• १९ असार २०८१, बुधबार

निर्वाचनमा जित्ने गठबन्धनका उम्मेदवारको दाबी

blog

काठमाडौं, मंसिर ४ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन शानदार ढङ्गले जित्नेमा पूर्ण विश्वास रहेको बताउनुभएको छ । 

आइतबार काठमाडौं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवारसमेत रहनुभएका उहाँले मतदान गर्नुभएपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै आवधिक निर्वाचनको प्रक्रिया कहिल्यै टुट्न नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनपछि प्रचारप्रसारको क्रममा दिनरात केही नभनिकन एकैचोटी प्रारम्भिक चरणमा शानदार ढङ्गले जित्छौं भन्ने कुरामा पूर्ण विश्वास छ । संसदीय व्यवस्थाभित्र यो विषयलाई राम्रोसँग यो क्षेत्रले सांसद दिने वा नदिने मात्रै भनेको होइन, यहाँभित्र ड्राइभिङ सिटमा बसेर, यो निर्वाचन क्षेत्रको मतदातालाई राम्रोसँग हेक्का पनि छ ।”

संसदीय निर्वाचनमा प्रतिस्पर्धाको दाबी मात्रै नगरेको उल्लेख गर्नुहुदै उहाँले सांसद भएपछि संसदीय दलको निर्वाचन जित्ने जिकिर गर्नुभयो । काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार प्रकाशमान सिंहले संविधानले दिएको अधिकार सुरक्षित राख्दै राजनीतिक स्थीरता र विकासका लागि जनताको मतदादेश मागेको बताउनुभयो । सिंहले भन्नुभयो, “राजनीतिक स्थरितामा परित गर्दै विकास निर्माणका कार्यहरु छन् । सम्पन्नताको अभियानमा देशलाई अगाडि हाँक्न राजनीतिक स्थिरता हुनुपर्ने बताउनु भयाे । दुई दुई वटा संविधानसभाबाट जारी संविधानको प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्छ । त्यसैको आधारमा प्राप्त गरेका संविधानको अधिकार सुरक्षित राख्दै जनताको मतादेश मागिरहेका छौं ।”

वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने सिंहको भनाइ छ । यस्तै, काठमाडौं प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ७ का उम्मेदवार अस्मिता सिंह मानुषी यमी० भट्टराईले आफू उम्मेदवार हुदा फरक अनुभव हुने भन्नुहुदै आशावादी रहेको प्रतिक्रिया दिनुभयो ।

यमीले भन्नुभयो, “उम्मेदवार भएपछि अलि–अलि फरक हुने रहेछ । अहिलेसम्म सबैलाई भेटेर आएकी छु, आशावादी छु ।” देशभरका मतदातालाई आफ्नो मतको शक्ति पहिचान गर्न उहाँले आव्हन गर्नुभयो । 

आगामी दिनमा विकल्पका लागि देशमा अर्थतन्त्र लगायत सबै क्षेत्रमा परिवर्तन गर्ने शक्ति हाम्रो हातमा रहेकाले लोकतान्त्रिक अधिकार प्रयोग गर्न एवम् आ–आफ्नो शक्ति प्रदर्शन गर्न उहाँले जोड दिनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।