• २१ असार २०८१, शुक्रबार

इजरायली निर्देशनपछि संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूह चिन्तित

blog

संयुक्त राष्ट्रसङ्घ, असार १९ गते । संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको  ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौँ हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले पछिल्लो नौ महिनामा बस्ती खाली गर्न दिइएको आदेशबाट प्रभावित गाजावासीहरू बारम्बार विस्थापित भएको बताएको छ । गाजा पट्टीको लगभग एक तिहाइलाई समेट्ने सोमबारको निर्देशन उत्तरी गाजा खाली गर्ने अक्टोबरको आदेशपछिको सबैभन्दा चिन्ताजनक विषय हो ।

ओसिएइचएले यति ठुलो मात्रामा निकासीले नागरिकहरूको पीडा बढाई मानवीय आवश्यकता अझ बढाउने जनाएको छ ।  विस्थापितसँग दोस्रो वा तेस्रो पटक बसाइँ सर्ने असम्भव विकल्प नभएको जनाउँदै कुनै ठाउँ वा सेवाहरू भएका क्षेत्रमा भारी लडाई हुने क्षेत्रमा बस्ने सम्भावना नभएको मानवीय सहायताकर्मीले उल्लेख गरेका छन् ।

युएनआरडब्लुए (प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य निकाय) को प्रारम्भिक अनुमानले आदेशको समयमा विस्थापित रहेका क्षेत्रमा लगभग दुई लाख ५० मानिसहरू बसोबास गरेको हुनसक्ने सङ्केत गरेको छ । नयाँ आदेशले ९० भन्दा बढी विद्यालयहरूलाई असर गरेको छ । आदेश कार्यान्वयनले धेरै विस्थापित मानिसका साथै चार मेडिकलस्थल र युरोपेली गाजा अस्पताल क्षेत्रलाई प्रभावित पर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार ७० जना बिरामी र मेडिकल स्टाफलाई स्व–निकासी गरिएको र मङ्गलबार थप बिरामीलाई बाहिर निकालिएको बताएको छ । अधिकृत प्यालेस्टिनी क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले युरोपेली गाजा अस्पतालमा तीन जना र रेडक्रस फिल्ड अस्पतालको अन्तर्राष्ट्रिय कमिटीमा तीन जना बिरामी मात्र बाँकी रहेका छन् ।

डब्ल्यूएचओले अस्पतालबाट बहुमूल्य चिकित्सा उपकरण र आपूर्तिको स्थानान्तरणलाई समर्थन गरी बाँकी महत्त्वपूर्ण अस्पतालमध्ये एक, ओसिएएचएले  मङ्गलबार इजरायली अधिकारीहरूले अस्पतालमा बिरामी वा कर्मचारीहरूमा यो आदेश लागु नहुने बताएका छन् ।

मानवीय कार्यालयले सबै पक्षहरूले सधैँ अन्तर्राष्ट्रिय मानवीय कानुनको सम्मान गर्नुपर्ने दोहोर्‍याएको छ । “यसको अर्थ नागरिकहरू सुरक्षित हुनुपर्छ, र उनीहरूको आवश्यकताहरू–खाना, आश्रय, पानी र स्वास्थ्य सहित–पूरा गरिनुपर्छ भन्ने हो ।  रासस/सिन्ह्वा