निर्वाचन देशको भविष्य बनाउने अवसर हो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यो निर्वाचन सामान्य निर्वाचनमात्र नभएर देशको भविष्य बनाउने अवसर भएको बताउनु भएको छ।
नेपाल बनाउन साझा एजेण्डा बनाएर अघि बढ्नुपर्छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिलाई सही ढंगले अघि बढाउन र नेपालजस्तो सानो देशलाई स्वतन्त्र, स्वाधिन र सार्वभौम राख्न नेपालका राजनीतिक दलहरुले साझा एजेण्डा बनाएर जानु पर्ने बताउनुभएको छ ।
ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गएराति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चारजनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ४ र ५ को सिमानास्थित याम्फेवा खोलामा उक्त ट्रयाक्टर दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो ।
धनकुटामा उम्मेदवारी दलित शून्य, महिला न्यून
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धनकुटामा दलितको उम्मेदवारी शून्य छ भने महिलाको उम्मेदवारी न्यून छ। एक प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ सात जनाको उम्मेदवारी दर्ता हुँदा न महिलाको उम्मेदवारी प¥यो न त दलितको। त्यस्तै प्रदेश सभाका दुई जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको उम्मेदवारी प¥यो भने दलित उम्मेदवार भएनन्।
स्वास्थ्य चौकीमा प्रसूति गृह सञ्चालन
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ को नरसिंह स्वास्थ्य चौकीमा पाँच वर्षअघि निर्माण गरिएको प्रसूति गृह बल्ल सञ्चालन भएको छ। निर्माण सम्पन्न भए पनि सञ्चालन हुन नसक्दा स्थानीय मर्कामा परेको गुनासोलाई ध्यानमा राखेर उद्घाटन गरिएको हो। नरसिंह स्वास्थ्य चौकीको प्रसूति गृह सञ्चालन भएपछि गर्भवती महिलालाई गाउँमै सहज प्रसूति गराउन पाउने भएको स्थानीय मानव अधिकार समूहका अध्यक्ष नुनुलाल साहले जानकारी दिनुभयो।
पूर्व सशस्त्र प्रहरी शाहद्वारा आफैलाई गोली हानी आत्महत्या
झापा गौरादह नगरपालिका ८ जुरोपानीमा घरायसी विवाद हुदा एक पूर्व सशस्त्र प्रहरीले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । मंगलबार राती ७ बजेको समयमा झापा गौरादह ८ का ३६ वर्षीय बिरन शाहले विवाद हुँदा आफ्नै दाजुको छोरा १५ वर्षीय हेमराज शाहलाई गोली प्रहार गरी घाईते बनाएका थिए ।
एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार अपरान्ह आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ सहित झापाका बिभिन्न कार्यक्रममा सहभागि हुन गृह नगर दमक आउनु भएका ओलीको स्वास्थ्यमा समस्या आएको थियो ।
‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा : गृहमन्त्री खाण
नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।
भित्रिन थाल्यो सयपत्री
दीपावली अर्थात् तिहार तथा छठ पर्व नजिकिएसँगै झापामा पूर्वी नाका काँकडभिट्टाबाट सयपत्री फूल नेपाल आउन थालेको छ । पछि महँगो हुने भएकाले अहिलेदेखि नै भारतबाट फूल ल्याएर सुरक्षित भण्डारण गरेर एक सातापछि फूलको बिक्री सुरु हुने व्यापारीले जनाएका छन् ।
एमाले अध्यक्ष ओली अस्वस्थ
मंगलबार दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ ।
एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न सक्षम जनप्रतिनिधि चुन्ने अवसर आउँदो निर्वाचन भएको बताउनुभएको छ । उहाँले विकासको लहर ल्याउने र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी एमाले भएको बताउँदै स्पष्ट बहुमत ल्याउने दाबी पनि गर्नुभएको हो ।
सञ्चारमन्त्री कार्कीको क्षेत्रमा २५ प्रत्याशी, उहाँबाहेक सबै नयाँ
प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ ले जिल्लाको मात्रै नभई देशको ध्यान तानेको छ । वर्तमान सरकारका कानुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सो क्षेत्रबाट उम्मेदवारी दिनुभएकाले सबैकाे ध्यान तानिएको हाे।
महेन्द्र क्याम्पसका विद्यार्थीलाई एक लाखको स्वास्थ्य बीमा
महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।
सवारी दुर्घटनामा २ को मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको हो ।
खानेपानीको अल्पकालीन व्यवस्थाले लाखौँ रुपियाँ बचत
धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले आफू निर्वाचित भएदेखि धरानको खोला खोल्सामा अनुसन्धान गरी अल्पकालीन व्यवस्थाको लागि पानी ल्याउने कार्य सुरु गरेसँगै एक महिनामा उपमहानगरको लाखौँ रुपियाँ बचत भएको छ। धरानको स्वस्तिका चोकको खानेपानी ट्याङकीमा निशाने दोभानबाट पानी ल्याएपछि खानेपानी बोर्डले तिर्न‘पर्ने ३४ लाखमा १० लाख रुपियाँ बिजुलीको बिल घटेर आएको खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेलले बताउनुभयो।
रानी–धरान सडक जथाभाबी खोलिएका ‘क्रस पोइन्ट’ बन्द गरिने
रानी–धरान छ लेन सडकअन्तर्गत विराटनगर–इटहरी खण्डमा डिजाइन स्वीकृत गरिएको बाहेक अन्यत्र खुला गरिएका ‘क्रस पोइन्ट’ बन्द गरिने भएको छ । सडक सुरक्षाका हिसाबले डिभाइडर टुक्राएर जथाभाबी राखिएका ‘क्रस पोइन्ट’ जोखिम देखिएको भन्दै यस्तो स्थानमा डिभाइडर राखिने भएको हो ।
ओलीसँग चौबीस जनाको प्रतिस्पर्धा
प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ ले सबैको ध्यान तानेको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ।
शेर्पा सङ्घ ताप्लेजुङ अध्यक्षमा पासाङरिता
नेपाल शेर्पा सङ्घ ताप्लेजुङको अध्यक्षमा पासाङरिता शेर्पा चयन हुनुभएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
इन्द्रेणी तालमा ‘एड्भेन्चर कोम्बो इभेन्ट’
झापामा पहिलो पटक साहसिक खेल ‘एड्भेन्चर कोम्बो इभेन्ट’ सहितका नौलो कार्यक्रम हुने भएको छ। झापाको दमक–१० स्थित इन्द्रेणी तालमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुने एड्भेन्चर कम्बोसहित म्याराथन दौड, पौडी र बेलुन टप समावेश हुनेछ।
उम्मेदवारमा मुगा गाउँकै वर्चस्व
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका सात जनामध्ये तीन जना तत्कालीन मुगा निवासी छन्। प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट उम्मेदवारी दर्ता गराउनुभएका सुनीलबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट दर्ता गराउनुभएका राजेन्द्र राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दर्ता गराउनुभएका कुमारबहादुर थापा यही क्षेत्र निवासी हुनुहुन्छ। सङ्घतर्फ समानुपातिकमा सिफारिस हुनुभएका जनता समाजवादीका नेता अर्जुन थापा र प्रदेशमा सिफारिस हुनुभएका नेपाली कांग्रेसकी नेत्री इन्दिरा थापासमेत यही क्षेत्र निवासी हुनुहुन्छ।
चुनावपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउँछ : मन्त्री कार्की
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि, कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि गठबन्धनले दुई तिहाइको सरकार बनाउने दाबी गर्नुभएको छ।
झापा १ मा शर्मा र खरेलको प्रतिस्पर्धा
नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा र एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलबीच हुने प्रतिस्पर्धालाई रोचक ढंगले हेरिएको छ।
गणतन्त्रवादीको जित आवश्यक छ : नेता सिटौला
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको सही कार्यान्वयन हुन नसक्दा अहिले पनि परिवर्तनमाथि धावा बोल्ने काम भइरहेको बताउनुभएको छ ।
अस्मि बन्नुभयो ‘सिदिङ्वा डान्स स्टार’
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा सञ्चालित ‘सिदिङ्वा डान्स स्टार’ नृत्य प्रतियोगिताको उपाधि अस्मी लिङ्देनले जित्नुभएको छ । निर्णायक चरण (फाइनल) मा नौजना प्रतिस्पर्धीलाई पछि पार्दै अस्मीले उपाधि जित्नुभएको हो ।