एमाले महाधिवेशनको दोस्रो दिन : उम्मेद्वारी फारम लैजाने क्रम जारी
नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ ।
कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताउनुभएको छ ।
दृढ अठोट र ऊर्जासहित आचरणशील र नेतृत्वको खाँचो छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जनताले सुम्पिएको जिम्मेवारीलाई अन्तस्करणबाटै बोध गर्दै सबै मिलेर देश विकासमा समर्पित हुन आह्वान गर्नुभएको छ ।
बैंकहरूले घटाए व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर
एक दर्जनभन्दा बढी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ ।
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईस्थित द सेभेन्स रङ्शालामा बङ्गलादेशले टस जितेर पहिला फिल्डिङ रोजेको हो । प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलङ्कासँग आठ विकेटले पराजित भएको थियो ।
हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित
सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।
कालिका नगरपालिकाको चक्रपथ : गैरीबारी, चापागौँडीदेखि शेरबास सडक शिलान्यास
चितवनको कालिका नगरपालिकाको चक्रपथ (रिङ रोड) भएको गैरीबारी, चापागौँडीदेखि शेरबास जाने सडक शिलान्यास गरिएको छ । कालोपत्र सडक र पक्की नालाको कालिका वडा नं ८ गैरीबारीमा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आइतबार शिलान्यास गर्नुभयो ।
सिकारीको बन्दुक पड्किँदा सहकर्मीको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्किँदा सहकर्मीको मृत्यु भएको छ ।
पहिरो नियन्त्रण गर्ने सहमतिपछि खुल्यो तातोपानी नाका सडक
बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत भीषण इको पहिरो दुई महिनाभित्र नियन्त्रण गरेर बस्ती संरक्षणका काम गर्ने सहमतिपछि तातोपानी नाकाको कोदारी सडकखण्ड सूचारु भएको छ ।
दुई वटा हात्ती कतार पठाइँदै
चितवन राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती आगामी पुस २ गते कतार पठाउने तयारी गरिएको छ । सौराहाको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेहुर्केका रुद्रकली र खगेन्द्रप्रसादलाई कतार
एमालेको ११ औं महाधिवेशन : दोस्रो दिन आज उम्मेद्वारी मनोनयन
कपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधको समय राखिएको छ ।
हालसम्मकै उच्च मूल्यमा सुन
स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता– २०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ३७ पैसा र बिक्रीदर १४४ रुपियाँ ९७ पैसा निर्धारण गरिएको छ ।
खुल्यो तातोपानी नाका
स्थानीयले बन्द गराएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन नाका अन्तर्गतको सडक आइतबारदेखि खुलेको छ । यससँगै सो नाकाबाट भन्सार जाँचपासको काम सुरु भएको छ ।
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन् ।
ओली र पोखरेलबिच प्रतिस्पर्धा हुँदै
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी ११ औँ महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुँदै छ । निर्वाचन जित्नेमा ढुक्क देखिनुभएका ओलीले अध्यक्ष पदमा निरन्तरता दिने घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो, “म अध्यक्षमा निर्विरोध हुन्छु होला ।” मुलुकको लोकतन्त्र, संविधान र अग्रगमन सङ्कटमा रहेकाले त्यसको रक्षाका लागि पनि एमाले एकताको अपरिहार्यता भएको उहाँले बताउनुभयो । एमाले फुटेर होइन, जुटेर सङ्घर्ष गर्दा उपलब्धि हात लाग्ने उहाँको आग्रह छ ।
संसदमाथि अदृश्य बन्देज लगाइँदै छ
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले संसद् र संसद् सचिवालयलाई आर्थिक र प्रशासनिक रूपमा अदृश्य बन्देज प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । संसद् सेवा दिवसका अवसरमा आयोजित कार्यव्रmममा सभामुख घिमिरेले संसद् विघटनको कुनै सान्दर्भिकता पुष्टि नहुने र सर्वोच्च अदालतले समयमै न्याय निरूपण गर्ने विश्वास रहेको पनि बताउनुभयो । जेनजी आन्दोलनपछि गठित सरकारले सचिवालयका कर्मचारी दरबन्दी कटौतीलगायतमा संसद्का पदाधिकारीले सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै आएका छन् ।
स्थानीय तहमा सीमा विवाद : साढे आठ वर्षसम्म पनि उस्तै
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा नं. ४ र ५ को वडा मिलान नहुँदा सेवाग्राहीलाई वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकीसम्म पुग्न समस्या भएको छ । वडा मिलान नहुँदा एक किलोमिटरको दुरीमा रहेको सेवाप्रदायक कार्यालयसम्म पुग्न सेवाग्राहीलाई तीन घण्टासम्म लाग्ने गरेको छ ।
काठमाडौँ महानगरले ३१ औँ दिवस मनाउँदै
काठमाडौँ महानगरपालिकाले सोमबार आफ्नो ३१ औँ दिवस मनाउने भएको छ । सोमबार बिहान महानगरले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा ३१ औँ महानगर दिवस मनाउन लागेको हो । काठमाडौँ महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेले सोमबार बिहान ९ बजे सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागेको जानकारी दिनुभयो । महानगरले स्रष्टा सम्मान भन्दै १० जना व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुतिसमेत गरिने उहाँले बताउनुभयो । अरू औपचारिक मन्तव्यसहित साङ्गीतिक प्रस्तुति रहने छ । महानगरले हरेक वर्ष यो दिवस मनाउँदै आएको छ ।
पुराना नेताको चुनाव नलड्ने स्वघोषणा
सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थाल्नुभएको छ ।
गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ।
३१ औँ महानगर दिवस : २३५ परम्परागत बाजा गुरुलाई सम्मान
काठमाडौँ महानगरपालिकाले २३५ जना परम्परागत बाजा गुरुलाई नगद ३० हजार रुपियाँसहित सम्मान गरेको छ।
नागरिक अधिकारसम्पन्न हुँदा शासक कमजोर हुँदैन : मन्त्री खनाल
अर्थ एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले आफ्नो नागरिकलाई अधिकारसम्पन्न बनाउँदा शासक कमजोर नहुने बताउनुभएको छ ।