महिनौ देखि उठ्न नसकेर उपत्यकाको सडकसडकमा थुप्रिएको फोहोर मङ्गलबारदेखि उठ्न सुरु भएको छ । सोमबार भएको शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मागहरु माथि प्रतिवद्धता जनाएसँगै उपत्यकाको फोहोर उठ्न थालेको हो ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आगामी संघ र प्रदेशको निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्नेबाछ कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय भूमि आयोग पाल्पाले सुकुमवासी, दलित, भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण गर्न काम अगाडि बढाएको छ ।
काठमाडौं महानगर प्रमुखमा वालेन्द्र साह ६१ हजार ७६७ मत र उपप्रमुखमा सुनिता डंगोल ६८ हजार ६१२ मतसहित विजयी हुनुभएको छ।
काठमाडौं, जेठ १२ गते । काठमाडौं महानगरपालिका ( १४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका सुमन श्रेष्ठ विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार उहाँले तीन हजार ४४२ मत ल्याउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रश्मि खड्काले तीन हजार ३४६ मत प्राप्त गर्नुभयो ।सो वडाको महिला सदस्यमा एमालेकी शोभा कार्की तीन हजार १९७ र दलित महिलामा अनिता नेपाली तीन हजार १६२ मतसहित विजयी हुनुभएको छ ।सदस्यद्वयमा कांग्रेसका अच्यूत सापकोटा र एमालेका नवीन नकर्मी निर्वाचित हुनुभएको छ । काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखको नतिजा भने शुक्रबार मात्र सार्वजनिक हुने भएको छ । प्रमुख पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह र उपप्रमुखमा एमालेका सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ । महानगरको १९ वटा वडामा कांग्रेस र १२ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । एउटा वडामा एकीकृत समाजवादीका उम्मेदवार विजयी हुनुभएको छ ।
काठमाडौं महानगरपालिका- १९ को वडाअध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठ एक हजार २०० मतसहित विजयी हुनुभएको हो । उहाँको निकटतक प्रतिद्वन्द्वी नेकपा (एमाले)का चन्द्रमान मुनिकारले ७४१ मत प्राप्त गर्नुभयो ।
ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी हुनुभएको छ।
काठमाडौं महानगरपालिका प्रमुखमा “लौरो” निर्वाचन चिह्न रहेका स्वतन्त्र उममेदवार बालेन शाह फराकिलो मतसहित निरन्तर अग्रस्थानमा हुनुहुन्छ। आइतबार दिउँसो ४:३० सम्म एक लाख दस हजार ८६० मतगणना भइसक्दा बालेनले ४० हजार ५१ मत प्राप्त गर्नुभएको छ।
देशैभरमा ११ उपमहानगरपालिकामध्ये प्रमुखमा गठबन्धनका तर्फबाट मधेस प्रदेशको जीतपुर सिमरा र लुम्बिनी प्रदेशको नेपालगञ्ज गरी दुई उपमहानगरपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भइसकेको छ।
भक्तपुरको मध्यपुर थिमी नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ १५ हजार ९८ मतसहित विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठ चार हजारभन्दा बढी मतले पराजित हुनुभयो ।
काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।
काठमाडौंको तारकेश्वर नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका कृष्णहरि महर्जन विजयी हुनुभएको छ । महर्जनले ११ हजार ९८८ मत प्राप्त गर्नुभयो । उहाँको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का रामेश्वर बोहोराले सात हजार ८०८ मत ल्याउनुभयो ।
भक्तपुर नगरपालिकाको प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी हुनुभएको छ।
काठमाडौं महानगरपालिकाको मतगणना गर्ने क्रम जारी छ।
काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतसहित पहिलो स्थानमा हुनुहुन्छ।