लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल
आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने भएको छ । प्रदेशका आयोजनाका लागि छुट्टै स्टल राखिनेछ ।
जोखिमपूर्ण काममा महिला कामदार
गाउँघरबाट बाहिर निस्कन पनि लाज मान्ने र सार्वजनिक विकास निर्माणका कार्य नजाने महिला पछिल्लो समय जोखिमपूर्ण काममा देखिन थालेका छन्।
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको हो ।
देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न सकेन : राजेन्द्र महतो
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशको देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न नसकेकाे बताउनुभएको छ।
मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र
अनुचित लेनदेन (मिटर ब्याज)का मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका दुई मुद्दामध्ये एउटाको मिलापत्र भएको हो ।
बाँके कारागार र बाल सुधारगृहको निरीक्षण
प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको नेतृत्वको संसदीय टोलीले बाँके कारगार र बालसुधार गृहको निरिक्षण गरेको छ।
जिप र मोटरसाइकल ठोक्किँदा दुई घाइते
जिल्लाको रामपुर नगरपालिका-३, मा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन् ।
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य थालिएको कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइन निर्माण गर्न रुख कटान प्रक्रिया सुरु भएको छ । रुख कटानका लागि छपान कार्य सकिएको आयोजनाले जनाएको छ ।
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहनुभएको आदिवासी जनजाति विभागको सदस्यमा सभापति देउवाले आज नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्द सन्तोषी राई, आङ्पासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्बे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङलाई मनोनयन गर्नुभएको हो ।
म्याग्दीमा भित्रियो १६ हजार सेट पाठ्यपुस्तक
आगामी वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र २०८१ का लागि म्याग्दीमा करिब साढे १६ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् ।
‘देश विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
सङ्घीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन विषयक अध्ययन प्रतिवेदन’ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असर कम गर्न पानीको सहज व्यवस्थापन, उपयोग, संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सुपर काबेली क्यासकेटको एचआरटी सुरुङ निर्माण सम्पन्न
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।
सुनको मूल्य दुई हजार एक सयले बढ्यो
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु. दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो ।
चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक विकास प्रयास (जिडिआइ) का लाागि चिनियाँ नेतृत्वको प्रशंसा गर्दै यसबाट नेपालले पनि प्रसस्त मात्रामा लाभ लिन सक्ने बताउनुभएको छ ।
दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु
यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरहेको यात्रुवाहक बस दुर्घटना भएको थियो । एक यात्रुको भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
राष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नु हुने भएको छ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नु भएको हो ।
स्वास्थ्य रणनीतिको फितलो कार्यान्वयन
स्वास्थ्य सेवाको पहुँच जनस्तरमा पुर्याउन २०७७ सालमा ल्याइएको प्रदेश स्वास्थ्य रणनीतिको कार्यान्वयन अवस्था फितलो देखिएको छ । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सेवालाई जनस्तरमा लैजान तीन वर्षअघि स्वास्थ्य रणनीति बनाएको थियो । सो रणनीतिमा कार्यान्वयन गरिने योजना, कार्यक्रम र रणनीति समावेश गरिएको थियो ।
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
निर्माण व्यवसायी महासङ्घको साधारण सभा हेटौँडामा सुरु
नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारण सभा आज शुक्रवारबाट हेटौँडामा सुरु हुँदै छ । शनिवारसम्म चल्ने साधारण सभामा देशभरका एक हजार एक सय प्रतिनिधि र पाँच सय पर्यवेक्षकको सहभागिता रहने भएको छ ।
घोप्टेभिरमा सडक ढलान
राष्ट्रिय गौरवको, कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने घोप्टेभिर क्षेत्रमा सडक ढलान गरिँदै ।
हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन
त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ ।
विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश
नेपालगन्ज विमानस्थलमा सूर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रुपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
त्रिविको अनलाइन सेवा चुस्त नहुँदा सेवाग्राहीलाई सास्ती
भोजपुरका मौसम राई त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) धाउन थालेको एक महिना भयो । कोरोनाको समयमा भएको स्नातक तहको ग्याप भेरिफिकेसनका लागि आउनुभएको उहाँलाई कुनै न कुनै डकुमेन्ट नपुगेको भनेर फर्काइने गरेको छ ।