२५ वर्षदेखि ६४ वर्षसम्मका उम्मेदवार मैदानमा
फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गर्नेमा २५ वर्षका युवादेखि ६४ वर्षीय वृद्धासम्मले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा अधिकांश युवा छन् ।
झापाका ९५ वटा मतदान स्थल अति संवेदनशील
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदान स्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
अध्यक्ष ओली र साहसँगको बढ्दो फोटो ‘क्रेज’
झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) सँग अहिले स्थानीयले तस्बिर लिने क्रेज बढेको छ ।
मुस्ताङका उम्मेदवारविरुद्ध परेन उजुरी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङमा उम्मेदवारी दिएका कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध उजुरी परेन ।
मतपेटिका बनाउने सामग्री खरिद
आगामी फागुन २१ को निर्वाचनका लागि आवश्यक ३७ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालय इलामले खरिद गरी भेला गर्नेक्रम सुरु गरेको छ । जिल्ला निर्वाचन कार्यालयले सियोदेखि सलाईसम्मका सामग्री खरिद गरेको छ ।
सामाजिक सद्भाव भड्काउनेसँग सजग बनौँ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर बनाउने र सामाजिक सद्भावलाई भड्काउने तत्वहरुबाट सजग बन्न आग्रह गर्नुभएको छ ।
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
लामो समयसम्म प्रधानमन्त्री रहनु भएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ ।
पाँचथरको फिदिममा बालेनको स्वागत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नुभएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ।
प्रतिनिधिसभा निर्वाचन काठमाडौँ : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार
सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् ।
प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी आज बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
दाङ–२ मा त्रिपक्षीय प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लिएर दाङको राजनीतिक माहोल तातेको छ । यस पटकको निर्वाचनमा अनुभवी तथा ‘हेभिवेट’ नेतादेखि पहिलो पटक चुनावी मैदानमा उत्रिएका नयाँ अनुहारबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दाङका तीन वटै निर्वाचन क्षेत्रमा १५ स्वतन्त्रसहित कुल ५० जनाले उम्मेदवारी दिएका छन् ।
चुनावी मैदानमा खेलकर्मी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको माहोल तातेका बेला खेलकर्मी पनि पछाडि पर्ने कुरै भएन । आगामी चुनावका लागि सङ्घका अध्यक्ष, प्रशिक्षक, खेलाडी, कमेन्टेटरलगायतले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ ।
गठबन्धनबिनाको चुनाव, राजनीतिक दलको वास्तविक शक्ति परीक्षण
नेपालको संविधान, २०७२ जारी भएपछि सम्पन्न आवधिक निर्वाचनमा गठबन्धन र तालमेल गर्दै आएका प्रमुख राजनीतिक दलको वास्तविक शक्ति परीक्षण यस पटक हुने भएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने र अधिकांश नयाँ राजनीतिक दलले गठबन्धन नगरी निर्वाचनमा होमिएका कारण फागुन २१ गतेको निर्वाचनमा सबै दलको साङ्गठनिक शक्ति र जनविश्वास परीक्षण हुने भएको छ ।
‘स्क्रिप्ट’ भट्याउने ओठमा राजनीतिक नारा
नेपाली समाजमा एउटा स्थापित भाष्य छ, ‘कलाकार देशका गहना हुन्’ तर समय बदलिएको छ । हिजोसम्म पर्दामा समाजको ऐना देखाउने र मञ्चमा संस्कृति जोगाउने कसम खाने कलाकार आज देशको नीति निर्माण गर्ने थलो संसद्को कुर्सी खोज्न राजनीतिको मैदानमा उत्रिएका छन् । निर्वाचनको मिति नजिकिँदै गर्दा ‘स्क्रिप्ट’ कण्ठ गर्ने ओठ अहिले राजनीतिक घोषणापत्र र चुनावी नारा घन्काउन व्यस्त देखिन्छन् । निर्वाचन नजिकिँदा राजनीतिक दलका कार्यालयमा अहिले सुटिङ युनिटको भन्दा बढी चहलपहल
सामाजिक सञ्जालमाथि निगरानी बढाइँदै
नवयुवा (जेनजी) आन्दोलनको पहिलो दिन अर्थात् गत भदौ २३ गते संसद् भवनमा ३० वटा शव लुकाइएको भन्दै सामाजिक सञ्जालमा सनसनीपूर्ण भ्रम फैलाइयो । सामाजिक सञ्जालका केही सक्रिय व्यक्तिले फैलाएको यही भ्रामक सन्देशका कारण उत्तेजित भीडबाट संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत सार्वजनिक र सुरक्षा निकायका कैयौँ भवन ध्वस्त पारिए ।
पाँच जना उम्मेदवार एउटै पालिकाका
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङमा पाँचजना उम्मेदवार एउटै पालिका (स्थानीय तह) का रहेका छन्।
निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भएको छ ।
महोत्तरीको कुनै क्षेत्रमा परेन उजुरी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको जनाइएको छ ।
प्रतिनिधिसभा निर्वाचनः पाँच उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी
आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेदवारमध्ये ५ जनाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
रेशमलाल चौधरीविरुद्ध उजुरी
कैलालीको प्रतिनिधि सभा क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी नेपालको तर्फबाट मनोनयन दर्ता गराउनुभएका रेशमलाल चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेको छ ।
धनकुटामा अधिकांश नयाँ अनुहार, प्रत्यक्षमा दलित र महिला उम्मेदवार शून्य
धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले बुधबार आगामी नोभेम्बर ७ तारिखमा आम निर्वाचन हुने घोषणा गर्नु भएको छ ।