• १९ चैत २०७९, आइतबार

आलु र गहुँ खेतीमा व्यस्त किसान (फोटो फिचर)

blog

कपिलवस्तु, पुस १७ गते। कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ। 

यहाँका किसानले विशेष गरेर मल बोकेर खेतीमा लगाइरहेका दृश्य देखिन्छन्। किसानले गहुँमा सिंचाइ गरेका दृश्यसमेत ग्रामीण क्षेत्रमा देख्न पाइन्छ। 

किसानले मेहनत गरेर आलु र गहुँ उत्पादन गरे पनि महँगीले गर्दा किसान मारमा परेका छन्। आफ्नो उत्पादनले मूल्य नपाउने र मलको अभावले उत्पादन घट्ने समस्याले पिरोलेको किसान रामविलास यादवको भनाइ छ। 

कपिलवस्तुका विभिन्न ग्रामीण बस्तीमा पुगेर गोरखापत्र अनलाइनका लागि राजेश ढुंगानाले कैद गर्नुभएका तस्बिर : 


Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।