बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
दौडमा अस्मिता र विकेशलाई स्वर्ण
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत १५ सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सिन्धुपाल्चोककी अस्मिता भुजेल र पुरुषतर्फ दोलखाका विकेश घिमिरेले स्वर्ण पदक हात पार्नुभएको छ ।
अर्थ मन्त्री डा.महत र एमसीसीका क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता
अर्थ मन्त्री डा. प्रकाशशरण महतसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
बुधबारे हटियामा नगरपालिकाले चलायो डोजर
बिर्तामोड नगरपालिकाले बुधबारे हटियाका टहरामा डोजर चलाएको छ । नगरपालिकाले १ बिगाह २ कठ्ठा क्षेत्रमा रहेका करिब दुई सय वटा टहरा हटाउन सुरु भएको हो । नगरपालिकाले पूर्वपट्टिबाट टहरा हटाउन सुरु गरेको छ ।
नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : सांसद गौतम
सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उहाँको भनाइ छ ।
खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिन्छ : सांसद पाैडेल
नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।
कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका प्रथम
वित्तीय समानीकरण अनुदानअन्तर्गत कार्य सम्पादन मूल्याङ्कनमा गौर नगरपालिका मधेश प्रदेशमै प्रथम स्थान हासिल गरेका छन् ।
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
प्रतिनिधि सभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
लुम्बिनीमा सरकार बिस्तारको तयारी
लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ ।
सम्झौताको म्याद सकिँदा नारायणगढ–बुटवल सडक खण्डको प्रगति ३० प्रतिशत मात्र
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्डको म्याद थपका लागि अनुरोध परेको छ ।
गणतन्त्र दिवसलाई भव्य बनाउने सरकारको तयारी
सरकारले यो वर्षको गणतन्त्र दिवसलाई भव्य बनाउने तयारी गरेको छ । वि.सं. २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई हरेक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।
‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदले बताउनुभएको छ। साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गर्नुभएको छ।
बागमती प्रदेशमा मन्त्रिमण्डल विस्तार
सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि बागमती प्रदेशको मन्त्रिमण्डलले पूर्णता पाएको छ । दलहरुबीच भागबण्डा नमिले पनि अन्ततः प्रदेशको ११ मन्त्रालयमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने गरी सहमति भएको हो ।
श्रमजीवी पत्रकारले उचित पारिश्रमिक पाउनुपर्छ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारहरूले बाँच्नेगरी पारिश्रमिक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।
भ्रष्टाचारको जालो तोड्ने काम गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख
उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिनुभएको छ।
नागरिक पत्रकारिता गर्न जरुरी छ : सञ्चार मन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र सामेल हुँदै
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र) सामेल हुन लागेको छ । प्रदेश सरकार र माओवादी केन्द्र संसदीय दलबीच भएको सहमतिअनुसार माओवादीले दुई मन्त्रालय र एक राज्यमन्त्री पाउने गरी आज शुक्रबार नै सरकारमा सामेल हुन लागेको हो ।
टिआरसी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन
कानुन, न्याय तथा मानव अधिकार समितिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ ।
स्वास्थ्यमन्त्री बस्नेत नेतृत्वको टोली आज जेनेभा जाँदै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत नेतृत्वमा ६ सदस्यीय टोली आज स्विजरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय सभा बैठक सुरु (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ ।