राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
‘पुरुष नेताको भाषणले मिडियामा बढी प्राथमिकता पाउँछ’
मिडिया एडभोकेसी ग्रुप (म्याग)ले महिला राजनीतिक नेता र पत्रकारसँगको परामर्शको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ ।
एनभीए लिग भलिबलको तयारी
नेपाल भलिबल सङ्घ (एनभीए) को आयोजनामा नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि २० गतेसम्म काठमाडौँमा हुने भएको छ ।
‘समावेशी विकासमा सरकारले काम गरिरहेको छ’
प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताउनुभएको छ ।
एनपिएल : जहाँ शेर त्यही उपाधि
शेर दोस्रो एनपिएलले पाएको महत्वपूर्ण खेलाडी हुनुहुन्छ । लुम्बिनीको उपाधि यात्रामा उहाँको बलिङ सानदार रह्यो । उहाँले खेलभर १७ विकेट लिएर सर्वाधिक विकेट किपरको सुचीमा विराटनगरका कप्तान सन्दीप लामिछाने सरह उभिनुभयो ।
‘मदिरा नियन्त्रणमा दीर्घकालीन रणनीति आवश्यक’
नेपालमा बढ्दो मदिरा प्रयोगसँगै यसले पुर्याउने स्वास्थ्य तथा सामाजिक असर न्यूनीकरणमा दीर्घकालीन रणनीति आवश्यक रहेकामा सरोकार भएका तथा विज्ञहरूले जोड दिएका छन् ।
एमाले केन्द्रीय कमिटी तीन सय एक सदस्यीय हुने
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि सम्पन्न बैठकले १० औँ महाधिवेशनमा कायम केन्द्रीय कमिटी तीनसय एक सदस्यीय हुने निर्णय गरेको छ ।
जसपाद्वारा उम्मेदवारको नाम सिफारिस गर्न सर्कुलर
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
राजधानीमै छैन पर्यटकको बसपार्क
मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।
डेङ्गुको सङ्क्रमण घट्दो क्रममा
जाडो समय सुरु भएसँगै जिल्लाका अस्पतालमा आएका बिरामीमा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा मङ्सिरमा दुवै रोगको सङ्क्रमण घटेको पाइएको छ ।
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।
दस दिनका लागि ३५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
नेपाल राष्ट्र बैँकले आइतबार १० दिनका लागि ३५ अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैँकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।
सुनको मूल्य निरन्तर उकालोतिर
गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुई हजार दुई सय रुपियाँले बढेको छ ।
उम्मेदवारको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर
जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।
विपत् प्रभावितका घर पुनर्निर्माण
बाढीपहिरोलगायतका विपत्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपत्पीडितका नयाँ घर पुनर्निर्माण भएको छ । विपत्जन्य घटनाले घरबास गुमाएकाम
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सङ्गीतमय उद्घाटन समारोह
नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन पूर्ण रूपमा संस्कृतिमय बनेको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनीको खुला चौरमा आयोजना गरिएको उद्घाटन समारोह पूर्ण रूपमा सांस्कृतिकमय बनेको देखियो ।
विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै
निजामती सेवाबाट अलग भई स्वायत्त संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मङ्सिर २८ गते अर्थात् आइतबार विभिन्न कार्यक्रमका साथ सङ्घीय संसद् सेवा दिवस मनाइँदैछ ।
‘जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न प्रतिबद्ध बनौँ’
। उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत नै शासन सञ्चालन हुने अवस्था स्थापित गर्न साझा प्रतिबद्धताको आवश्यकता औँल्याउनुभएको छ ।
संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माण गर्न सघाउ पुर्याएको छः उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न धेरै सघाउ पुर्याएको बताउनुभएको छ ।
जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गर्नुभएको छ ।
बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल
अभिनेत्री बसुन्धरा भुसालले बढ्दो उमेरलाई आयु घटिरहेको नभई अनुभवी बनिरहेको भनेर बुझ्न आग्रह गर्नुभएको छ ।
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ ।
चाँदीको मूल्य एक वर्षमै दोब्बर
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्यसमेत निरन्तर उकालो लाग्दै गएको छ । अन्तराँष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिर अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ९०५ पुगेको छ ।