सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्नसक्छ : अध्यक्ष तिमल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले चाहेमा चाँडै निजामती सेवा ऐन बन्ने बताउनुभएको छ।
प्रदेशका एकल अधिकारमा संघको हस्तक्षेप भयो : मुख्यमन्त्री राई
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशका एकल अधिकार कार्यान्वयन गर्न सङ्घीय सरकारको अनुमति लिनुपर्दा काम गर्न कठिनाइ भइरहेको बताउनुभएको छ ।
तीन महिनादेखि इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द
उडान शुरु भएको छोटो समयमै इलामको सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको छ । पर्याप्त यात्रुको चाप हुँदाहुँदै तारा एयरले उडान भर्न छोडेपछि उडान शुरु भएको ६ महिना नपुग्दै सुकिलुम्बा विमानस्थलमा हवाई उडान बन्द भएको हो ।
प्राकृतिक सौन्दर्यले भरीपूर्ण साल्पा (फोटो फिचर)
धार्मिक आस्थाको प्रतिक अनि प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो साल्पा, जसको बारेमा सुनेपछि एक पटक जान मन लाग्ने । जुन खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा गरी चार जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरीपूर्ण स्थल हो ।
बाख्रापालनबाट मनग्य आम्दानी
मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लाग्नुभएको छ ।
बहुवर्षे ठेक्का लगाउँदा महानगरलाई करोडौँको बोझ
सङ्घीय सरकारले विराटनगर महानगरपालिकाको प्रशासनिक भवन बनाउन गत आर्थिक वर्ष २०७८/७९ मा १० करोड ३८ लाख रुपियाँ बजेट विनियोजन ग-यो। प्रशासनिक भवन निर्माणका लागि महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदनका आधारमा भवन निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्था गरेपछि महानगरले पनि म्युचुअलफन्डको रूपमा बजेट छुट्यायो तर समयमा भवन निर्माणको प्रक्रिया अगाडि नबढ्दा सङ्घीय सरकारले दिएको बजेट असार मसान्तमा फ्रिज भयो। अहिले भवन निर्माणको सम्पूर्ण दायित्व महानगरको काँधमा सरेको छ।
स्थानीय सरकारले प्रदेश सरकारले बनाएका कानुन कार्यान्वयन गरेनन् : सभामुख भण्डारी
प्रदेश सभा १ का सभामुख प्रदीपकुमार भण्डारीले स्थानीय तहले प्रदेश सरकारले बनाएका कानुनको कार्यान्वयन नगरेको बताउनुभएको छ । मङ्गलबार सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै सभामुख भण्डारीले सो कुरा बताउनुभएको हो ।
राप्रपासँग पनि चुनावी तालमेल हुनसक्छ: कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो सङ्घीय तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । उहाँले अहिले नै निश्चित भइनसकेको बताउँदै जोसँग पनि तालमेल वा सहकार्य गरेर जान सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।
पानी पार्न मन्दिरमा भाकल
सुनसरीमा धान रोपाइँ सकिएको करिब दुई महिना हुन लागेको छ तर अकाशे भरमा धान लगाएको धान बाली सुक्न थालेको छ। यसको मुख्य कारण हो एक महिनायता पर्याप्त वर्षा नहुनु र अत्याधिक गर्मी हुनु। यसले गर्दा भगवान् इन्द्र रिसाएको हो कि भनेर पानी पार्न भन्दै मन्दिरमा भाकल गर्ने र राति महिलाले सामूहिक मौलिक गीत गाउने र नाचेर जटजाटिन खेल्ने क्रम बढेको छ।