• २४ असार २०८१, सोमबार

दक्षिण कोरियाका पूर्व विपक्षी नेताका आक्रमणकारीलाई १५ वर्षको जेल सजाय

blog

सियोल, असार २१ गते । जनवरीमा दक्षिण कोरियाका तत्कालीन विपक्षी नेता ली जे म्युङलाई छुरा प्रहार गर्ने व्यक्तिलाई शुक्रबार १५ वर्षको जेल सजाय सुनाइएको क्षेत्रीय अदालतले जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमले किम उपनामले चिनिने आक्रमणकारीले समर्थक भएको नाटक गरी लीको घाँटीमा छुरा प्रहार गरेका थिए ।  छुरा प्रहारबाट लीलाई गम्भीर चोट लागेकाले उहाँको  आपतकालीन शल्यक्रिया गरिएको थियो र एक हप्ताको अस्पतालमा उपचारपछि उहाँ  निको हुनुभएको थियो ।

दक्षिणी बन्दरगाह शहर बुसानमा जनवरी २ मा आयोजित एक कार्यक्रममा राजनीतिज्ञलाई पत्रकारहरूले घेरिएको बेला घाँटीमा छुरा प्रहार गरेका थिए ।

आक्रमणकारीलाई ‘आज १५ वर्षको जेल सजाय सुनाइएको  बुसान जिल्ला अदालतका प्रवक्ता ली जे–हीले बताउनुभयो ।

आक्रमण अप्रिल १० को संसदीय चुनावभन्दा करिब तीन महिना अगाडि भएकोले किममाथि हत्याको प्रयास र निर्वाचन कानुन उल्लङ्घनको आरोप लगाइएको थियो ।

लीलाई ‘राष्ट्रपति बन्न’ बाट रोक्न चाहेको कारण किमले सावधानीपूर्वक आक्रमणको योजना बनाएको प्रहरीले जनाएको छ । अप्रिलको चुनावमा दक्षिण कोरियाको कन्जर्भेटिभ सत्तारुढ पार्टीलाई तत्कालीन लीको नेतृत्वमा रहेको डेमोक्र्याटिक पार्टी (डिपी) ले हार बेहोरेको थियो ।

लीले अगस्टमा हुने पार्टी सम्मेलनमा फेरि डिपीको नेतृत्वका लागि व्यापक रूपमा दौड गर्ने अपेक्षा गरिएको छ । विगतमा धेरै उच्च–प्रोफाइल दक्षिण कोरियाली राजनीतिज्ञहरू सार्वजनिक रूपमा आक्रमण भएका छन् ।

लीभन्दा पहिले डेमोक्र्याटिक पार्टीको नेतृत्व गरेका सङ यङ गिललाई सन् २०२२ मा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो । यसैगरी सन् २०१३ मा राष्ट्रपति बनेकी पार्क ग्युन हेलाई सन् २००६ मा एउटा र्‍यालीमा छुराले आक्रमण गरिएको थियो । रासस/एएफपी