नीतिगत अस्थिरताको मारमा निकुञ्ज पर्यटन
नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो ।
उच्च क्षमताका प्रसारण लाइन बनाइने
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको दसौँ बैठकले दुई मुलुकबीचको विद्युत् प्रसारण लाइन विस्तार र व्यापार प्रवद्र्धन गर्ने निर्णय गरेको छ ।
खुल्यो उत्तरी नाका
चीनले उत्तरी नाका खुुला गरेको छ । रसुुवाको केरुङ र हुुम्लाको यारी नाका खुुला भई सामान आयात निर्यात हुुन थालेको छ । नयाँ वर्षको कारण देखाउँदै चीनले माघ ६ गतेदेखि १५ दिनका लागि नाका बन्द गरेको थियोे । हाल नियमित रूपमा नाका खुुला भई सामान आयात–निर्यात हुुन थालेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ट्रर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुुसलगायतका उपभोग्यवस्तुु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुुनै वस्तुु किन्नुप¥यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् ।
वित्त आयोगद्वारा सशर्त अनुदानको आधार सिफारिस
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने ससर्त अनुुदानका आधार सिफारिस गरेको छ ।
सामसुङको ग्यालेक्सी एस–२३ बजारमा
दक्षिण कोरियाको विशाल प्रविधि कम्पनी सामसुङ इलेकट्रोनिक्सले ५५ देशमा नयाँ स्मार्टफोन उपलब्ध गराएको छ ।
आजबाट नेपाल एयरलाइन्सको टिकट काउन्टर बेलुकी ७ बजेसम्म खुल्ने
नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आज (फागुन ५ गते) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ । निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ ।
तातोपानी नाकामा चीन–नेपालका अधिकारीबीच बैठक
तातोपानी नाकाबाट पूर्ववत् अवस्थामा आयत–निर्यात सुचारु गर्न नेपाल र चीन सरकारका अधिकारहरू बिच बैठक सम्पन्न भएको छ । तातोपानी नाकालाई पूर्ववत् अवस्थामा सञ्चालनका लागि पहलकदमी गर्न दुई देशका अधिकारीहरू तातोपानी नाका स्थित फागुन ४ गते मितेरी पुलमा प्रत्यक्ष बैठक सम्पन्न भएको हो ।
घटेर आयो इन्धनको मूल्य
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ ।
सहकारीका दुई सञ्चालक पक्राउ, अध्यक्ष सम्पर्कविहीन
बचतकर्तालाई रकम दिन नसकेपछि तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अनिता गौतम र सचिव सविता न्यौपानेलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । सञ्चालक समितिका अध्यक्ष केदारनाथ शर्मा भने सम्पर्कविहीन हुनुभएको छ ।
त्रियासी लाखको म्याद सकिएको बियर बरामद
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपत्यकाका विभिन्न ठाउँबाट करिब ८३ लाख रुपियाँको म्याद सकिएका बियर बरामद गरी थप अनुसन्धान थालेको जनाएको छ ।
श्रम समझदारीअनुसार सेवासुुविधा दिन आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले चार वर्षअघि नेपाल र संयुक्त अरब इमिरेटस् (यूएई) सरकारबीच भएको श्रम समझदारीअनुसार नेपाली श्रमिकले सेवासुविधा प्राप्त गर्नुपर्ने बताउनुभएको छ ।
भृकुटीमण्डपमा छाला जुत्ता प्रदर्शनी (फोटो फिचर)
बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा छाला जुत्ता तथा वस्तु प्रदर्शनी सुरु भएको छ। ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ नाराका साथ आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९ सुरु भएको छ।
नेपाली छाला जुत्ता उद्योगीलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार : मन्त्री चौधरी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाली छाला जुत्ता उद्योगीहरूलाई प्रोत्साहन गरी उत्पादन बढाउने पक्षमा सरकार रहेको बताउनुभएको छ ।
नयाँ मोदी– लेखनाथ १३२ केभी प्रसारण लाइन सञ्चालनमा
पर्वत, कास्कीलगायतका जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादी तथा सर्दी नदीमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण गरिएको हो ।
घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख तीन हजार छ सय तोकिएको छ ।
पूजासामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी
कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।”
मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति सरकारले दिनुपर्ने माग
नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।
प्रतितोला दुई सयले घट्यो सुनको मूल्य
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू. दुई सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख चार हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख तीन हजार आठ सय तोकिएको छ ।
किसानमैत्री तरकारी बजार आवश्यक : कृषिमन्त्री
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ । उहाँले कालीमाटी फलफूल तथा तरकारी बजारलाई किसानमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २९औँ वार्षिकोत्सवका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले देशभरका ठूला तरकारी बजारमा नेपाली किसानको उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
प्राथमिकतामा श्रम अडिट
श्रम तथा व्यवसाय सुरक्षा विभागले श्रम अडिटलाई प्राथमिकतामा राखेर काम गरेको जनाएको छ । विभागले श्रम ऐन, नियमावली तथा पाँच वर्षअघि कार्यान्वयनमा ल्याएको श्रम अडिट मापदण्डलाई कार्यान्वयनलाई प्राथमिकता दिएर काम गरेको जनाएको हो । विभागका निर्देशक मणिनाथ गोपले मापदण्ड आएपछि श्रम अडिट गराउने रोजगारदाता (प्रतिष्ठान)को सङ्ख्या विगत चार वर्षमा पाँच गुणाले बढेको जानकारी दिनुभयो । यद्यपि चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कले भने विगत वर्षको सोही अवधिमा गरिएको निरीक्षणमा कमी आएको देखाएको छ ।
इप्पानले गर्यो पीपीए खुलाउने निर्णयको स्वागत
करिब चार वर्षदेखि बन्द रहेको जलप्रवाही विद्युत् आयोजना (आरओआर)को विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुला गरिएकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले स्वागत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले थप करिब एक हजार पाँच सय मेगावाटको आरओआर जलविद्युत् आयोजनासँग पीपीए गर्ने निर्णय गरेको थियो ।
अटोमोबाइल व्यवसाय इतिहासकै कमजोर अवस्थामा : अध्यक्ष थापा
नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताउनुभएको छ ।
‘ब्याजदर घटाउने ठोस उपाय आएन’
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ब्याजदर घटाउन ठोस उपाय नआएको नेपाल उद्योग वाणिज्य महासङ्घले जनाएको छ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ब्याजदर घटाउने उपाय नआएकाले अर्थतन्त्र तत्काल चलायमान हुन कठिन देखिएको महासङ्घको आकलन छ ।