक रबिन्द्र कोइराला, लिलानाथ सिलवाल लगायतले गर्नुभयो ।
संविधानको रक्षा गर्न गठबन्धन : प्रधानमन्त्री देउवा
विराटनगरमा आज (शनिबार) आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उहाँले सबै वर्ग र क्षेत्रको अधिकार सुनिश्चित गर्ने समावेशी संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको प्रष्ट पार्नुभयो ।
हत्या अभियोगमा बाबु–छोरा पक्राउ
ताप्लेजुङमा कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् र छोरा पक्राउ परेका छन् । छोरासँग मिलेर कुटपिट गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा आठराई त्रिवेणी गाउँपालिका–३ हाङ्पाङका ४५ वर्षीय विद्याराज लिम्बू पक्राउ परेका हुन् ।
भारतीय विषादीयुक्त माछा रोकमा उपभोक्ताको समर्थन
झापामा विषादीयुक्त माछाहरू भित्रिनबाट रोक्न स्थानीय सरकार तथा प्रशासन लागेपछि स्थानीय व्यापारी उपभोक्ताहरुले समर्थन गरेका छन् । जिल्लाको प्रमुख बजार बिर्तामोडका व्यापारी तथा माछा पालक किसानहरूले स्थानीय उत्पादनले राम्रो बजार पाएको भन्दै यो कार्यको स्वागत गर्दै स्थानीय माछा विक्री सुरु गरेका हुन् ।
अवैध पेट्रोल र सुर्ती जफत
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अवैध रूपमा बिक्री गरिँदै आएको पेट्रोल र सुर्तीजन्य वस्तु जफत गरिएको छ । बजार अनुगमनका क्रममा फेला परेको अवैध पेट्रोल र सुर्तीजन्य वस्तु अनुगमन टोलीले जफत गरेको हो ।
मतदाता रिझाउन गाउँमा नेता
मङ्सिर ४ गतेका लागि तोकिएको संसदीय निर्वाचनमा उम्मेदवारी दिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ मतदाता रिझाउन गाउँ पस्नुभएको छ। पूर्वप्रधानमन्त्री खनालले बिहीबारमात्रै आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र–१ का गाउँमा भोट माग्ने अभियान सुरु गर्नुभएको छ। सातौँ पटक इलाम–१ मा उम्मेदवारी दिनुभएका खनाललाई यस पटक निर्वाचनमा भने सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साथ दिँदैछन्।
स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाइयो : प्रमुख आयुक्त थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याइएको बताएका छन् ।
मादल बनाउन भ्याइनभ्याइ लामगादे दम्पतीलाई
सानो कच्ची घर । रातो माटाले चिटिक्क लिपिएको सिकुवा । वरिपरि मादलले घेरिएको खाटमाथि बसेर मादल बनाउन र मर्मत गर्न व्यस्त हुनुहुन्छ तेह्रथुमको म्याङ्लुङ नगरपालिका– ९ साब्लाका लोकबहादुर लामगादे । यतिबेला उहाँलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ ।
इटहरीमा गोरखापत्रको निर्वाचन लक्षित अनुशिक्षण सुरु
गोरखापत्र संस्थानले प्रदेश नं १ र मधेश प्रदेशका जिल्ला समाचारदाताहरुलाई लक्षित गरी निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देशमूलक अनुशिक्षण कार्यक्रम सुरु गरेको छ ।
फूल नफुल्दा चिन्तामा किसान
धनकुटा नगरपालिका वडा नं. ३, सिप्तेनका रेसबहादुर राईले यो वर्ष दस रोपनी १० रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको छ। अघिल्लो वर्ष त्यही १० रोपनीमा लगाएको फूलबाट एक लाख ५० हजार आम्दानी गर्नुभएको राईले यो वर्ष पनि त्यति नै आम्दानी गर्ने सोच राख्नुभएको थियो तर यो वर्ष भने फूल कम फुलेका कारण चिन्तित हुनुहुन्छ। तिहारअघि नै फुलाएर बेच्ने लक्ष्यसहित फूल खेती गर्नुभएका राई तिहारपछि फूल फुल्ने चिन्ताले सताएको छ। यतिबेला फूल फुल्न थाल्नुपर्ने हो तर भर्खर कोपिला बस्दैछ, कहिले फुल्छ अनि कहिले बेच्नु, तिहारपछि त पक्कै फूल बिक्दैन उहाँ भन्नुहुन्छ।
महानगरको ध्यान लामखुट्टे र लार्भामा
विराटनगर महानगरपालिकाले डेङ्गु सार्ने लामखुट्टे र लार्भा नष्ट अभियान सुरु गरेको छ। रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सम्भावित जोखिम क्षेत्रको पहिचान गरेर लामखुट्टे र लार्भा नष्ट गर्न थालिएको हो। यस अगाडि महानगरले सरोकारवालालाई राखेर लामखुट्टे र लार्भा नष्ट गर्नेबारे अभिमुखीकरण गराएको थियो। महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा कसरी नष्ट गर्न सकिन्छ भन्ने जानकारी गराएपछि वडास्तरीय अभियान सुरु गरेको हो।
अलपत्र आयोजनाको विवरण बुझाउन ठेकेदारलाई निर्देशन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाहरुको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ ।
जनादेशबाट सरकार निर्माणको दिनगन्ती सुरु–ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जनादेशबाट सरकार बन्ने दिन नजिक आइसकेको बताउनु भएको छ । निर्वाचनको महासङ्ग्राम सुरु भएको बताउँदै ओलीले जनताले सही विवेक प्रयोग गर्ने र मूलकलाई नयाँ दिशा निर्देश गर्ने गरी आफ्नो अभिमत जाहेर गर्ने प्रमुख दिनको रूपमा निर्वाचन रहेको भन्दै यस्तो बताउनु भएको हो ।
अवरुद्ध सडक एक वर्षपछि खुल्यो
गत वर्षको कात्तिक ३ गते आएको बाढीले भत्काएको झापाको दमक–१०, सेतुवारीसँग मोरङको उर्लाबारी–९, थक्लुङ चोक जोड्ने सडक एक वर्षपछि मर्मत भई सञ्चालन भएको छ। २०७८ को कात्तिक ३ गते बेमौसमी वर्षापछि मावा खोलामा आएको बाढीले भत्काएको सडक एक वर्षपछि पुनः सञ्चालन भएको हो।
बालुवामा धान खोज्दै किसान
पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्याएको छ ।
ओखलढुङ्गामा गठबन्धन र एमाले उम्मेदवारबीच प्रतिस्पर्धा
मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते
झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।