प्रतिनिधिसभा निर्वाचन : कांग्रेस ताप्लेजुङद्वारा तुम्याहाङको एकल नाम सिफारिस
नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ ।
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
आगामी निर्वाचनमा अन्तर जिल्ला र विदेशबाट मतदानको व्यवस्था मिलाउन माग गर्दै पूर्वमन्त्री सुमना श्रेष्ठ, प्रवासबाट फर्किएका नेपाली तथा जेनजी पुस्ताका प्रतिनिधिसहितको समूहले कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने
सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ ।
राष्ट्रियसभाका लागि गुल्मीबाट कांग्रेसका तीन उम्मेदवार सिफारिस
गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
कांग्रेस बागलुङ– १ बाट १७ जनाको नाम सिफारिस
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफासि भएको हो ।
जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
। निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
आज दललाई निर्वाचन चिह्न
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली आज (शुक्रबार) प्रकाशन गर्दै छ । आयोगले शुक्रबार नै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने छ ।
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए
सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् ।
समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन चाहेमा आजको समय निर्धारण गरेको छ ।
कांग्रेस लमजुङबाट प्रत्यक्षतर्फ १० जना आकाङ्क्षी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेपाली कांग्रेस लमजुङबाट १० जना आकाङ्क्षी देखिएका छन् ।
जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटायो
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई निर्वाचन केन्द्रित सङ्गठनात्मक कार्यमा खटाएको छ ।
सर्लाहीको क्षेत्र नं. १ र २ बाट कांग्रेसका उम्मेदवार सिफारिस
सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
नेपाली कांग्रेस स्याङ्जाबाट ३३ जनाको नाम सिफारिस
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस स्याङ्जाले ३३ जना आकाङ्क्षीको नाम सिफारिस गरेको छ ।
निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित
गत भदौ २३ र २४ को जेनजी प्रदर्शनमा निर्वाचन आयोग जोगाउन सफल सशस्त्र प्रहरी बल, नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँलाई आयोगले सम्मान गरेको छ ।
बागलुङ–२ मा कांग्रेसबाट प्रत्यक्षमा १० जनाको नाम सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार चयन गर्दै कांग्रेस
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ ।
प्रतिनिधिसभा निर्वाचन : धमाधम उम्मेदवारको नाम सिफारिस गर्दै मोरङ कांग्रेस
नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
सल्यानबाट कांग्रेसका १६ जना उम्मेदवार सिफारिस
सल्यानबाट नेपाली कांग्रेसका १६ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेसबाट पाल्पा–१ मा राना एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले पाल्पा क्षेत्र नं. १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फ रानाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् ।
आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
सुर्खेत–१ बाट कार्यवाहक सभापति खड्काको एकल नाम सिफारिस
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
आयोग एकै चरणमा निर्वाचन गर्न तयार छ
सरकारले आउँदो फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा गरिसकेको छ । सरकार र निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी तीव्र पारेका छन् । निर्वाचनबारे भइरहेको तयारी र निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामबारे निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग गोरखापत्र दैनिकका लागि नारद गौतम र नगेन्द्र सापकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश :