रूसी अदालतद्वारा नाभाल्न्यालाई गिरफ्तारीको आदेश
मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उहाँ देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उहाँका प्रवक्तालाई उद्धृत गर्दै मङ्गलबार सिएनएनले जानकारी गराएको छ ।
दक्षिण कोरियामा कर्मचारीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा
दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ ।
चीनमा १०४ जिउँदो सर्प ट्राउजरमा राखी तस्करी गर्दै गरेको अवस्थामा पक्राउ
चीनको मुख्य भूमिमा १०० भन्दा बढी जिउँदो सर्पलाई ट्राउजरमा हालेर तस्करी गर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरिएको चीनको भन्सार प्रशासनले जनाएको छ ।
भारतमा यात्रुवाहक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुवाहक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटनापछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
युद्ध अन्त्य गर्न भारतको आग्रह
रूससँगको भारतको सम्बन्धले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा द्वन्द्व अन्त्य गर्न आग्रह गर्ने क्षमता दिएको ह्वाइट हाउसले मङ्गलबार जनाएको छ ।
रुसको रक्षा मन्त्रालयद्वारा ३८ युक्रेनी ड्रोन नष्ट गरेको दाबी
रुसी सेनाले गत राति सीमा नजिक ३८ युक्रेनी ड्रोन नष्ट गरेको मन्त्रालयले दाबी गरेको छ । मङ्गलबार आस्ट्राखानका गभर्नर इगोर बाबुस्किनले भन्नुभयो, “युक्रेनले यस क्षेत्रलाई लक्षित गरी उत्तरमा ड्रोनमार्फत आक्रमणको ठुलो प्रयास सुरु गरेको थियो ।”
जाम्बियामा कोभिड–१९ का सङ्क्रमित बढे
जाम्बियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
गाजा युद्धविराम प्रस्तावमा हमासको सकारात्मक प्रतिक्रिया
हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
भारी वर्षाका कारण मुम्बईमा विश्वविद्यालयको परीक्षा स्थगित
भारी वर्षाको प्रभावका कारण मङ्गलबार भारतको आर्थिक राजधानी मुम्बई र वरपरका विद्यालय र अन्य शैक्षिक संस्थाहरू बन्द गरिएको छ भने विश्वविद्यालयका परीक्षाहरू स्थगित गरिएको छ ।
उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुईको मृत्यु , १८ जनाको उद्धार
नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राती काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
बङ्लादेशका प्रधानमन्त्री शेख हसिना चिनियाँ प्रधानमन्त्री ली किआङको निमन्त्रणामा चीनको चार दिने राजकीय भ्रमणमा बेइजिङका लागि ढाकाबाट सोमबार प्रस्थान गर्नुभएको छ ।
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० जनाको मृत्यु
रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ ।
फ्रान्समा वामपन्थी गठबन्धनको अग्रता, मिलीजुली सरकार बन्ने सम्भावना
फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूले अग्रता लिइरहेको प्रारम्भिक मतगणनाले देखाएको छ ।सबै अपेक्षा विपरीतपेरिसमा वामपन्थी कार्यकर्ताहरूको ठुलो भीड भेला भई मतगणनाको अन्तिम परिणामको पर्खाइमा रहेको छ ।
चिनियाँ राष्ट्रपति र हङ्गेरीका प्रधानमन्त्रीबिच युक्रेन सङ्कटबारे छलफल
चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग भेटवार्ता गर्नुभएको छ । वार्तामा नेताद्वयले युक्रेन सङ्कटबारे विचार आदानप्रदान गरेका छन् ।
भारतका प्रधानमन्त्री मोदी रूस र अस्ट्रिया भ्रमणका लागि प्रस्थान
प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार दुई राष्ट्रको भ्रमणका लागि रूसको मस्को प्रस्थान गर्नुभएको छ । उहाँलाई राष्ट्रपति भ्लादिमिर पुटिनले २२ औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गर्नुभएको हो ।
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
दक्षिण कोरियाली विशाल प्रविधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।
अमेरिकामा गर्मीले जनजीवन प्रभावित
अमेरिकामा १३० मिलियन अर्थात् १३ करोड भन्दा बढी सर्वसाधारण तातो लहरको कारण प्रभावित भएका छन्। नेशनल वेदर सर्भिस (एनदब्लुएस) का मौसमविद् ज्याकब एशरम्यानका अनुसार बढ्दो तापक्रमले प्रशान्त उत्तरपश्चिम, मध्य-एट्लान्टिक र उत्तरपूर्वी भागको तापमान एक सय डिग्री फरेनहाइट भन्दा माथि पुग्ने अनुमान छ।
इरानका नवनिर्वाचित राष्ट्रपति पेजेस्कियनले आगामी महिना कार्यभार सम्हाल्ने
इरानका मसूद पेजेस्कियनले इस्लामिक गणतन्त्रको नवौँ राष्ट्रपतिको रूपमा अगस्टको सुरुमा संसद्समक्ष शपथ ग्रहण गर्नुहुने इरानी सञ्चारमाध्यमले आइतबार जानकारी गराएको छ ।
सार्कका महासचिव सरवरको भुटान भ्रमण
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव राजदूत गुलाम सरवारको भुटान भ्रमण सम्पन्न भएको छ ।
फ्रान्समा अन्तिम चरणको निर्वाचनका लागि आइतबार मतदान
फ्रान्समा आइतबार दोस्रो चरणको निर्वाचनका लागि मतदान भएको छ । निर्वाचनले संसदमा अति दक्षिणपन्थी शक्तिलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
काश्मीरमा भएको गोली हानाहानमा आठ जनाको मृत्यु
भारत प्रशासित काश्मीरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र छ जना सन्दिग्ध आतङ्कवादी मारिएको प्रहरीले आइतबार जनाएको छ ।
दक्षिणी श्रीलङ्कामा हात्तीको आक्रमणबाट १३ जना घाइते
दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यू गिनीका मन्त्री पक्राउ
पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ गरिएको छ ।
गाजा युद्ध १० औँ महिनामा प्रवेश
हमासले दक्षिणी इजरायलमा गत वर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ ।