जेनजी आन्दोलनका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत जमुनाहा सीमा नाका बन्द गरेको छ । यसअघि नाकामा निकै कडाइ गरेको भारतीय सुरक्षाकर्मीहरुले नेपालको अवस्था गम्भीर बन्दै गएपछि नाका बन्द गरेको जनाएका छन् ।
ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १५०० औं शुभजन्मोत्सव नेपालगन्जलगायत बाँके जिल्लामा धुमधामका साथ मनाइएको छ ।
बिरयानी, कबाफ र शोर्मालगायतका खानेकुरामा अखाद्य हानिकारक कोलटार रङ मिसाउने तथा फोहोर ठाउँमा मासु भण्डारण गर्ने नेपालगन्जका एक होटेल व्यवसायीलाई जिल्ला अदालत बाँकेले एक लाख रुपियाँ जरिबाना र छ महिना कैद सजाय सुनाएको छ ।
पश्चिम नेपालको प्रमुख केन्द्र मानिने नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक २०८२-०८३ का लागि एक अर्ब ६४ करोड ७१ लाख रुपियाँको आय–व्यय प्रस्तुत गरिएको छ ।
नेपालगन्जमा रहेका पुराना ताल र तलाउहरूलाई एकपछि अर्को गर्दै मासेर भौतिक संरचनाहरू निर्माण गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने बजारमा रहेका मापदण्ड विपरीतका पाँच वटा सेवामूलक फर्म तथा कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
बाँकेमा सोमबार साँझ आएको भीषण हावाहुरीका कारण दुई सयभन्दा बढी विद्युतका पोल र चार वटा भन्दा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि बाँकेका अधिकांश स्थानको बिद्युत् सेवा अवरुद्ध भएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाटा) बाँके च्याप्टरको आयोजनामा बाँके राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी गरिएको छ ।
मङ्सिर ४ गते भोलि हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन सुरक्षाका लागि बाँकेस्थित नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले बिहीबार बाँकेमा एक पक्की पुल र रक्तसञ्चार केन्द्र भवन निर्माणको शिलान्यास गर्नु भएको छ।
राप्ती नदीको मदुवा घाटमा पक्की पुलको निर्माण पुरा भएको छ । पुल निर्माणसँगै उक्त क्षेत्रका जनतालाई आवागमनमा सहज बनेको छ ।
बाँकेको डुडुवा गाउँपालिकाले भूमि समस्या समाधान आयोगसँग सम्झौता नगरेकोले गाँउपालिकाको वडा नम्बर– ५ का चारसय बढी सुकुम्वासी परिवार लालपुर्जा पाउनबाट बन्चित भएका छन् ।
नेपालगञ्ज, वैशाख १५ गते । केन्द्रमा सत्ता साझेदार दलहरुले पाँच दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति गरे अनुरुप दलहरुले आफ्नो अनुकूल गठबन्धन बनाएका छन् । सो अनुसार २०७४ सालको निर्वाचनमा कुनै पनि पालिका प्रमुख जित्न नसकेको नेकपा माओवादी केन्द्रले यस पटक जिल्लाका चारवटा पालिकामा एक–एकवटामा काँग्रेस र जनता समाजवादी पार्टीसँग र दुईमा नेकपा एससँग गठबन्धन गरेको छ । माओवादी केन्द्रले गत निर्वाचनमा एमालेले जितेको खजुरा गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन गरेर अध्यक्षमा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विक र उपाध्यक्षमा नेपाली काँग्रेसका मन्जु मल्ललाई उम्मेदवार बनाएको छ । यसैगरी, गत निर्वाचनमा एमालेले जितेको कोहलपुर नगरपालिकामा माओवादीले नेकपा एससँग गठबन्धन गरेर प्रमुखमा नेकपाका पूर्व विद्यार्थी नेता नरेन्द्र न्यौपाने र उपप्रमुखमा नेकपा एसका नारायणी वलीलाई उम्मेदवार बनाएको छ । सो गठबन्धनका कारण कोहलपुरमा निर्वाचनको माहोल तात्दै गएको छ । सोही प्रकारले गत निर्वाचनमा एमालेले जितेको जानकी गाउँपालिकामा पनि माओवादीले जसपासँग गठबन्धन गरेर जसपाबाट अध्यक्षमा राजीव बर्मा र उपाध्यक्षमा माओवादीका रक्षाराम बर्मालाई उम्मेदवार बनाएको छ । सो पालिकामा २–२ वडामा गठबन्धन र २ वडामा मित्रवत् प्रतिस्पर्धा गरिने निर्णय गरिएको छ । यस्तै, बैजनाथ गाउँपालिकामा पनि माओवादी र नेकपा एसबीच गठबन्धन गरेर उम्मेदवार उतारिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । जिल्लाका आठ पालिकामध्ये माओवादी केन्द्रले एमालेले जितेका चार पालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएकाले ती सबै पालिकामा जित्ने सम्भावना अत्यधिक बढेको नेकपा माओवादी केन्द्र बाँकेका निवर्तमान अध्यक्ष आइपी खरेलले बताउनुभयो । उहाँले माओवादी केन्द्रले बाँकेमा गरेको गठबन्धन सत्तासाझेदार गठबन्धन दलबीच केन्द्रमा गरिएको गठबन्धनको उद्देश्यसँग मेल खाएको बताउनुभयो । जिल्लाका अन्य पालिकामध्ये नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा भने सबै दलले आ–आफ्ना उम्मेदवार उतारेर प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालगञ्ज, वैशाख १३ गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेको नेपालगञ्ज उपमहानगरमा ११७ वटा विभिन्न पदका लागि ७७९ जनाको उम्मेदवारी दर्ता भएको छ । नेपालगञ्ज उपमहानगरको निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्तामा अत्यधिक उत्साह देखिएको थियो भने मनोनयन दर्ता गर्ने कार्य सोमबार राति १२ बजेसम्म चलेको थियो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले मेयरका लागि १८, उपमेयरका लागि १०, २३ वटा वडा अध्यक्षका लागि १६६ जनाले मनोनयन पत्र दाखिला गर्नुभएको बताउनुभयो । उहाँले खुला सदस्यमा सबैभन्दा बढी ३०२ जना, महिला सदस्यका लागि १४९ जना र दलित महिला सदस्यका लागि १३४ जनाले मनोनयन पत्र दर्ता गराउनुभएको बताउनुभयो । सहायक निर्वाचन अधिकृत चौलागाईंले वडामध्ये वडा नम्बर ५ मा सबैभन्दा बढी ११ जनाले मनोनयन दर्ता गराउनुभएको र सबैभन्दा कम वडा नम्बर १०, १२ र १३ मा ५–५ जनाले उम्मेदवारी दिनुभएको बताउनुभयो । ठूला दलहरुलाई उम्मेदवारी दर्ता गराउने समयमा उहाँहरु नपुग्दा र सबैजना एकै पटक पुग्दा मनोनयन दर्तामा ढिलाइ भएको र राति १२ बजेसम्म पनि दर्ता गर्नुपरेको निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले जनाएको छ । उपमहानगरको प्रमुखमा पाँच जनाले स्वतन्त्र उम्मेदवारी र १३ जनाले विभिन्न दलबाट उम्मेदवारी दिएका छन् । यसैगरी उपप्रमुखमा भने एक जनाको मात्र स्वतन्त्रमा उम्मेदवारी परेको छ भने नौ जनाले विभिन्न पार्टीको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् । मेयर उपप्रमुख नपाएपछि गठबन्धनबाट बाहिरिएको घोषणा गरेको नेकपा माओवादी केन्द्रबाट टङ्क धामीले मेयरमा र तारा रोकायाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । सोही प्रकारले राप्रपाबाट प्रमुखमा नन्दलाल वैश्य र उपप्रमुखमा बिन्दु चर्तिमगरले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेको तर्फबाट प्रमुखमा पशुपतिदयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार दावी विरोध गर्ने दिन रहेको भए पनि यो समाचार तयार पारुन्जेलसम्म कसैले पनि दावी विरोध नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपालगञ्ज, वैशाख ९ गते । निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर बाँके प्रशासनले लाइसेन्स लिएर राखेका हतियार तथा अवैध हतियार प्रहरीलाई बुझाउन दिएको निर्देशनलाई बेवास्ता गरिएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले गत चैत १६ गते जनताले लाइसेन्स लिएर राखेका हतियार नजिकको प्रहरी एकाइ तथा जिल्ला प्रहरी कार्यालय बाँकेमा चैत मसान्तभित्र बुझाउन निर्देशन दिएको थियो । तर सो अवधिमा सात वटा मात्र हतियार प्रहरीमा जम्मा गरिएको जनाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अधिकांशले प्रशासनको निर्देशन पालना नगरेको बताउनुभयो । उहाँले बाँकेबाट ५५५ जनाले हतियार राख्नका लागि अनुमति लिएको देखिएको जनाउँदै ७ वटा मात्र हतियार बुझाउनुले ती हतियार पनि निर्वाचनमा सुरक्षा चुनौती बन्न सक्ने आशङ्का व्यक्त गर्नुभयो । हतियार बुझाउने म्याद सकिए पनि अझै हतियार ल्याएमा बुझेर राख्ने तथा चुनाव सकिएलगत्तै फिर्ता गर्ने प्रजिअ खत्रीले बताउनुभयो । उहाँले हतियार बुझाउन सर्वसाधारणलाई फेरि पनि आग्रह गरिएको जनाउनुभयो । उता, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले निर्वाचन सुरक्षाका लागि निजी हतियार प्रहरीलाई बुझाउनुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्म ७ थान मात्र बाह्रबोर बन्दुक बुझाइएकाले अरुलाई पनि बुझाउन फेरि पनि आग्रह गरिएको बताउनुभयो । उहाँले अब प्रशासनबाट हतियार राख्नेहरुको लगत लिएर उनीहरुलाई सम्पर्क गरेर हतियार बुझाउन लगाउने तयारी गरिएको जनाउँदै त्यसपछि पनि नबुझाउनेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । खुला सीमानाका कारण हतियार सजिलै भित्र्याउन सकिने हुँदा लाइसेन्स भएका भन्दा बढी हतियार गैरकानुनी रुपले भारतबाट भित्र्याइएका पनि यहाँ रहेको हुनसक्ने प्रहरीको भनाइ छ । त्यस्ता हतियारलाई पटक पटक प्रहरीले पक्राउ पनि गर्दै आएको छ ।