आयरल्यान्ड ‘ए’ द्वारा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य
आयरल्यान्ड ‘ए’ ले टी–२० सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई दुई सय २५ रनको लक्ष्य दिएको छ ।
रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ ।
महिला समानताका लागि सामूहिक प्रतिबद्धता
सरकारले ‘आत्मस्वाभिमानी छोरी’सहितको देश निर्माण गर्ने अभियान थाल्ने भएको छ । यही नारासहित देशका ७५३ पालिकामार्फत सरकारले लैङ्गिक संवेदनशील सेवा प्रवाह गर्ने भएको छ ।
किसुनजी स्मृति हाफ म्याराथनमा विजय र पुष्पा च्याम्पियन
विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार च्याम्पियन बन्नुभएको छ । विजय पुरुष तथा पुष्पा महिलामा उपाधि जित्नुभएको हो ।
नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
गुल्मीमा भेटिए तीन सय पाँच प्रजातिका चरा
गुल्मी जिल्लाको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र आजभोलि दुर्लभ चराहरूको मुख्य आश्रयस्थल बनेको छ । यस क्षेत्रमा विश्वमा पाइने दुर्लभ चरामध्ये छ प्रजातिका चराहरू पाइन्छन् ।
गुराँस फुलेको जङ्गलमा याकचौँरी
मनाङ चामे–१ तिमाङ डाँफेलेक मुनितिर रहेको लालीगुराँसको जङ्गलमा ढकमक्क फुलिरहेका गुराँसको फेदमुनितिर चरिरहेका याकचौँरी र पृष्ठभूमिमा सेताम्मे डाँफे लेक र रातम्मै लालीगुराँसका फूल ।
राष्ट्रपति पौडेलद्वारा चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन
राष्ट्रपति रामचन्द्र पौडेलले चितवन र तनहुँ जोड्ने त्रिशूली नदीको नवनिर्मित पुल उद्घाटन गर्नुभएको छ । पुलको शनिबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले आफू मुलुकको अभिभावकीय भूमिकामा आएदेखि नै यस पवित्र भूमि देवघाट आउने इच्चा तीव्र भएपनि विभिन्न कारणले ढिला भएको बताउनुभयो ।
जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा
देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ ।
ओत संरक्षणमा जुट्दै कर्णाली नदीमा आश्रित समुदाय
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ की पार्वती थारुको घर वरिपरि रहेको दुईकट्टा जमिन यतीखेर लौका, काँक्रा, करेलालगायत तरकारी फुलेर लटरम्म फल्दै गरेको देखिन्छ ।
अधिकांश उजुरी मेलमिलापबाटै समाधान
झापाको भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरूपण भएका छन् ।
जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय
जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेसनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।
मध्यविन्दु क्याम्पसले सुरु गर्यो नियमित योग अभ्यास
नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसले नियमित योग अभ्यास तथा जीवनशैली व्यवस्थापन कार्यक्रम सुरु गरेको छ ।
दबाब र प्रभावबिना काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
हिल्सा नारा सडक तीन महिनादेखि अवरुद्ध
कर्णाली कोरिडोरको सिमिकोट हिल्सा सडक खण्डको यारी नारा हुँदै हिल्सा सडक तीन महिनादेखि अवरुद्ध हुँदै आएको पाइएको छ ।
नेपालगन्जका मासु पसलको अनुगमन
बुटवलमा सडेको मासु बिक्री भएको पाइएको कुरा सार्वजनिक भएपछि नेपालगन्ज उपमहानगरपालिकाले पनि नेपालगन्जका मासु पसलहरूमा अनुगमन सुरु गरेको छ ।
बागमतीमा मन्त्री परिषद् विस्तार हुँदै
बागमती प्रदेश सरकार विस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिन तयारी गर्दै गर्दा शनिबार मन्त्री परिषद् विस्तारको तयारी गर्नुभएको हो ।
सेनाले गोरखा-जितगढी पदयात्रा गर्ने
नेपाली सेनाले चैत २७ गतेबाट दोस्रो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु गर्ने भएको छ । ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्न र इतिहास जोगाउने लक्ष्यका साथ गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु गरिएको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोक कुमार क्षेत्रीले बताउनुभयो ।
प्रदेश सभालाई पारदर्शी बनाउँछु : सभामुख पाठक
बागमती प्रदेशका सभामुख भुवन कुमार पाठकले प्रदेश सभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने प्रयासको थालनी गरेको बताउनुभएको छ ।
भेनेजुएलाका राष्ट्रपति माकाडोद्वारा निर्वाचनका लागि अन्तर्राष्ट्रिय दबाबका लागि आग्रह
भेनेजुएलाका विपक्षी नेता मारिया कोरिना माचाडोले आफ्नो गठबन्धनको उम्मेदवारलाई आगामी जुलाईमा हुने निर्वाचनमा भाग लिने वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायको थप दबाबको लागि याचना गर्नुभएको छ ।
एक महिनाभित्र सुनकोशी मरिणको सुरुङ ‘ब्रेक थ्रू’ गरिने
राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ एक महिनाभित्र ‘ब्रेक थ्रू’ हुने भएको छ । आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब सात सय ९० मिटर मात्र खन्न बाँकी छ ।
दक्षिणकाली सडक बन्द
हेटौँडालाई काठमाडौँसँग जोड्ने छोटो दुरीको मार्ग कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली सडक शनिबारबाट अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वडा अध्यक्षको विवादले २० दिनदेखि कामकाज ठप्प
दोलखाको तामाकोसी गाउँपालिका-३ जफेको कामकाज ठप्प भएको छ । वडाका वडा अध्यक्ष राम प्रसाद काफ्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै निलम्बनमा पर्नु भएको हो ।
पदयात्रामा मौसमको चुनौती
दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा हुनुहुन्छ । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उहाँको योजनामा मौसम भने बाधक बनिरहेको छ ।