• १३ असोज २०८१, आइतबार

७४ लाख राजस्व सङ्कलन

blog

फाइल तस्बिर

महेन्द्रनगर (कञ्चनपुर), असार १२ गते । सवारी साधनको चाप बढेसँगै कञ्चनपुरमा चालु आर्थिक वर्षमा चार हजार चार सय जनाले सवारी चालक अनुमतिपत्र लिएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार यहाँ मोटरसाइकल, स्कुटर, ट्याक्टर, जीप-कारलगायत सवारी साधनको चालक अनुमतिपत्र जारी गरेर ७४ लाख राजस्व सङ्कलन भएको छ । उक्त कार्यालयबाट सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर चालकको अनुमतिपत्र जारी भएको छ । गत आर्थिक वर्षमा अनुमतिपत्र जारी गरेर ८७ लाख ५९ हजार राजस्व सङ्कलन भएको थियो । रासस