इलाममा खनाल र बस्नेतबीच कडा प्रतिस्पर्धा
उम्मेदवार मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन्। इलामको क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार झलनाथ खनाल यतिबेला आफ्नो निर्वाचन क्षेत्रका मतदाताका घरघरमा हुनुहुन्छ। पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता खनाललाई इलाम क्षेत्र नं. १ मा गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गरेका छन्।
एक कार्यालयमा दुई हाकिम
मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागको प्रादेशिक निकायका रूपमा रहेको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा दुई जना कार्यालय प्रमुख भएपछि समस्या उत्पन्न भएको छ। प्रदेश नम्बर १ मा राजस्व चुहावट तथा नियन्त्रणसम्बन्धी काम गर्दै आएको राजस्व अनुसन्धान कार्यालयमा दुई जना प्रमुख भएपछि कसलाई आधिकारिक मान्ने भन्ने विषयमा विवाद देखिएको हो।
सयपत्री फूलबाट लाखौँ रुपियाँ आम्दानी
सयपत्री फूलबाट धनकुटाका किसानले लाखौँको आम्दानी गर्नुभएको छ । धनकुटा नगरपालिका ५ स्थित कर्मिटारमा बसोबास गर्दै आउनुभएका गोविन्द श्रेष्ठले सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्नुभएको छ ।
‘चासोक तङ्नाम’ सुरु
पूर्वका बहुल लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी उत्सव) मनाउन सुरु गरेका छन्। नयाँ धान कोदो पाक्न थालेसँगै लिम्बू जातिको घर-घरमा चासोक तङ्नाम मनाउन सुरु हुन्छ।
थैली युगको अन्त्य गर्छौं : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पराम्परागत ‘थैली युग’ को अन्त्य गर्दै बैंक खातामा पैसा जम्मा गर्ने अवस्था सिर्जना गर्ने बताउनुभएको छ ।
पुलबाट खसेर मृत्यु
धनकुटा नगरपालिका मुलघाटस्थित तमोर पुलबाट खसेर आइतबार बिहान एक वृद्धको मृत्यु भएको छ । मुत्यु हुनेमा मुलघाटका करिब ६५ वर्षीय छत्रमुखी साङपाङ रहेको प्रहरीले जनाएको छ ।
व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी
झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताउनुभयो ।
राजनीति व्यवसाय होइन, सेवा हो : मन्त्री कार्की
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीति व्यवसाय नभई सेवा भएको बताउनुभएको छ।
ओलीसँग सेल्फी लिनेको भीड
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा कार्यक्रममा आएका बेला बालबालिकाहरूको सेल्फी खिचाउने भिड लाग्नेगरेको छ ।
जनताको रेल चढ्ने सपना पूरा हुन्छ: एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लाखौँलाई रोजगारी दिनसक्ने र आर्थिक सम्वृद्धिको आधारमा विकास गर्ने लक्ष्यका साथ सुरु गरिएको रेलमार्ग र औद्योगिक पार्कको जग्गाजमिनमा देखिएको समस्या निर्वाचन लगत्तै समाधानतर्फ लागिने बताउनुभएको छ ।
सुकुम्बासीसम्बन्धी आयोग बनेकाे २८ वर्ष बित्यो उपलब्धि शून्य
सुकुम्बासी र अव्यवस्थित बसोबासीकाे समस्या समाधान गर्न भनेर जिल्ला तहमा गठित सुकुम्बासी समस्या समाधान आयोग गठन भएकाे २८ वर्ष बिते पनि उपलब्धि भने शून्य रहेको छ ।
दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडलाई
पाँचथरको रानिटारमा आयोजित दोस्रो दीपावली गोल्ड कपको उपाधि रानीटार युनाइटेडले हात पारेको छ ।
छठपर्वका लागि सामग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)
आइतबार मनाइने छठपर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवश्यक सामग्री खरिदबिक्री गर्दै स्थानीयबासी ।
ताप्लेजुङ थेचम्बुमा महिला मृत फेला
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका –२ थेचम्बुमा शुक्रबार एक महिला मृत फेला परेकी छन् । प्रहरीका अनुसार थेचम्बु श्यामचौकका राजकुमार माबोकी श्रीमती ४७ वर्षीया निर्मला इजम लिम्बू मृत फेला परेकी हुन् ।
मङ्सिर ४ पछि राष्ट्रवादी शक्ति सम्मिलित सरकार बन्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेपछि देश विकास ठप्प भएको बताउँदै आँउदो मङ्सिर ४ पछि राष्ट्रबादी शक्तिहरु सम्मिलित सरकार बन्ने बताउनुभएको छ ।
न देउसी न भैलो, अलैँची घर भित्र्याउनै चटारो
बुधबार फुङ्लिङ बजारमा दैउसी, भैलोको रौनक थियो । बजारदेखि पाँच किलोमिटर पर बिहीबारे क्षेत्रमा अलैँची बगानमा ७० वर्षीय खाङ्डु शेर्पा अलैँची भट्टी लगाउनमा व्यस्त हुनुहुन्थो ।
उम्मेद्वार सिटौला मतदाताको घर आँगनमा
नेपाली काँग्रेसका नेता एवं झापाको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार कृष्णप्रसाद सिटौला मतदाताको घर आँगनमा पुगेर स्थानीयका समस्या सुन्दै समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।
घरमा आगलागी हुँदा लाखौंको क्षति
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन अर्थात आज बिहीबार बिहान बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घरमा आगलागी भएको हो ।
ताप्लेजुङमा आचारसंहिता उल्लङ्घन बढ्दै
ताप्लेजुङमा निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनको तुलनामा यस पटक निर्वाचन आचारसंहिता उल्लङ्घनको घटना बढेको पाइएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका ९ मिलनचौकमा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो (फोटो फिचर)
ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैची टिप्न र थन्क्याउने चटारो भएको हो ।
तिहार, छठ, नेपाल संवतको अवसरमा शुभकामना कार्यक्रम
नेपाली काङ्ग्रेससहित सत्तारुढ गठबन्धनको आयोजनामा सुनसरी निर्वाचन क्षेत्र नं. ४ ले जिल्ला सदरमुकाम इनरुवा ८ डुम्राहामा तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
थारु हुकेहुक्का खेलको अस्तित्व सङ्कटमा
लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।