सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु. एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
स्वदेशी उत्पादन उपभोगमा जोड
लघु, घरेलु तथा साना उद्योगी व्यवसायीको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ स्थापनाको ३४ वर्ष पूरा गरी ३५ औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घ ३५ औँ वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासङ्घको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका लागि उपभोक्तालाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता औँल्याउँदै आयात प्रतिस्थापन र निर्यात प्रवर्धनमा कसरी लैजान सकिन्छ भनेर सरकारले योजना बनाइरहेको बताउनुभयो ।
धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन
धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पाादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको छ ।
सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आय आर्जन
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो ।
सुनको मूल्यमा झिनो गिरावट
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा आजका सोही परिमाणको सुनको मोल रु एक लाख ४१ हजार निर्धारण भएको छ ।
तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा प्युठानको जनजीवन प्रभावित
तीन दिनदेखि प्युठानमा विद्युत अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । लमहीबाट झिम्रुक पावर हाउस आउने १३२ केभीको लाइन दाङको अर्जुनखोलाबाट उत्तरतर्फको भित्री घना जङ्गल चक्लिघाट भन्ने स्थानको भिरमा मुख्य लाइनको एउटा फेज तार जेठ १९ गते राति आएको हावाहुरीका कारण तार चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो
युवामैत्री बजेट आएकोमा महासङ्घद्वारा स्वागत
नेपाल घरेलु तथा साना उद्योग महासङ्घले उद्यममा युवा सहभागिता बढाउन स्टार्टअप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गर्ने गरी ल्याएको आर्थिक बजेटको स्वागत गरेको छ । स्टार्टअप बोर्ड गठन गर्ने तथा प्रत्येक प्रदेशमा बिजनेस इन्कुवेसन सेन्टर स्थापना गर्ने कुरालाई आर्थिक बजेटले प्राथमिकतामा राखेको भन्दै महासङ्घले त्यसको स्वागत गरेको छ ।
हायर पर्चेज कर्जाको विवरण पेस गर्नुपर्ने
हायर पर्चेज कर्जा दिने कम्पनी सम्पत्ति शुद्धीकरण निवारणविरुद्ध गतिविधिमा रहेको पाइएमा कारबाहीको दायरामा आउने भएका छन् । अबदेखि हायर पर्चेज कर्जा दिने कम्पनीले शङ्कास्पद कारोबार र सीमाभन्दा माथिको कारोबार वित्तीय जानकारी एकाइमा रिपोर्टिङ गर्नुपर्ने हुन्छ ।
श्रम क्षेत्रको समस्या समाधानको माध्यम ‘श्रमाधान रोजगार मेला’ : मन्त्री अर्याल
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले ‘श्रमाधान रोजगार मेला’ श्रम क्षेत्रका समस्या समाधानको उपायकारुपमा सुरु गरिएको बताउनुभएको छ ।
गुल्मीमा राहदानीबाट १६ लाखभन्दा बढी राजस्व सङ्कलन
जिल्ला प्रशासन कार्यालय गुल्मीमा एक हप्तामा ३२० जनाले राहदानी बनाएका छन् भने राहदानीबाट झण्डै १७ लाख राजस्व सङ्कलन भएको छ ।
गुल्मीमा होटल व्यवस्थापनसम्बन्धी तालिम
गुल्मीको तम्घासमा होटल व्यवसायीलाई तालिम प्रदान गरिएको छ । यस जिल्लाका होटल व्यवसायीलाई साना तथा मझौला होटल व्यवस्थापन सम्बन्धी एक हप्तासम्म तालिम प्रदान गरिएको हो ।
नेपाल पुनर्बिमा कम्पनीको सिइओमा थापा
नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्र थापा नियुक्त हुनुभएको छ । नवनियुक्त सिइओ थापाले शुक्रबार कम्पनीमा आयोजित एक कार्यक्रमबिच नियुक्तिपत्र तथा शपथ लिँदै पदभर ग्रहण गर्नुभयो । सिइओ छनोट तथा सिफारिस समितिले आइतबार थापालाई कम्पनीको सिइओ पदमा आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।
व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने
नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका वस्तुको निर्यात अभिवृद्धि गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैँचा, कार्पेट, धागो, तयारी कपडा, सिमेन्टलगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने घोषणा गरिएको हो । स्वदेशी श्रम र कच्चा पदार्थमा प्रयोग गरी श्रम र कच्चा पदार्थको प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने छ । पहिलो चरणमा कफी, अलैँची, चिया र हिमालयन वाटरको ब्रान्डिङ गरिने बजेटमा उल्लेख गरिएको छ । व्यापारजन्य र प्रविधिको विकास तथा उपयोग गरी उत्पादन र व्यापार लागत घटाउँदै नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ ।
स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरण थालिने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय जागरणको आवश्यकता औँल्याउनु भएको छ ।
होटल सङ्घले चीनमा ‘नेपाल प्रवर्द्धनात्मक’ कार्यक्रम गर्दै
चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपालले चीनका विभिन्न सहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।
सुनको मूल्य तोलामा १७ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
बाह्र सय मेगावाट विद्युत निर्यात गर्ने तयारीमा प्राधिकरण
नेपाल विद्युत् प्राधिकरणले यो वर्ष करिब एक हजार दुई सय मेगावाट विद्युत् भारत निर्यात गर्नका लागि त्यहाँका केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पठाएको छ । आगामी बर्खायाममा स्वदेशभित्र खपत गरी बचत हुने आकलन गरिएको सो परिमाणको विद्युत् बिक्रीका लागि हरियाणा राज्य सरकारलगायत विभिन्न खरिदकर्ता निकायसँग सम्झौता गरी अन्तिम स्वीकृतिका लागि केन्द्रीय विद्युत् मन्त्रालयमा स्वीकृतिका लागि प्रस्ताव पठाइएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
सुनको मूल्य निरन्तर उकालोतिर
स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।
विद्युत महसुलमा गरिएको वृद्धि रोक्न प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रकोे विद्युत महसुलमा गरिएको वृद्धिलाई रोक्न सकारात्मक हुनुभएको छ ।
हुम्लामा घट्यो इन्धनको मूल्य
हिमाली जिल्ला हुम्लामा सञ्चालन हुँदै आएका यातायातका साधनहरुका लागि इन्धनको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका आङ्शिक रुपमा जोडिएसँगै इन्धनको मूल्य घटेको हो ।
पाँच महिला उद्यमी पुरस्कृत
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाँच जना उद्यमी महिलालाई ‘राष्ट्रपति महिला समुन्नति महिला उद्यमी पुरस्कार’ प्रदान गरेको छ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्रालयले बुधबार राजधानीमा आयोजित कार्यक्रममा महिला उद्यमीलाई नगदसहित पुरस्कार प्रदान गरिएको हो ।
बजेटमा सरकारका केही नयाँ कार्यक्रम
कृषि क्षेत्रको रूपान्तरण ऊर्जा क्षेत्रको विकास प्रर्यटन प्रवर्धन र उद्यमशीलता र औद्योगिक विकासमा रूपान्तरणको ध्येयसहित सरकारले आगामी आर्थिक वर्षमा केही नयाँ कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गर्ने भएको छ । उच्चदरको आर्थिक वृद्धि, एकीकृत आर्थिक कोरिडोर विकास डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न सरकारले बजेटमार्फत नयाँ चरणको आर्थिक सुधार कार्यक्रम नै अघि सारेको देखिन्छ ।
ठुला र जलाशययुक्त आयोजना प्राथमिकतामा
ठुला र जलाशययुक्त आयोजनालाई निर्माणमा प्रवेश गराउने उद्घोषसहित सरकारले मङ्गलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । समग्र ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड रुपियाँ विनियोजनसहित अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८१/८२ को बजेट प्रस्तुत गर्नुभएको थियो । आगामी आवमा बहुचर्चित दुधकोशी, नलसिंहगाड, माथिल्लो तामाकोशी जस्ता आयोजना निर्माणको चरणमा प्रवेश गराउने योजना बजेटमा राखिएको छ ।