नार्पाभूमिमा अझै पुगेन पाठ्यपुस्तक
चारवटा स्थानीय तह रहेको मनाङको नार्पाभूमिबाहेक अन्य तीन तहमा शैक्षिक सत्र सुरुवातसँगै पाठ्यपुस्तक उपलब्ध भएका छन् । नासो, चामे र मनाङ ङिस्याङमा पाठ्यपुस्तक उपलब्ध भएका हुन् ।
अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय
सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् ।
विद्यार्थीका लागि पूरक परीक्षाको तयारी
अर्जुनचौपारी गाउँपालिकाले कक्षा ३, ५ र ८ को पूरक परीक्षा लिने तयारी गरेको छ । दुई विषय लागेका विद्यार्थीलाई पूरक परीक्षा लिने तयारी थालिएको हो ।
उत्कृष्ट विद्यार्थीले थेसिस लेखनमा आर्थिक सहयोग पाउने
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका सबै विभागका उत्कृष्ट विद्यार्थीले थेसिस तथा अनुसन्धान लेखनमा आर्थिक सहयोग पाउने भएका छन् ।
पदस्थापन नहुँदा शिक्षक अलपत्र
शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन् ।
विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास नहुने
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताउनुभएको छ ।
जनप्रभात माविलाई दूतावासद्वारा बस प्रदान
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ८ मा रहेको जनप्रभात मावि सेरावाडाले बस सेवा सञ्चालन गर्ने भएको छ ।
नेपालगन्जबाट ९ करोड बढीको पाठ्यपुस्तक बिक्री
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि चैत मसान्तसम्म नेपालगन्ज कार्यालयबाट नौं करोड ६३ लाख ४८ हजार ७६४ रुपियाँ बराबरको पाठ्यपुस्तक बिक्री वितरण गरिसकेको जानकारी दिनुभयो ।
विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन आग्रह
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ।