रातभर जाग्राम बसी समापन गरियो श्रीकृष्ण जन्माष्टमी व्रत
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ ।
पुजिए करिब आठ हजार कन्या (फोटो फिचरसहित)
काभ्रेपलाञ्चोकको बनेपामा हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा कन्याहरुको पूजा गर्ने प्रचलन रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गर्नुभएको छ। शुक्रबार भाद्र कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उहाँले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गर्नुभयो।
यसरी अलप हुन्छ ‘गुँला लाखे’
काठमाडौंको असनको एक घरमा केही युवा वर्ग तल्लीन थिए, कोही ड्रम त कोही भुस्या बजाउँदै अभ्यास गर्दै थिए। नेवार समुदायमा नायः खिं बाजाको पनि छुट्टै महत्त्व हुन्छ र त्यही बाजाका गुरु विष्णुबहादुर खड्गीको घरबाट नै उक्त लाखे निकाल्न लागेको थियो।
यस वर्षको गाईजात्रा आजदेखि सम्पन्न
गत साउन २७ गतेदेखि भक्तपुरमा शुरु भएको गाईजात्रा पर्व शुक्रबारदेखि पूरा गरिएको छ । मूल नाइके नरेन्द्रप्रसाद जोशीले जनै पूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ गाई निकालेपछि शुरु भएको गाईजात्रा पर्व आज पुनःतलेजुको पूजा गरेपछि सम्पन्न भएको जानकारी दिनुभयो ।
कपिलवस्तुमा तीज महोत्सव सुरु
कपिलवस्तुको शिवराज नगरपालिकामा तीज महोत्सव सञ्चालनमा आएको छ । हरितालिका तीजलाई लक्षित गर्दै सञ्चालनमा आएको महोत्सव भाद्र १४ गतेसम्म चल्ने बताइएको छ । तीजको अवसरमा पर्यटन प्रवर्धन सँगै कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले बिहीबारदेखि सुरु भएको हो ।
कृष्ण जन्माष्टमी : धर्मको रक्षा र अधर्मको नाश
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै आजको दिन भव्य रुपमा मनाउने गर्छन् । यसै अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
पाटन कृष्णमन्दिरमा दशनार्थीको भीड [फोटो फिचर]
भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ ।
आज श्रीकृष्ण जन्माष्टमी
भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज विभिन्न कार्यक्रमको आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मुलुकभरि मनाइँदै छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ । सन्देशमा यो पर्वले आपसी सद्भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।
पाटनमा श्रीकृष्ण जन्माष्टमी पर्वको भव्य तयारी
श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।
मध्यपुर थिमिको लोपोन्मुख ‘लायकू भैलः’ नाच
सापारु (गाईजात्रा)को अन्त्यसँगै मध्यपुर थिमिमा विभिन्न नाच प्रदर्शन गरिन्छ । मध्यपुर थिमीमा लोपोन्मुख ‘लायकू भैलः’ नाच मङ्गलबार मध्यरातमा नचाएसँगै सम्पन्न भएको छ । “भैलः प्याख मध्यपुरको मौलिक एवं पौराणिक महत्त्व बोकेको प्राचीन नाच हो, सापारुको भोलिपल्ट भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म चार दिन टोलटोलमा निकालिन्छ,” स्थानीय तुल्सी श्रेष्ठले भन्नुभयो ।
तपोभूमि मेला सम्पन्न, ५० हजार बढीको अवलोकन
गुल्मीको तपोभूमि रेसुङगामा लागेको एक महिने साउने मेला सम्पन्न भएको छ । विगत २ वर्षदेखि कोरोना माहामारीका कारण रोकिएको साउने मेला विधिवत रुपमा सम्पन्न भएको रेसुङगा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले जानकारी दिनुभयो ।
जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुर थिमि
मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिबेला धार्मिक एवम् ऐतिहासिक महत्त्व बोकेको परम्पराले नाचिरहेको छ ।
सुदूरपश्चिममा आज ओल्के पर्व (त्यार) मनाइदै
सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ ।
पाटनमा नरसिंह जात्रा
शान्त स्वभावका नरसिंहको जात्रा (उपाकलं सायाः) मङ्गलबार गरिएको छ। पाटनको प्रसिद्ध कार्तिक नाचको समयमा निकालिने नरसिंह उग्र रूपका हुन् भने उपाकलं सायाःका नरसिंह शान्त स्वभावका हुन्। ललितपुर उपाकर्म गूठीद्वारा सञ्चालित नरसिंह जात्रा देव ब्राह्मण समुदायले हरेक वर्षको भाद्र कृष्ण पञ्चमीका दिन चलाउँदै आएका छन्। कार्तिक नाच संरक्षण समिति तथा नरसिंह जात्रा मूल समारोह समितिका सदस्य सञ्जय राजोपाध्यायले गत केही वर्ष कोरोना महामारीका कारण धुमधामसँग जात्रा मनाउन नपाएको गुनासो व्यक्त गर्नुभयो। राजोपाध्याय ब्राह्मणहरूको उपाकर्म गुठीसँग भने यसको नेपाल संवत् ७५१ (वि.सं. १६८८) देखिको लिखित दस्तावेज छ। जात्रामा नरसिंहको मुकुण्डो लगाई ललितपुरको गाईजात्रा रुटमा परिक्रमा गराइने उहाँले बताउनुभयो।
कर्णालीमा धार्मिक मेला शुरु
कर्णालीमा मष्टोलगायतका धार्मिक मेलाहरु शुरु भएका छन् । ऐतिहासिक धार्मिक महत्व राख्ने मेलाहरु कोरोनाका कारण अघिल्ला दुई बर्ष हुन सकेका थिएनन् । यस पटक मेला शुरु भएपछि चहलपहल शुरु भएको छ ।
हाँसोभित्र दुःखका पीडा पनि गुन्जेका छन्
विसं २०३४ मा रेडियो नेपालमा गीत गाउन प्रवेश गर्नुभएका नन्दकृष्ण जोशी अहिले ‘देउडाका राजा’ नामले चिनिनु हुन्छ ।
रातभरि नचाइने नीलवाराही नाच
मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच रातभरि नचाएको छ । बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि सुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।
छ करोड २६ लाख रुपियाँमा सेतो मच्छिन्द्ननाथको प्रबलीकरण हुँदै
काठमाडौं महानगरपालिका –३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको करिब एक वर्ष भएको छ । २०७२ को भूकम्पबाट क्षतिग्रस्त यो मन्दिरको भारत सरकारको ६ करोड २६ लाख रुपियाँ अनुदान सहयोगमा प्रवलीकरण भइरहेको हो ।
कास्कीकोटमा दही जात्रा
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ ।
शिव पार्वतीको रुप धारण गरी बजार परिक्रमा
साउनको अन्तिम सोमबारको बोलबममा पोखराको महेन्द्रपुलमा शिव पार्वती र गणेशको रुप धारण गरेर बजार परिक्रमा गरिँदै ।
मध्यपुर थिमिमा धुमधामका साथ भैरव नाच (लायक् भैलः) प्रदर्शन हुँदै
पत्यकाकाे मध्य शहरमा रहेकाे मध्यपुर थिमिमा भैरव (लायकु भैलः) जात्रा धुमधामका साथ शुरू भएकाे छ । साःपारू अर्थात् गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा याे नाच प्रदर्शन गर्ने गरिन्छ ।
साउनको अन्तिम सोमबार पशुपतिमा भीड [फोटो फिचर]
काठमाडौं, साउन ३० गते । साउन महिनाको अन्तिम सोमबारका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । पशुपतिलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।पाँच वटा सोमबारमध्ये यो साउनको अन्तिम सोमबार हो । आज बिहान सवा ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनलाई दर्शन गराउन खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भीड बढेकाले भक्तजनका लागि सहजरूपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ ।
गाईजात्रामा महादेवकाे अभिनयकर्ता गाेविन्द्रकाे मृत्यु
कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।