बन्दा बजार पठाउने तयारी
बन्दाकोभी बिक्रीका लागि बजार पठाउने तयारी गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित सोती बहुउद्देश्यीय कृषक समूहका पदाधिकारी । उनीहरुले गत वर्षदेखि सामूहिकरुपमा जग्गा भाडामा लिएर फलफूल तथा तरकारी खेती गर्दै आएका छन् ।
अप्पर अरुण जलविद्युत् आयोजना समयमै सम्पन्न हुने
नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागिरहेको अप्पर अरुण जलविद्युत् आयोजनाको निर्माणमा भारत सरकारले लगानी गर्ने कुनै मनसाय प्रकट नगरेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताउनुभएको छ । विश्व बैङ्कको सहुलियतपूर्ण कर्जा लगानीमा बनाउन खोजिएको एक हजार ६४ मेगावाट क्षमताको सो आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता भने हुन सकेको छैन ।
थाई एयरलाई भैरहवा उडानको अनुमति
बैङ्कक मुख्यालय भएको थाई एयर एसियाले बैङ्कक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो । थाई एयर एसियाले काठमाडौँ र भैरहवामा उडान अनुमति मागेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रायका आधारमा नागरिक उड्डयन प्राधिकरण मुख्यालयले सातामा काठमाडौँमा तीन र भैरहवामा चार वटा उडान अनुमति दिएको हो । ५८ वटा विमान भएको थाई एयर एसियाको नेपालको आधिकारिक एजेन्ट (जिएसए) युनिभर्सल ट्राभल रहेको छ ।
सडक बत्तीको लाइन काट्नसक्ने प्रमुख महर्जनको आशङ्का
ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौँ उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्नसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।
सडक बत्तीको महसुल ६०–४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु : उपप्रधानमन्त्री
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महसुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।
तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ ।
टेलिकमको प्याकेज खरिद र व्यालेन्स रिचार्ज सेवा प्रभावित हुन सक्ने
नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि चार घण्टा सेवा प्रभावित हुन सक्ने जनाएको छ ।
दुई वटा क्यासिनो बन्द
होटेल साङ्ग्रिला र भैरहवास्थित टाइगर प्यालेस रिसाेर्टमा सञ्चालन रहेका दुई वटा क्यासिनो बन्द भएका छन् । क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेज (केटिएम) प्रा.लि. ले व्यवसाय बन्द गरिएको सूचना जारी गरेको छ ।
सुनको मूल्य बढ्दा घट्यो आयात
गत आर्थिक वर्षमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०/८१ मा २५ अर्ब ९५ करोड ९३ लाख रुपियाँ बराबरको २९ लाख नौ हजार ग्राम सुन आयात भएको हो । आव २०७९/८० मा ४३ अर्ब ९० करोड रुपियाँ बराबरको ३५ लाख सात हजार ८८४ ग्राम सुन आयात भएको थियो ।अघिल्लो आवको तुलनामा गत आवमा सुनको मूल्यको आधारमा १७ प्रतिशत र परिमाणको आधारमा ४० प्रतिशतले सुनको आयात घटेको विभागको तथ्याङ्कले देखाएको छ ।
एमसिसीका तीन वटै सबस्टेसनको निर्माण सम्झौता
एमसिसी परियोजना अन्तर्गतका सबै विद्युत् सबस्टेसनको निर्माण सम्झौता सम्पन्न भएको छ । परियोजना कार्यान्वयन कार्यालय एमसिए–नेपालले तनहुँ जिल्लाको दमौलीमा बन्ने चार सय केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणको बुधबार ठेक्का सम्झौता गरेको छ । सो सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ लिमिटेडसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता सम्पन्न भएको एमसिए नेपालले जनाएको छ । सम्झौतासँगसँगै एमसिसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएका तीन वटै चार सय केभी सबस्टेसन निर्माणसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
जलविद्युत् विकासका बाधा हटाउने प्रतिबद्धता
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन क्षेत्रमा देखिएका समस्या हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले हरेक साउन १५ मा गर्ने देशव्यापी वृक्षरोपण कार्यक्रमको भक्तपुरमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सरकारले १० वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र १० हजार मेगावाट निर्यात गर्न लिएको लक्ष्य समयअगावै पूरा गर्ने गरी लाग्न आवश्यक रहेको बताउँदै उहाँले त्यो परिमाण निर्यातका लागि १० वर्ष कुर्नु नपर्ने गरी काम गर्न सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो । “जलविद्युत् निर्माणमा हाल बेहोरिरहेका बाधा अवरोध हटाउन कानुन संशोधनलगायतका काम गर्न हामी क्रियाशील हुन्छौँ,” उहाँले भन्नुभयो, “१० वर्षभन्दा पहिले नै १० हजार मेगावाट निर्यात गर्ने गरी काम गर्नु पर्छ ।”
करदाताले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनैपर्छ भन्ने छैन : महानिर्देशक तिवारी
आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीले सबै करदाताहरूले करचुक्ताको प्रमाणपत्र अनिवार्य लिनुपर्छ भन्ने नभएको बताउनुभएको छ ।
तोलामा एक सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला रु. एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४६ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४६ हजार निर्धारण भएको छ ।
ठुला पोल उत्पादन गर्दै हुलास
हुलास स्टिल इन्डस्ट्रिजले विद्युत् प्रसारण लाइनमा प्रयोग हुने ठुला क्षमताको विद्युतीय पोल उत्पादन गर्ने भएको छ । यसका लागि पर्सा जिल्लाको बेल्वा नगरपालिकामा एक अर्ब रुपियाँभन्दा बढी लगानीमा हुलास स्टिलको दोस्रो युनिट स्थापना गरी आवश्यक उपकरण जडान गरिसकेको कम्पनीले जनाएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
‘औद्योगिक क्षेत्रको विकास बिना मुलुकको समृद्धि असम्भव’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास बिना मुलुकमा समृद्धिको आकाङ्क्षा पूरा गर्न नसकिने बताउनुभएको छ ।
भैँसीको व्यापारबाट वार्षिक ३५ लाखको कारोबार
जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थाल्नुभएको ३२ वर्ष भयो ।
कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्यात प्रवर्द्धनका लागि कार्गो व्यवसायलाई सहज बनाउन आवश्यक नीतिगत र संरचनागत परिवर्तन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
सुनको मूल्य तोलामा चार सयले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ ।
सुनको मूल्य तोलामा एक हजारले वृद्धि
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।
कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्थाले किसान खुसी
नेपाल राष्ट्र बैङ्कले कृषि उपज धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले शुव्रmबार मौद्रिक नीति सार्वजनिक गर्दै सो घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सजिलो भएको छ ।
स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी
गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब साढे ३१ अर्ब बाहिरिएको छ ।
चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ
नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशहरूमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रम बजारलाई व्यवस्थितरुपमा खोल्ने बताउनुभएको छ ।
माछाको परिकारले बढाए पर्यटक
पोखराको विजयपुरवारिको लेखनाथ क्षेत्र सात तालबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण नभई यहाँका पाइने माछाका परिकारले चर्चित छ ।
तोलामा तीन सयले घट्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला रु. एक लाख ४५ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ ।