• १३ साउन २०८१, आइतबार

बालुवामा धान खोज्दै किसान

blog

सल्यान शारदा खोलाको लान्ती क्षेत्र आसपासमा बालुवाले पुरिएको धान सङ्कलन गर्दे स्थानीयवासी । तस्बिर: प्रतीक शर्मा

सल्यान, कात्तिक ३ गते । पाक्नै लागेको धान बाढीले बगाएपछि सल्यानका किसानहरू हिजोआज बालुवामा धान खोज्न व्यस्त छन् । एक साता परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले अन्नबालीमा नोक्सानी पुर्‍याएको छ ।

यो पनि पढ्नुहोस

अमेरिकी टोलीले नेपालको हवाई सुरक्षा अध्ययन गर्दै

पाक्नै लागेको धान, भित्र्याउन तयार भएका मकै बाढी र पहिरोले बगाउँदा किसान चिन्तित भएका छन् । शारदा नगरपालिकाका १२ का मङ्गलबहादुर अधिकारीले यस वर्ष पाँच रोपनी खेतमा धान लगाउनु भएको थियो ।  शारदा किनारमा पहेरपुर भएर पाकिसकेको धान दसैँ मनाएर काटने तयारी थियो । तर एक साता परेको लामो वर्षाका कारण शारदा नदिमा बाढि आएपछि धान काटने त के, उहाँले लगाएको धान सँगै पाँच रोपनी खेत नै बगाएर लग्यो । उहाँलाई अहिले कसरी परिवार पाल्ने भन्ने चिन्ता परेको छ । 

यो पनि पढ्नुहोस

फूल टिप्न र माला बनाउन भ्याइनभ्याइ


यो पनि पढ्नुहोस

स्मार्ट लाइसेन्स पढ्ने मेसिन हस्तान्तरण

छत्रेश्वरी गाउँपालिका राना गाउँकी मुना रानाको पिडा पनि यो भन्दा फरक छैन, धान काट्ने बेलामा पानी पर्ला, बाढी आउँला, ठुलो नोक्सान गर्ला भन्ने नसोचेकै भयो । २५ मुरी धान फल्ने खेत सबै बाढीले बगाएर लगेको छ । अहिले मङ्गल र मुना जस्ता अधिकांश किसानको शारदा खोला आसपासमा बगाएको धान बालुवामा खोजिरहेका छन् । 

यो पनि पढ्नुहोस

तलब आयोगको काम अझै भएन सुरु

कपुरकोट ५ सलामका विजयसिंह बुढाको घर सहित खेतबारी पनि पहिरोले बगायो । उहाँ स्थानीय सरकारले व्यवस्थापन गरेको विद्यालयमा बसिरहनु भएको छ । यहाँका १४ घरपरिवारको घर खेतीयोग्य जमिन पहिरोले बगाएको छ । 

यो पनि पढ्नुहोस

नलगाड किनारमा रहेको बस्ती

अन्नबाली मकै र धान बाली बगाएका किसान यति बेला राहतको आशामा बसेका छन् । शारदा नगरपालिका १२ की खुमा अधिकारीले आफ्नो दुखमा सरकारले सहयोग गर्ने आशा गर्नु भएको छ । शारदा नगरपालिका १२ डाँग्रीका रेसम बुढाको ४ रोपनीमा लगाएको धान मध्ये करिब ३ रोपनी खेतमा लगाएको धान बालुवामा मिसिएको छ । करिब ३० मुरी धान नोक्सान भएको बुढाले बताउनुभयो । 

आफूसँगै छरछिमेकको पनि उस्तै हाल रहेको उहाँको भनाई छ । ‘खेतमा नयाँ मान्छे आउँदा क्षतिपूर्ति वा राहतको लागि हो कि भन्ने आस लाग्छ’ उहाँले थप्नुभयो गत साल पनि क्षतिपूर्तिको विवरण सङ्कलन गरिएको हो, केही आएन, यो पटक त केही पाइन्छ कि भन्ने आस छ ।

विशेष गरी शारदा नदी , बन्गाड, कपुरकोट ,कुमाख, छत्रेश्वरी, कालिमाटी, त्रिबेणीमा बढी क्षति भएको छ । खोलाको छेउछाउमा रहेका खेत डुबान र कटान भएकाले शारदा नदी र बनगाड आसपासको क्षेत्रमा बढी क्षति भएको छ । अबिरल वर्षा सँगै आएको बाढीले सल्यानमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा लगाएको धान बालीमा क्षति गरेको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख भरत बस्नेतले ९१४ खेत कटान  गरेको बताउनुभयो । उहाँका अनुसार  १८० रोपनी काटेको धान बालीमा क्षति र ४४.५ रोपनी खेत बगाएको छ । 


बढी जोखिम भएका स्थान कपुर कोटका केही भाग र शारदा बनगाड खोला आसपासका क्षेत्रलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणाको लागि सिफारिस पनि गरिएको छ । खोला आसपासका खेतीयोग्य जमिन बाढी र ग्रामीण क्षेत्रमा पहिरोले जिल्ला भर २ हजार २ सय ९६ रोपनी धानबालिमा क्षति गरेको प्रारम्भिक विवरण प्राप्त भएको भए पनि क्षति पुर्‍याएको यकिन विवरण आउन केही समय लाग्ने प्रशासनले जनाएको छ ।  

Author

प्रतीक शर्मा