चौध वर्षपछि बेलायतमा लेबर पार्टी सत्तामा फर्कियो
लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ ।
पाकिस्तानमा बजेटपछि मुद्रास्फीति बढ्यो
आर्थिक वर्ष २०२४–२५ को बजेट पेस भएपछि पाकिस्तानको मुद्रास्फीतिमा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो साप्ताहिक मुद्रास्फीति दर १.२८ प्रतिशतले बढेको एआरवाई न्यूजले रिपोर्ट गरेको छ ।
सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादन उच्च स्तरमा
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले सन् २०२४ मा विश्वव्यापी खाद्यान्न उत्पादनको लागि आफ्नो पूर्वानुमान अद्यावधिक गरेको छ । जसमा हाल दुई हजार आठ सय ५४ मिलियन टनमा पुर्याएको छ, जुन नयाँ सर्वकालिक तथ्याङ्कमा उच्च हो ।
इरानी सुधारवादी पेजेस्कियन राष्ट्रपतिमा विजयी
इरानका सुधारवादी उम्मेदवार मसूद पेजेस्कियनले शनिबार अल्ट्रा कन्जरभेटिभ सईद जलिलीको विरुद्ध दोस्रो चरणको राष्ट्रपतीय चुनावमा जित हासिल गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।
कियर स्ट्यामर बेलायतको नयाँ प्रधानमन्त्री
लेबर पार्टीका नेता सर कियर स्ट्यामर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाउनुभएको थियो ।
इजरायली टोली गाजासम्बन्धी सम्झौताका लागि कतार जाने
इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ ।
इजरायलले क्रुर यातना दिएको रिहा भएका गाजावासीको आरोप
इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेष्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजाबासीले लगाएका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा विश्वव्यापी एकताको आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रसङ्घको महत्त्वपूर्ण साझेदारका रूपमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को भूमिकालाई जोड दिँदै कठिन विश्वव्यापी परिस्थितिका बिच विश्वव्यापी एकताका लागि आग्रह गर्नुभएको छ ।
मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी
मलेसियाको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा ग्यास चुहावट भएपछि कम्तीमा ३९ जना बिरामी परेको अल जजिराले शुक्रबार स्थानीय अधिकारीलाई उद्धृत गरी जानकारी गराएको छ ।
दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय
जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ ।
गाजाका मेडिकल विद्यार्थीको शिक्षा पाकिस्तानबाट पूरा गर्न दिइने
पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।
५० वटा युक्रेनी ड्रोन नष्ट गरेको रुसी रक्षा मन्त्रालयको दाबी
रुसी सेनाले रुसी क्षेत्र र युक्रेनका क्षेत्रहरूमा गरी ५० युक्रेनी ड्रोनहरू नष्ट गरेको मस्कोको रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ ।
लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने
किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ । संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्यूजले शुक्रबार बिहान जनाएको छ ।
इरानमा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचन : शुक्रबार बिहानैदेखि मतदान सुरु
इरानमा गत मे महिनामा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका इब्राहिम रायसीको उत्तराधिकारीका लागि सुधारवादी उम्मेदवार मसूद पेजेस्कियान र संस्थापन पक्षधर सइद जलिलीबिचको प्रतिस्पर्धाका लागि शुक्रबार मतदान सुरू भएको इरानको गृह मन्त्रालयले जनाएको छ ।
गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित : राष्ट्रसङ्घीय अधिकारी
संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको ९० जनसङ्ख्या कम्तीमा एक पटक विस्थापित भएको पुष्टि गरेका छन् ।
कङ्गोमा आक्रमणपछि चार चिनियाँ नागरिकको मृत्यु भएको आशङ्का
चीनले बिहीबार डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) मा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।
दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पुराना ‘धमिराको ढिस्का’ फेला
दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार वर्षभन्दा बढी पुरानो भएको थाहा पाएपछि वैज्ञानिकहरू दङ्ग परेका छन् ।
बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु
संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ । मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ ।
साङ्घाई गठबन्धन ‘निष्पक्ष बहुध्रुवीय विश्व व्यवस्थाको एक प्रमुख स्तम्भ’ : रुसी राष्ट्रपति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बुधबार द्विपक्षीय भेटवार्ता भएको छ । उहाँले बुधबार नै टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको छ ।
इराकी लडाकू समूहले लेबनानलाई सघाउने
गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त राज्य अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।
अमेरिकाले युक्रेनलाई थप २.३ अर्ब डलर सैन्य सहयोग गर्ने
संयुक्त राज्य अमेरिकाले चाँडै युक्रेनका लागि २.३ अर्ब डलर भन्दा बढी सैन्य सहयोगको घोषणा गर्ने अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मङ्गलबार बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय विद्यार्थी सीमित गर्ने योजना अस्ट्रेलियाको अर्थतन्त्रका लागि घातक
अस्ट्रेलियाको सबैभन्दा ठुलो व्यापारिक समूहले विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिएको छ ।
इजरायली निर्देशनपछि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूह चिन्तित
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौँ हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या १२१ पुगेको छ ।