सिमकोटको वित्तीय प्रगति ४४ प्रतिशत
सिमकोट गाउँपालिकाले ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको पाइएको छ । गाउँपालिकाले अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुरा सार्वजनिक गरिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी सञ्चालनमा जोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न यसको ढाँचा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार श्रम मन्त्रालयको आयोजनामा रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजित चारदिने तालिमको समापन कार्यक्रममा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
सुनको मूल्यको नयाँ रेकर्ड कायम
यो वर्ष बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । वर्षको अन्तिम दिन चैत ३० गते नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख ३९ हजार रुपियाँको रेकर्ड कायम गर्न पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ३३ हजार तीन सय रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । चालु आर्थिक वर्षको सुरुवातदेखि निरन्तर बढ्दै गएको छ । अमेरिकी फेडरल रिजर्ब बैङ्कले ब्याजदर घटाउने हल्लाले लगानीकर्ता सुनमा लगानी गर्न आकर्षित हुनु, मुद्रा स्फीति दर, केन्द्रीय बैङ्कले सुनको मौज्दात बढाएका कारणले गर्दा पनि सुनको मूल्य एक्कासि बढ्न गएको हो ।
सगरमाथामा आरोही घटे, बाटो निर्माण ढिलाइले आरोहण पछि सर्ने
सगरमाथामा यस वर्ष आरोहीको सङ्ख्यामा कमी आएको छ । गत वर्षको तुलनामा करिब शतप्रतिशतले आरोहीको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ ।
माथिल्लो अरुण र दुधकोशी अघि बढाउनेबारे छलफल
सरकार र दुई ठुला जलविद्युत् आयोजना माथिल्लो अरुण र दुधकोशीका प्रस्तावित लगानीकर्ता विश्व बैङ्क र एसियाली विकास बैङ्कबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार भएको छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बढ्दो व्यापारसँगै थपिँदै हेलिकप्टर
पर्यटकीय याम सुरु भएसँगै हेलिकप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउनुहुन्छ ।
तोलामा दुई सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ््घका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख छ हजार छ सय निर्धारण भएको छ ।
सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ ।
साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।
बर्दीबासमा बिजनेस कम्प्लेक्स र फन पार्कको डिपिआर तयार
बर्दीबास नगरपालिकाले नगर क्षेत्रको समग्र विकासका लागि तयार पारेको दुई ठूला परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
सुनको मूल्य प्रतितोला एक सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ ।
धितोपत्र बोर्डको अध्यक्षका लागि छानिए पाँच जना
लामो समयदेखि रिक्त रहेको सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि पाँच जनाको नाम छनोट भएको छ । बोर्डमा रिक्त अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट गरिएको हो । छनोट हुनेहरूमा कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोष श्रेष्ठ हुनुहुन्छ ।
एक वर्षमा दस प्रतिशतले बढ्यो इन्धनको मूल्य
एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आवको फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुगेको छ । गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६.७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।
सुनको मूल्य तोलामा छ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु छ सयले वृद्धि भएको छ ।
अर्थतन्त्रका विद्यमान असहजता सुधार गर्न सरकार प्रयत्नशील
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा देखिएका केही असहजता सुधार गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । मन्त्री पुनले आइतबार वीरगन्जमा अर्थ मन्त्रालय र वीरगन्ज उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा आयोजना गरेको राजस्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उद्योगी व्यवसायीको जिज्ञासा तथा प्रश्नको जवाफ दिँदै आन्तरिक कारणले मात्रै नभई विश्वव्यापी रूपमा देखिएको असहजतालाई सम्बोधन गर्न तथा उद्योग व्यवसायलाई चलायमान बनाउन नीतिगत निर्णय गरेर केही ऐन कानुनलाई परिमार्जित गरी बजेट विनियोजन गर्ने मनस्थितिमा सरकार रहेको बताउनुभयो ।
सुनको मूल्य एक लाख पैँतिस हजार नाघ्यो
साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एक महिनादेखि लगातार बढ्दै गएको सुनको मूल्यले आइतबार पुनः नयाँ रेकर्ड कायम गरेको हो । एकै दिन तोलामा दुई हजार नौ सय रुपियाँले बढेर प्रतितोला एक लाख ३५ हजार छ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।
साढे पाँच अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी
मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा सुधार आएको छ । चालु आवको सुरुदेखि नै मुलुकमा भित्रिने लगानी क्रमिक रूपमा सुधार हुँदै गएको हो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको आठ महिनामा साढे पाँच अर्ब प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथ्याङ्क छ । आगामी वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको छ ।
पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो
पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।
९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा
बत्तिको अभाव खेपी रहेको जुम्लामा पहिलो पटक ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
महिनामै बढ्यो सुनको मूल्य तोलामा सत्र हजार
बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
ऊर्जासम्बन्धी आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान
मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् ।
प्रतितोला एक हजार तीन सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु. एक लाख ३२ हजार सात सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन प्रतितोला रु एक लाख ३४ हजारमा कारोबार भएको थियो ।
दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गराइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ ।