• १४ वैशाख २०८१, शुक्रबार

रास्वपा सभापति लामिछानेका सवारी चालकको मृत्यु

blog

शम्भु थापालाई चितवनबाट उपचारका लागि काठमाडौं ल्याउन प्रयोग गरिएको हेलिकप्टर । फाइल तस्बिर

काठमाडौं, वैशाख १९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। 

रास्वपाका महामन्त्री एवम् प्रवक्ता डा. मुलुक ढकालले थापाको उपचारका क्रममा भैसीपार्टीस्थित मेडीसिटी अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो।

उपनिर्वाचनको क्रममा चितवन पुग्नुभएका थापा वैशाख ४ गते घरको छतबाट खसेर घाइते हुनुभएको थियो। 

चितवन भरतपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। 

भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा थापाको स्वास्थ्यमा सुधार आउन सकेको थिएन। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।