गौशालामा पुगेर गृहमन्त्रीले गर्नुभयो गोवर्द्धन पूजा
कात्तिक शुक्ल प्रतिपदा गोवर्द्धन पूजा गरिएको छ । घर आँगन तथा गोठमै पनि लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइन्छ ।
नेपाल संवत् ११४३ सुरुवातसँगै शुभकामना र्याली
नेपाल संवत् ११४३ न्हुदँका सुरुवातको अवसरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा शुभकामना र्याली निकालिएको छ ।
हराउँदै ‘सोरठी नाच’
बागलुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित नाच हो ‘सोरठी नाच’ । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ ।
आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’
फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।
नेपाल संवत् ११४३ र म्ह: (आत्म) पूजा आज
नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
आज गोवर्द्धन, बलि, गोरु र हली पूजा
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चकअर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।
गहते गाउँको मुखियामा गुरुङ
लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ५ गहते गाउँका स्थानीयले नयाँ मुखिया पाएका छन् । गाउँमा भएको गाउँसभा २०७९ बाट ५५ बर्षीय पालबहादुर गुरुङ मुखियामा चुनिनुभएको हो ।
बाँकेमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने
शान्ति सुरक्षाको अवस्थालाई मध्येनजर गरेर बाँकेमा प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै देउसीभैलोको समय निर्धारण गरेको छ । बाँकेमा राति १० बजेसम्म मात्र देउँसी भैलो खेल्ने समय निधारुण गरिएको प्रहरीले जनाएको छ ।
थारु हुकेहुक्का खेलको अस्तित्व सङ्कटमा
लक्ष्मीपूजाका दिन साथीभाइवीच खेलिने थारु समुदायको मौलिक खेल हुकेहुक्का लोप हुने खतरा बढेको छ । सनपाटबाट निर्मित हुकेहुक्का थारु समुदायले केही बर्ष अगाडिसम्म खेले पनि युवापुस्ताले संरक्षण नगर्दा यो खेल लोप हुने अवस्थामा पुगेको हो ।