प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवारले आगामी निर्वाचनमा जित्ने आ–आफ्ना दावी पेश गर्नुभएको छ । युवादेखि पाका उम्मेदवार रहनुभएको यस क्षेत्रमा सबैले जित निकाल्ने बताउनुभएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको मङ्सिर ४ गते हुने निर्वाचनसम्बन्धी सङ्कल्पपत्र (घोषणापत्र) माथि आइतबार अन्तरक्रिया भएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (६८) र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल (४७) बीच मुख्य प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं– ५ मा जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मगर (४६) राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती (६८), नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोल (४०), लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी (६८) उम्मेदवार हुनुहुन्छ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोकोपकारी कार्यबाट सबैले प्रेरणा लिनुपर्ने बताउनुभएको
भक्तपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे (बासु), नेकपा (एमाले) का नवराज गेलाल र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभातर्फ १६५ र प्रदेश सभातर्फ ३३० पदका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले असोज २६ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रतिनिधि सभातर्फ कुल दुई हजार ४१२ र प्रदेश सभातर्फ तीन हजार २२४ उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरु विभिन्न एजेण्डा पेश गर्दै मतदातालाई रिझाउँदै प्रतिस्पर्धामा होमिएका हुन् ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा असोज २३ गते राजनीतिक दलहरूले प्रत्यक्षतर्फको उम्मेदवारी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् । टिकट वितरणमा असन्तुष्ट बनेका राजनीतिक दलका नेताहरूले कोही अन्य पार्टीबाट उम्मेदवारी दिएका छन्, कोही स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनको आगामी निर्वाचनमा सिट बाँडफाँट टुङ्ग्याउन शनिबार पनि छलफलमा जुट्दैछ । सत्तारुढ दल नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको सिट सङ्ख्याबारे आजको बैठकले अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।
नेपाली हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं घटस्थापनको दिनदेखि नै विधिवत रुपमा सुरु भइसकेको छ । नवौंं दिनसम्म नवदुर्गा देवीको पूजा आराधाना गरेर यस वर्ष असोज १९ गते दशमीमा आफूभन्दा ठूलाको हातबाट टीका तथा आशीर्वाद लिएर दशैंं मनाउने परम्परागत चलन रहँदैआएको छ । नेपाल पञ्चाङ्क निर्णायक समितिका अनुसार आउँदो बुधबार ११ बजेर ५१ मिनेटमा टीकाको साइत छ ।
पाँचदलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले आगामी निर्वाचनको सिट बाँडफाँट टुङ्गो लागिनसकेको बताउनुभयो ।
सत्ता गठबन्धनले राष्ट्रपतिको कदम सम्बन्धमा बुधबार दिउँसो बालुवाटारमा कानुनविद्सँग परामर्श गरेको छ।
सत्ता गठबन्धनको बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको छ ।
काठमाडौं, असोज ३ गते। निर्वाचन आयोगले सोमबार साँझ ७ बजेसम्म प्रतिनिधिसभातर्फ ११ दल र प्रदेशसभातर्फ ४० दलले समानुपातिकको बन्दसूची पेश गरेको जनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल समावेशी पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा, बहुजन एकता पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मितेरी नेपाल, जनमत पार्टी, नेपालका लागि नेपाली पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिकतर्फको बन्दसूचीपेश गरेको जानकारी दिएको छ।यसैगरी, प्रदेशसभातर्फ प्रदेश नम्बर १ मा सात राजनीतिक दलले बन्द सूची पेश गरेका छन्। प्रेदश १ मा किरात खम्बुवान पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपालल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेपाल कम्युनिष्ट पार्टीले बन्दसूची पेश गरेका छन्।मधेश प्रदेशमा ६ दलले बन्द सूची पेश गरेको आयोगले जनाएको छ। मधेश प्रदेशमा तराई मधेश लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल सदभावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची पेश गरेका छन्।बागमती प्रदेशमा सात दलले बन्दसूची पेश गरेका छन्। बागमतीमा तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, समाजवादी पार्टी, नेपाल, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्द सूची बुझाएका हुन्।गण्डकी प्रदेशमा ५ दलले समानुपातिकतर्फ बन्दसूची आयोगमा बुझाएका छन्। गण्डकीमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुत्तिः पार्टी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन र जनमत पार्टीले बन्दसूची बुझाएका हुन्।लुम्बिनी प्रदेशमा राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टी गरेर ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्।कर्णाली प्रदेशमा पनि राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल मजदुर किसान पार्टी र नेपालका लागि नेपाली पार्टी गरेर जम्मा ४ दलले बन्दसूची आयोगमा बुझाएका छन्। यसैगरी, सुदूरपश्चिम प्रदेशमा उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या सात छ। सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, मौलिक जरोकिलो पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले बन्दसूची आयोगमा पेश गरेका हुन्। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २ र ३ गतेसम्म समानुपातिकतर्फको बन्दसूची पेश गर्न समयावधि तोकेको थियो।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन दलका नेताहरु निर्वाचन आयोग पुग्नुभएको छ ।
राजनीतिक दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी गतिविधिमा सक्रिय छन् । निर्वाचन अघि दलहरुले आगामी पाँच वर्षमा गरिने कार्यक्रमहरु चुनावी घोषणापत्र मार्फत सार्वजनिक गर्ने पुरानै प्रचलन हो । दलहरु यतिबेला सोही घोषणापत्र तयार गर्न आन्तरिक तयारीमा जुटेका छन् ।