गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन
अभिभावकहरुले आफ्ना, शिशु र छाराछोरीलाई माया गर्नुहुन्छ भने उनीहरुलाई धेरै नयाँनयाँ लुगा, नयाँ मोबाइल दिनुभन्दा उनीहरुको भोजन कति पौष्टिक छ भन्ने कुरामा बढी ध्यान दिनुपर्छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार
बिपी कोइराला मेमोरियल बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
३५१ जनाको निःशुल्क आँखा परीक्षण
बाँकेका ग्रामीण क्षेत्रका वासिन्दाहरुको आँखामा मोतिया बिन्दुको समस्या बढ्दै गएको पाइएको छ । बेला बेलामा ग्रामीण क्षेत्रहरुमा आयोजना गरिने निःशुल्क आँखा परीक्षण शिविरमा धेरैको आँखामा मोतियाबिन्दु देखिने गरेको नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालले जनाएको छ ।
अनुसन्धानमा सरकार सहकार्य गर्न सधैँ तत्पर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अनुसन्धान क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गरौं : उपप्रधानमन्त्री सिंह
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ट्रमा सेन्टर सञ्चालन
रौतहटको चन्द्रपुर नगरपालिका–५ मा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा ज्यान जोखिममा परेका बिरामीलाई विशेष हेरचाह प्रदान गर्ने अस्पताल इकाई ‘ट्रमा सेन्टर’ सञ्चालनमा आएको छ ।
नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन
‘क्याथ ल्याब मेसिन’ जडान गर्ने स्थानका अभावमा नारायणी अस्पताल वीरगञ्जमा उपकरण थन्किएको छ । मुटुको शल्यक्रिया लगायतका उपचारमा प्रयोग हुन सो महत्वपूर्ण उपकरण सञ्चालनमा नल्याइदा बिरामीलाई अन्यत्र रिफर गर्नुपरेको जनाइएको छ ।
मृत्युपछिको अङ्गदानलाई प्रोत्साहन, हजारभन्दा बढी बिरामी दाताको प्रतीक्षामा
नेपालमा एक हजार मिर्गौला र ५५ जना कलेजोका बिरामी दाता प्राप्तिको प्रतीक्षामा छन् । उनीहरूले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर हुनु परिरहेको छ ।
सुल्झियो पिजी अध्ययन विवाद
चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकपछि निजी मेडिकल कलेज सञ्चालकहरू र चिकित्सा शिक्षा आयोगको विवाद समाधान भएको छ ।
‘एन्टिबायोटिकको दुरुपयोगले उपचारमा समस्या ल्याउँछ’
प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स,एएमआर ) विश्वव्यापी महामारीका रुपमा देखिँदै गएको छ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ)का अनुसार प्रतिजैविक प्रतिरोधको समस्या विश्वमा १० स्वास्थ्य समस्या मध्येको एक हो ।
कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु
बाँकेको कोहलपुर नगर अस्पतालले केही महिना ढिला गरेरै भए पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ ।
जिल्ला अस्पतालको अक्सिजन प्लान्टमा समस्या
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गाको अक्सिजन प्लान्टमा समस्या आएको छ । विगत आठ महिना अघिदेखि अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको हो ।
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।
प्रदेशमै आयुर्वेदिक औषधी उत्पादनको तयारी
लुम्बिनी प्रदेशमै आयुर्वेदिक औषधी प्रशोधन तथा उत्पादनको गरिने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा औषधी प्रशोधन तथा उत्पादनका लागि भवन निर्माण गरिएको छ ।
मृत्युपछि मानवअङ्ग दान गर्नेको परिवारलाई दुई लाख दिने निर्णय
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मृत्यु पश्चात मानव अङ्ग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख सहयोग गर्ने निर्णय गर्नुभएको छ।
कुपोषित बालबालिकाको उपचार
जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गामा २५६ कुपोषित बालबालिकाको उपचार गरिएको छ । चार वर्षको अवधिमा उक्त संख्याको कुपोषणबाट ग्रसित बालबालिकाको निःशुल्क उपचार गरिएको अस्पतालले जनाएको छ ।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ । अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो ।
प्रधानमन्त्रीका पिताको स्वास्थ्यमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका पिता मोहनप्रसादको अवस्थाबारे प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको छ।
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशन अनुसार हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन भएको छ ।
बालबन्दीमा छाला रोगको सङ्क्रमण
बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा रहेका अधिकांश (बालबिज्याइँकर्ता) बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।
प्रादेशिक अस्पताल जलेश्वरका उपकरण प्रयोगविहीन
जिल्ला सदरमुकाममा अवस्थित प्रादेशिक अस्पतालमा खरिद गरिएको रु दुई करोड ५५ लाख ५२ हजारको उपकरण प्रयोगविहीन बनेको छ ।