• २४ असार २०८१, सोमबार

गाजाका मेडिकल विद्यार्थीको शिक्षा पाकिस्तानबाट पूरा गर्न दिइने

blog

इस्लामाबाद, असार २१ गते । पाकिस्तानले गाजापट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक सञ्चारमाध्यममा उल्लेख गर्नुभएको हो । 

प्यालेस्टिनी २०–३० को ब्याचमा विद्यार्थीहरू चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उहाँले बताउनुभयो ।

प्रवक्ताका अनुसार यो गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्त्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई मुटुरोग, हाडजोर्नी, अर्बुद रोग, बालरोग र शल्यक्रियासम्बन्धी शिक्षा पूरा गर्ने अवसर हो । रासस/सिन्ह्वा