मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन : सांसद बराल
नेकपा (एमाले)का सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
कोहलपुरका किशोरीमा रक्तअल्पताको समस्या
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका विभिन्न पालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको रक्तअल्पता परीक्षण सुरु गरेको छ । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो ।
दादुरा–रुबेलाविरुद्धको खोप आजदेखि
देशव्यापी रूपमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान आइतबारदेखि सुरु हुने भएको छ । सरकारले दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म सञ्चालन गर्ने भएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दादुरा तथा रुबेलाको प्रकोप बढेकाले खोप अभियान सञ्चालन गर्नु परेको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण नियमित खोप लगाउन छुटेकाले दादुराको प्रकोप देखा परेको बताउनुभयो । उहाँले खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ लाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार २४ जिल्लाका नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप दिइने छ ।
खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील
यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।
स्वास्थ्य बिमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्दै : सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताउनुभएको छ ।
२० लाख बालबालिकालाई दादुरा-रुवेलाविरुद्ध खोप
मधेश प्रदेशमा लक्षित उमेर समूहका करिब २० लाख बालबालिकाका लागि दादुरा–रुवेला खोप अभियान सञ्चालन गरिने भएको छ ।
सरकारी फार्मेसी रित्तो, औषधी किन्न पठाइन्छ निजीमा
भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।
फागुन १३ देखि देशभर राष्ट्रिय दादुरारुबेला खोप अभियान सञ्चालन हुने
सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो ।
पेट तथा आन्द्रा रोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु
पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन आज यहाँ सुरु भएको छ ।
मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाइने
मुलुकभरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ ।
बाँकेमा एक लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेशबाबु श्रेष्ठका अनुसार यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुने र सो अभियान अन्तर्गत बाँकेका आठवटै पालिकामा नौ महिनादेखि १५ वर्ष उमेर समूहका एक लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य छ ।
नेपालगन्जमा कृत्रिम गर्भधारण सेवा
एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ ।
आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै
सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।
भूकम्प प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर
जाजरकोट भूकम्पको अति प्रभावित क्षेत्रमा प्रजनन स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल परिवार नियोजन सङ्घको आयोजनामा जाजरकोटका चार स्थानीय तहका विभिन्न स्थानमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।
कर्णालीका २८ सय बढीको आँखा परीक्षण
जिल्लाको पूर्वी क्षेत्रमा आँखाका बिरामीहरूमा मोतिया बिन्दुको डरलाग्दो अवस्था रहेको पाइएको छ । फागुन महिनाको पहिलो हप्तामा मेहलकुनामा बसेको तीन दिने निःशुल्क आँखा शिविरमा मात्रै ३ सय बढी बिरामीहरुले मोतिया बिन्दुको सफल अप्रेसन गराएको एकीकृत आँखा कान तथा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश संयोजक मानबहादुर कँवरले जानकारी दिनुभयो ।
सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध
उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ ।
जिब्रोको स्वाद र मोटोपनको समस्या
काठमाडौँ, फागुन १० गते । दुई वर्षअघि एक पत्रकार साथीलाई भेट्दा मैले भनेको थिएँ “तपाईं निकै मोटाउनुभएको छ, भुँडी पनि निकै बढेको छ, यसले त स्वास्थ्यलाई खतरा हुन्छ है ।” उनले त्यो बेला भनेका थिए, “तौल घटाउन कोशिस गर्दैछु ।” केही दिनअघि उनीसँग पुनः जम्काभेट भयो । उनको अगाडि आएको ठूलो भुँडी त स्याप्पै घटेछ, उनको उमेर नै पाँच÷सात वर्ष कम भए जस्तो देखिन्थ्यो र भनें “तपाईंले त के चमत्कार गर्नुभयो यस्तो । निकै राम्रो स्वास्थ्य भएछ नि ? कतै गएर पेटको शल्यक्रिया गरेर आउनु भएको त होइन ?” ठट्टा गरेर भनेको यो प्रश्नलाई, उनले गम्भीर भएर जवाफ दिए “होइन होइन, मैले मेरो भुँडी वरिपरिको १५ केजीे त योग, हिँडाइ र खानामा कमी गरेर घटाएको हुँ । दुब्लोबाट मोटो हुन त सजिलो हुँदोरहेछ तर एकचोटि बोसो लागेपछि त घट्न पो गाह्रो हुने रहेछ । जब मैले अनुभव गरें कि मेरो लुगाहरु त कसिएर लगाउनै नहुने भए, अलिकता हिँड्दा स्वाँ स्वाँ हुन थाल्यो । अनि त तौल घटाउने निर्णय गरेर कसिएर लागेपछि सफल पनि भएँ ।” त्यसैगरी नक्सालकी पारु श्रेष्ठ (३३ वर्षीय) ले पनि आफ्नाे तौल ७५ केजीबाट ६० केजी (१० महिनाभित्र) झारेकी थिइन् । उनी विवाहअघि ५६ केजी थिइन् । अग्ली, पातली पारु सुन्दर देखिन्थिन् तर विवाहपछि उनको खाने क्रम बढ्न थाल्यो । एक बच्चा पाएपछि त झन् चाकु, घिउ, मासु, अण्डा आदिले गर्दा उनको जिउ त फैलिंदै गयो । उनका बुबा ३० वर्ष नपुदै मधुमेहले बित्नुभएको थियो । आमा र बहिनी दुवै मधुमेहको औषधि खाने गरेका छन् । पारुलाई भनेँ, “पारुजी तपाईं त होशियार हुनुपर्छ है । तपाईंको परिवारमा निकै समस्या छ । तपाई यसरी नै मोटाउनुृ भयो भने तपाईंलाई पनि ती समस्या आउन सक्छ । तपाईंको सानो छोरो छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरिरहनुभएको छ । अगाडि त्यति ठूलो भविष्य छ, स्वास्थ नै नराम्रो भएपछि त जति काम गर्न सक्ने हो त्यति गर्न सकिन्न । त्यो बाहेक जति पैसा भए पनि तपाईंले त्यसको प्रयोग आनन्दपूर्वक गर्न पाउनुहुन्न ।” “के गर्नु मलाई त कस्तो भोक लाग्छ, फेरी चकलेट देखेपछि त मन नै थाम्न सकिन्न । मेरो अफिसको दराजमा पनि थरीथरीका चकलेट छन् । यताउती गर्याे हात त त्यसैमा जान्छ” पारुले भनेकी थिइन् । पारुले उनको शरीरमा ध्यान दिनुपर्छ र खाना कम गर्नुपर्छ भनेर मैले धेरैचोटि भनेपछि एकदिन मलाई खुशी भएर भनिन् “मलाई तौल कम गराउने संस्थाले आउनु भनेको छ । उनीहरुले रु ४० हजारमा ग्यारेन्टीका साथ तौल कम गराउँछन् रे दुई हप्तामा । उनीहरुले खाने कुराको चार्ट पनि दिन्छन् रे । केही औषधि पनि दिन्छन् रे ।” पारुको खुशीलाई काट्दै मैले भनें “पारुजी त्यसरी ग्यारेन्टीका साथ तौल कम गर्ने कसैले भन्छ भने, त्यो त सोह्रैआना ठग हो । त्यस्तो कुनै औषधि छैन, जसले जादुको छडीले झैं तपाईंको तौल कम गराओस् । त्यसरी औषधि प्रयोग गरेर तौल घट्ने भए त अमेरिकाका त्यतिका मानिसले घटाउँथे होलान् नि । त्यसरी एकैचोटी तौल घटाउने क्रियालाई त्याग्नोस् र खानेकुरा कम गर्नोस् । कोदो, फापर, गहुँको च्याँख्ला आदिको प्रयोग बढी गर्नुस् । चकलेट धेरै नखानोस् र मुख्य कुरा पानी खाने र व्यायाम गर्नुस् ।” पारुजीलाई कोदो र फापर स्वादिष्ट तरिकाले बनाएर पनि खान सकिन्छ भनेर एकदिन त घरमै बोलाएर ख्वाउनु पर्याे । “कोदो र फापर त मीठो पो हुँदो रहेछ”, रोटीसँग गोलभेंडा अचार डुबाएर खाँदै उनले भनेकी थिइन् । त्यसपछि उनले कोदो र फापरलाई आफ्नाे दैनिक भोजनका अङ्ग बनाइन् । हरियो तरकारी र टुसा उमारेको तरकारी चाहिँ अफिसमा लैजान थालिन् । बिहान उठेर व्यायाम गर्न थालिन् । दुई महिनापछि त उनको तौल पाँच केजी कम भयो । उनको अनुहारको छालामा चमक आयो । त्यसपछि त्यति क्रम अगाडि बढाउँदै गएपछि अर्को छ महिनामा उनको तौल १० केजी कम भयो । सबैबाट धेरै प्रशंसा पाएपछि पारुले मलाई भनिन् “तपाईंले मेरो रुं ४० हजार त बचाउनु भयो नै, मलाई जीवनभरको ज्ञान दिनुभयो ।” मेरा कति डाक्टर साथीहरु त्यसमाथि पनि मोटोपन कम गर्नुपर्छ भनेर बिरामीलाई सिकाउने डाक्टर साथीहरु त कस्ता मोटामोटा छन् । रक्तचाप र मधुमेहको बिरामी छन् तर न उनीहरु खाना छोड्न सक्छन् न त योग गर्छन् । बरु समयसमयमा आफ्नाे ठूलो भुँडी मुसार्छन् र मीठो हाँसो हाँस्छन् । मेरो कुरा सुनेर पारु मरीमरी हाँसिन् र भनिन् “तपाईंका डाक्टर साथीहरुलाई सायद तपाईंको कुरा अझै पुगेको छैन ।’’ प्रायः मानिसहरुलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ किनभने खाना खाएर, मज्जासँग सुतेर, तेल र मसला हालेको मासु खाएर, बियर पिएपछि तौल जति मज्जासँग बढ्छ । त्यति नै मज्जासँग घटाउन गाह्रो हुन्छ किनभने त्यस्तो खानेकुरा खाने मासिसलाई खान्न भन्न साह्रै गाह्रो हुन्छ । साथै व्यायाम, योग त झनै गाह्रो हुन्छ किनभने त्यसको लागि त कडा अनुशासन चाहिन्छ । बियर, मासु र तारेको आलुका स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अगाडि पछि हुने दुःखाइ पनि बिर्सिन्छ । मेरा एकजना मित्र छन् । उनलाई गाउटको छ । समयसमयमा उनलाई यस्तो दुःख्छ कि उनी घुँडामा हात राखेर खुट्टा खोच्याउँदै हिँड्छन् । एकचोटि त गाउटले यस्तो चिसो पानीमा डुबाएर बस्नुपरेको थियो रे तर बियर देखेपछि त कसोकसो मन चञ्चल भइहाल्छ । कतिपय मानिस यस्तै खाना र बियरबाट हुने मोटोपनको कारण उच्च रक्तचापको भई ‘पक्षघात’ भएपछि पनि रक्सी, मासु, तेल हालेको खान छोड्दैनन् । विस्तारै आत्महत्या गरिरहेका हुन्छन् । पुरुषहरु मात्र होइन, महिलाहरु पनि जिब्रोलाई तह लगाउन नसक्दा मोटोपनको कारणले गर्दा हुने समस्याले ग्रस्त हुन्छन् । एक संस्थामा कार्यरत शर्मिला नामकी महिला मेरो घरमा आएकी थिइन् घुँडा दुख्ने समस्यामा केही योगासन सिक्न सकिन्छ कि भनेर । मैले उनलाई भनेकी थिएँ “शर्मिला योगासन र व्यायामले सँगै तिम्रो खानेकुरा पनि परिवर्तत गर्नुपर्छ ।” असी केजीकी शर्मिलाले “लौन के के खाने सिकाइदिनुस् न” भन्दा मैले घरमा कोदो र फापरको रोटी र सुप बनाएर प्लेटमा राखेर खान दिँदा उनले भनिन् “यस्तो कोदो र फापर त हाम्रो घरमा कुकुरले पो खान्छ” । शर्मिलाको कुराले हाँस त उठ्यो तर दुःख पनि लाग्यो । घुँडा दुखेर कसरी तौल कम गर्ने भनेर छलफल गर्न आएकी शर्मिलाको तौल दुई वर्षपछि पनि घटेको छैन । अहिले त उनलाई उच्च रक्तचाप भएको छ । घुँडाको दुःखाइले गर्दा धेरै हिँड्न सक्दिनन् । उनलाई खानाको विषयमा चाहिँ भन्न छोडिसकेको छु । जबसम्म कसैलाई मनबाट नै तौल घटाउँछु भनेर लागेको छैन भने अरुले जति भने पनि लाग्दैन । मेरा एक जना आफन्तलाई झण्डै १५ वर्षअघि नै डाक्टरले तौल घटाउन भात र आलु कम गर्न सल्लाह दिँदा बरु मर्छु तर आलु त खान छोड्न सक्दिनँ भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी त बनायो नै, एकचोटी झण्डै पक्षघात नै भएको थियो । अहिले उनको स्वास्थ्य त ठिक छ तर उनको खानाबाट आलु चिनी, भात त गायब भएको छ । कोदो, फापर, चिनी नहालेको दूध र हरियो तरकारी उनको खाना बनेको छ । उनी अहिले बिहान एक घण्टा हिँड्छन् पनि । उनले सिके खाना कसरी खाने, हिँड्ने किन भनेर तर धेरै चर्को मूल्य तिरेर । हामीहरुमध्ये सायद धेरै जनाले त्यसरी नै सिक्नेछौँ । मध्यम वर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसहरुमा पनि विभिन्न किसिमका चाउचाउ चिप्स आदिले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । मोटोपनको समस्याले गर्दा हुने समस्याले जीवनको धेरै क्षेत्रमा प्रभाव पार्छ । अकालमै मृत्युको मुखमा पुर्याउँछ भन्ने जान्दाजान्दै पनि मानिसले किन जिब्रोको स्वाद रोक्न नसकेको होला ? (लेखक जनस्वास्थ्यविद् हुनुहुन्छ)
काठमाडौं महानगरमा फागुन १६ देखि रुबेला दादुरा खोप अभियान सुरु
काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
भक्तपुर अस्पतालमा नयाँ भवनबाट सेवा विस्तार
भक्तपुर अस्पतालले पहिलोपटक आफ्नो सुविधासम्पन्न नयाँ अस्पतालबाट स्वास्थ्य सेवा विस्तार गरेको छ । वीर अस्पतालपछिको दोस्रो अस्पतालका रूपमा विसं १९६१ असार १७ गते चन्द्रलोक डिस्पेन्सरीका नामबाट सञ्चालित भक्तपुर अस्पतालमा पुरानो भवनसँगै नयाँ भवनबाट पनि सेवा विस्तार सुरु गरेको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमले राससलाई जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्रीद्वारा १५ शय्याको गोकर्णेश्वर नगर अस्पताल शिलान्यास
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका–४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको शिलान्यास गर्नुभएको छ ।
जुम्लाका १० हजार बालबालिकालाई खोप लगाइँदै
जुम्लामा ९ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई दादुरा –रुवेला खोप लगाइने भएको छ । सरकारले अभियानको रूपमा लिइएको खोप जुम्लामा पनि दुई चरणमा लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले जानकारी दिएको छ ।
एक हप्ते दादुरा-रुबेलाविरुद्धका खोप अभियान
मकवानपुरमा दादुरा रुबेलाविरुद्धको एक हप्ते खोप अभियान सुरु हुने भएको छ । आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म दादुरा रुबेला खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
नीलो झण्डाले चिनाउँछ गर्भवतीको घर
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झण्डा राखेको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नम्बर २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झण्डा राखेर कार्यक्रम सुरुआत गरिएको हो ।
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने
कालीकोटका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटले जिल्लाका नौ वटा स्थानीय तहमा रहेका १७ हजार ४१७ जना नौ महिनादेखि पाँच वर्ष मुनिका बालवालिकालाई खोप दिने तयारी भइरहेको जानकारी गराएको छ ।