शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
केशब राज भट्ट
वाशुलिङ बैतडी, फागुन २२ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिमोहन भण्डारीले ३७२४ मत ल्याउनु भएको छ ।
हालसम्म १२ हजार ११४ मत गणना हुँदा भण्डारीले ७२० मतले अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ३००४ मतसहित पछ्याइ रहनुभएको छ ।
त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार दामोदर भण्डारीले २५३७ मत प्राप्त गर्नुभएको छ भने नेकपाका उम्मेदवार प्रमानन्द भट्टले १६३९ मत ल्याउनुभएको छ ।
यस्तै, राप्रपाका उम्मेदवार भुपेन्द्रबहादुर चन्दले २७८ मत प्राप्त गर्नुभएको छ भने ८०७ मत बदर भएका छन् । जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य जारी रहेको छ ।