• ११ मंसिर २०८१, मङ्गलबार

दक्षिणी श्रीलङ्कामा हात्तीको आक्रमणबाट १३ जना घाइते

blog

कोलम्बो, असार २३ गते । दक्षिणी श्रीलङ्कामा आयोजित एक धार्मिक शोभायात्राका क्रममा शनिबार राति हात्तीको आक्रमणमा करिब १३ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।

रुहुनु कटारागामा महादेवाला शोभायात्रा श्रीलङ्काको उवा प्रान्तको कटारागामामा आयोजित एक प्रमुख धार्मिक र सांस्कृतिक कार्यक्रम हो । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र कसैलाई पनि गम्भीर चोट नलागेको प्रहरीले जनाएको छ ।

रङ्गिन लुगाले सजाइएको हात्तीहरू श्रीलङ्काको धार्मिक कार्यक्रमहरूमा प्रमुख आकर्षण र परम्परा हुन् । तर यस्ता कार्यक्रममा हात्तीको आक्रमणका घटनाहरू सामान्य हुन् । हात्तीलाई शान्त पार्न शोभायात्रामा चर्को आवाज नगर्न प्रहरीले आग्रह गरेको छ । रासस/सिन्ह्वा