एमडीएमएस लागू गर्न आग्रह
मोबाइलको अवैध बिक्री बढेको भन्दै मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्न व्यवसायीले आग्रह गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा मोबाइल आयातकर्ता सङ्घका अध्यक्ष दीपक मल्होत्राले आगामी आर्थिक वर्षको बजेटमै एमडीएमएस कार्यान्वयनको निश्चिततासहित व्यवसायमा सहजीकरण गर्न आग्रह गर्नुभयो
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।
अधिकांशमा पुग्यो मोबाइल इन्टरनेट
देशको अधिकांश जनसङ्ख्यामा मोबाइल इन्टरनेट पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको फागुनसम्मको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको ९८.४१ प्रतिशत अर्थात् दुई करोड ८५ लाख ९१ हजारमा मोबाइल इन्टरनेट पुगेको छ ।
नेविसङ्घसहित १५ विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ
नेपाल विद्यार्थी सङ्घसहित १५ विद्यार्थी सङ्गठनले बुधबार दुई घण्टा आयल निगम घेराउन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले निगममा घेराउन गरेका हुन् ।
एक महिनामै घट्यो २० अर्ब आयात
उच्च आयातका कारण विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धको सकारात्मक असर देखिन थालेको छ । आयात प्रतिबन्धको यो नीतिले निरन्तर बढिरहेको आयात वृद्धिदरमा ‘बे्रक’ लागेको छ । भन्सार विभागले मङ्गलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनासम्मको तथ्याङ्कअनुसार वैशाखमा आयात २० अर्ब रुपियाँले घटेको छ । वैशाखमा एक खर्ब ३७ अर्ब ९९ करोड रुपियाँको वस्तु आयात भएको छ ।
सहकारीको डिजिटल रूपान्तरणका लागि साझेदारी
राष्ट्रिय सहकारी महासङ्घले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ । सम्झौतापत्रमा महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गर्नुभएको थियो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ ।
मर्जरमा जाने कम्पनीलाई स्वीकृति
बीमा समितिले प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीलाई गाभ्न तथा गाभिन (मर्जर) स्वीकृति दिएको छ । समितिले मर्जरमा जान इच्छुक रहेका तीन जीवन बीमा कम्पनीलाई मङ्गलबार स्वीकृति दिइएको हो ।
घट्दै सुनको मूल्य
सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो ।