‘राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाइने’
सरकारले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउने भएको छ । मुख्यसचिवको अध्यक्षतामा मङ्गलबार बसेको सचिवस्तरीय बैठकले राजस्व चुहावट नियन्त्रणलाई व्यवस्थित, प्रभावकारी बनाउने निर्णय गरेको हो ।
विदेशी मुद्राको मूल्य बढ्यो
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।
‘मतियारमा पनि प्रमाणको भार हुने’
सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सम्बद्ध कसुर कायम नभए पनि कसुरदार कायम गर्न मिल्ने र मतियारलाई समेत प्रमाणको भार हुने फैसला गरेको छ ।
भारतसँग व्यापार सहजीकरण गर्न आग्रह
नेपाल चेम्बर अफ कमर्सले नेपाल–भारत व्यापारका व्यवधान हटाउँदै सहजीकरण गर्न भारतका लागि नवनियुक्त राजदूत शङ्कर शर्मासमक्ष आग्रह गरेको छ ।
बागमतीको बजेट खर्च न्यून
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा कुल बजेटको आठ प्रतिशतभन्दा कम खर्च भएको छ ।
‘कर प्रणालीमा सुधार आवश्यक’
नेपाल उद्योग परिसङ्घले कर प्रणाली सुधार गरी दोस्रो चरणको आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्रिय कर दिवस २०८१ को अवसर पारेर आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यसँग परिसङ्घले मङ्गलबार गरेको ‘परिसङ्घमा परिचर्चा’ कार्यक्रममा कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
अलैँचीको मूल्यमा ‘फर्कियो खोलो’
नेपालीमा ‘१२ वर्षमा खोलो पनि फर्कन्छ’ भने जस्तै यस वर्ष पूर्वी नेपालमा अलैँचीको मूल्यमा चरितार्थ भएको छ ।
अर्थतन्त्रका बाह्य सूचक बलिया
अर्थतन्त्रका बाह्य सूचकहरू निरन्तर सबल र सकारात्मक बन्दै गएका छन् ।
हरित करबापत असी करोड सङ्कलन
पेट्रोलियम पदार्थमा लगाइएको हरित करबापत ८० करोड रुपियाँ सङ्कलन भएको छ ।
घटेन तरकारीको भाउ भान्सामा घट्दै परिकार
“पहिले दुई/तीन थरी तरकारी र अचार बनाइन्थ्यो तर महँगो तरकारी र मरमसलाले गर्दा आजकल अधिकांश भान्सामा एक थरी तरकारी मात्र पाक्छ,”
विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।
खाद्यवस्तुको मूल्यवृद्धि उच्च
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा
लक्ष्यअनुरूप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड रुपियाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ ।
अर्थले गर्यो विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।
भकारीको व्यापार
सुन्दरहरैँचा, मङ्सिर ४ गते । मोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको पहाडे बाँसको चोयाबाट निर्मित धान राख्ने बाँसको भकारी । तस्बिरः रासस
प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी
गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।
चिया निर्यात ६९ प्रतिशतले बढ्यो
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना [साउन–कात्तिक] मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
विदेशी मुद्राको विनिमयदरः कुन घट्यो कुन बढ्यो
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।
मुस्ताङमा पर्यटकको खर्च झन्डै दुई अर्ब
मुस्ताङ जिल्लामा भ्रमण गर्ने पर्यटकले कात्तिकमा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् ।
साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
नेपाल उद्योग वाणिज्य महासङ्घको सचिवालयमा लघु घरेलु तथा साना मझौला उद्यम विकास केन्द्र स्थापना गरिएको छ
डिपो स्थानान्तरणमा ढिलाइ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सिनामङ्गलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ भएको छ ।
भिजिट भिसा दुरुपयोगबारे अध्ययन गर्न टोली गठन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भम्रण भिसाको दुरुपयोग रोक्ने विषयमा अध्ययन गर्ने निर्णय गरेको छ ।