गुल्मी –२ को प्रदेश सभा (क) मा एमालेका भुसाल विजयी
गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी बन्नुभएको छ । भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका भुवन श्रेष्ठलाई एक हजार ५० मतअन्तरले पराजित गर्नुभएको हो ।
रुकुम पूर्व प्रतिनिधि सभामा माओवादीका पूर्णबहादुर घर्ती विजयी
रुकुम पूर्वको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी हुनुभएको छ । उहाँले १२ हजार २ सय ६२ मत प्राप्त गरेर विजयी हाँसिल गर्नुभएको हो ।
कास्की क्षेत्र नं. ३ (क) मा एमालेका गुरुङ निर्वाचित
कास्की क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ४०९ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
कास्की प्रदेश सभा २ (क) मा एमालेका कार्की विजयी
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीमबहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गर्नुभयो ।
सर्लाही १ (ख) मा एकीकृत समाजवादीकी लुङ्गेली निर्वाचित
सर्लाहीको क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
उदयपुर २ प्रदेशसभा (क) मा माओवादीका वुर्जामगर विजयी
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।
गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी
गुल्मी प्रतिनिधि सभा २ मा नेकपा (एमाले)का गोकर्ण विष्ट विजयी हुनुभएको छ ।
अर्घाखाँची प्रदेश सभा 'क' एमाले उम्मेदवार आचार्य विजयी
अर्घाखाँचीमा प्रदेश सभा 'क'मा नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी हुनुभएको छ । आर्चायले २० हजार ५ सय १८ मत लिएर विजयी हुनुभएको हो ।
डोटी प्रदेश सभा 'ख' मा माओवादी केन्द्र विजयी
डोटी प्रदेश सभा “ख” बाट सत्तारुढ गठबन्धनका उम्मेदवार शिवसिंह ओली विजयी हुनुभएको छ । नेकपा माओवादी केन्द का तर्फबाट उम्मेदवार ओलीले नेकपा एमालेका उम्मेदवार टेक बमलाई पराजित गर्नुभयाे ।
कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’
कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।
जुम्ला प्रदेश (२) मा एमालेका टेकराज पछाई बिजयी
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
२१ हजार अन्तरले सिन्धुली २ बाट माओवादीका लेखनाथ विजयी
नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सिन्धुली क्षेत्र २ मा पहिलो विजयी खाता खोलेको छ । सत्ता गठबन्धन दलको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज लेख नाथ दाहाल 'राजन'ले भारी मतका साथ विजयी हुनुभएकाे छ ।
काठमाडौं २ (ख) मा राप्रपाका राजु विष्ट विजयी
काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।
एसका अध्यक्ष नेपाल ४ हजार ६३० मतसहित अग्रस्थानमा
निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित
जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठवन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनु भएका बेदराज सिंह ले १८ हजार ५४३ मत ल्याएर विजयी हुनु भएको छ ।
पर्साबाट प्रदेश सभामा कांग्रेस ३, जसपा २, माओवादी, लाेसपा र स्वतन्त्र एक-एक विजयी
पर्सा जिल्लामा बाम लोकतान्त्रिक गठबन्धनका ५ जना उम्मेदवार प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको छ । पर्सामा रहेको ८ प्रदेश सभाको सिटमा हालसम्म ५ जना बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार निर्वाचित हुनु भएको हो ।
सिन्धुली-२ को प्रदेशसभा (क) र (ख)मा गठबन्धनका उम्मेदवार विजयी
सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
ओखलढुङ्गामा कांग्रेसका रामहरिको अग्रता कायम
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।
बाँके २ मा राप्रपाका राणा विजयी
बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक
प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।
काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्र केसी विजयी
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ ।
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम विजयी
प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
साढे १२ हजार मतान्तरसहित प्रधानमन्त्री देउवा विजयी
प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ ।