रातो मत्स्येन्द्रनाथको रथजात्रा सञ्चालनमा महिलाको प्रमुख भूमिका रहे पनि भोटोजात्राका दिन गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख लछुना शर्मा काफ्लेले भोटो प्रदर्शन गर्न पाउनुहुने छैन। जाति, सम्प्रदाय वा वर्णका कारण भोटो प्रदर्शन गर्न उहाँ वञ्चित हुनुभएको होइन। महिला भएकै कारण उहाँले त्यो अवसर नपाउने हुनुभएको हो।
सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई ढल्न नदिन क्रेनले अड्याउनुपरेको छ। निर्माण समयदेखि नै रथ बाङ्गो भएकाले जात्रा खर्च पनि बढेको छ। निर्माण कार्यमा प्रत्यक्ष संलग्न हुनेहरू रथ बाङ्गो निर्माण हुनुमा आफूहरूको दोष नरहेको तर्क गर्छन्। यता व्यवस्थापन हेर्ने निकायका पदाधिकारी भने आफूहरू अन्योलमा रहेको बताउँछन्।
उदार मन भएका श्री ३ महाराज देवशमशेरले मुलुकको बागडोर सम्हालेपछि ‘प्रजा’ले सिनेमा हेर्ने अवसर पाए । संवत् १९५८ मिति ज्येष्ठवदी ३ सोमबारको गोरखापत्रमा ‘टुँडिखेलमा तमासा’ शीर्षकमा सिनेमा हेर्न सार्वजनिक निम्तो छापियो– श्री ३ महाराजबाट बेदाम्मा दुनिञाहरूले हेर्न पाऊन् भनी टुँडिखेलमा प्रोजेक्टास्कोप अर्थात् मानिसले चलफिर ग-येको सब काम तसवीरबाट सोही बमोजिम दुरुस्त देखिन्या तमासा वैशाख गते २६ बुधबारदेखि हुनेछ । सो तमाशा हेर्नेलाई अगाडि केटा केटीहरू, ताहाँपछि नीज केटा केटीहरूका आमाहरू, वाहाँपछि लोग्ने मानिसहरू वाहाँपछि बग्गीमा आउनेहरू अरूलाई नछेकने गरी रहने छन् ।
२०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७ जनाले आवेदन फाराम भरेका छन्। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो। आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ। प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको छ। कठिनाइ स्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिने छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले प्रश्नपत्र र उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा पठाइसकिएको जानकारी दिनुभयो। देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन्।
युगौँसम्मका लागि भनेर माइक्रोफिल्ममा सुरक्षित राखिएका ऐतिहासिक ग्रन्थ तथा लिखत बिग्रिन थालेका छन्। अभिलेखालयमा दुई लाखभन्दा बढी प्राचीन ग्रन्थ तथा लिखतका पोजेटिभ र नेगेटिभ गरी १८ हजार माइक्रोफिल्म छन्। तीमध्ये दुई सयवटा रिल पूर्ण रूपमा बिग्रिएका छन् भने करिब छ सय रिलमा समस्या देखिएको छ।
सामुदायिक विद्यालय भवन पुनर्निर्माणका लागि विनियोजित एक अर्ब ३५ करोड रुपियाँ खर्च नहुने अवस्था सिर्जना भएको छ। पुनर्निर्माणका लागि आवश्यक निर्देशिका स्वीकृत नहुँदा यस्तो अवस्था आएको हो। सरकारले चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त रकम छुट्याएको थियो। यसबाट दुई हजारभन्दा बढी विद्यार्थी भएका ७३ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने प्रस्ताव छ। विनियोजित रकमअनुसार भवन पुनर्निर्माण गर्न विद्यालय भौतिक निर्माणसम्बन्धी निर्देशिका आवश्यक पर्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त निर्देशिकाको मस्यौदा बनाएर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो।
आगामी २०८० सालको शैक्षिक सत्रको स्कुले पाठ्यपुस्तक छपाइबारे नीतिगत निर्णयका लागि उठाइएको टिप्पणी साढे तीन महिनादेखि शिक्षाका केन्द्रीय निकायमा घुमेको घुम्यै छ । पाठ्यक्रम विकास केन्द्रले उठाएको फाइल यतिबेला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट बिनानिर्णय पुनः केन्द्रमै फिर्ता भएको छ । समयमा नीतिगत निर्णय हुन नसक्दा आगामी शैक्षिक सत्रमा पाठ्यपुस्तक अभावको समस्या झनै सिर्जना हुने अनुमान छ ।
कतिपय नेपाली इतिहासकारले काल्पनिक पात्रका रूपमा ठोकुवा गर्दै आएका भृकुटीबारे उल्लेख गरिएको तिब्बती ग्रन्थलाई नेपालीमा अनुवाद गरिने भएको छ। नेपालकी राष्ट्रिय विभूति भृकुटीबारे तिब्बती ग्रन्थ ‘मणिकाबुम’मा उल्लेख गरिएको छ। भृकुटी सातौँ शताब्दीकी भए पनि उनका बारे ११औँ शताब्दीमा मात्र ग्रन्थमा लिपिबद्ध गरियो। सो ग्रन्थलाई १६औँ शताब्दीमा काठेब्लकको प्रयोग गरी पुस्तकका रूपमा प्रकाशन गरिएको थियो। राष्ट्रिय अभिलेखालयले सो ग्रन्थको नेपालीमा अनुवाद
बोरामा कोच्याएर केशरमहल परिसरमा बेवारिसे बनाइएका शिक्षा निकायका कागजात खोतल्ने साइत बल्ल जुरेको छ। डेढ सयभन्दा बढी बोरामा रहेका ती कागजातलाई सोमबारदेखि छान्न थालिएको छ। दुई दिनमा काम लाग्ने कागजात अझैसम्म फेला पर्न सकेको छैन। ज्यालादारीमा तीन जना महिलालाई कागजात खोतल्न खटाइएको छ। काम लाग्ने वा नलाग्ने कागज छुट्टयाउने कार्यमा निकै सुस्त गति छ।
नेपालीमा एउटा निकै चर्चित उखान छ, ‘सरकारी काम, कहिले जाला घाम ।’ यतिबेला यो उखान केशरमहलका कागजात व्यवस्थापन गर्ने सन्दर्भमा चरितार्थ बन्न पुगेको छ । बेवारिसे बनाइएका कागजातबारे पछिल्लो पटक गोरखापत्रमा खबर सार्वजनिक भएको नौ दिन बितेको छ । यस अवधिमा शिक्षा निकायका कुनै पनि पदाधिकारी वा कर्मचारीलाई ती कागजात व्यवस्थापन गर्ने सन्दर्भमा केशरमहल पुग्नेसम्म पनि फुर्सद मिलेको छैन । यसअघि पनि गोरखापत्रले ३१२ दिनअघि अर्थात् २०७८ साल चैत २० गते केशरमहलका दस्तावेजसहितका कागजात बेवारिसे पारिएको बारेमा मुख्य समाचार नै छापेको थियो ।
साढे तीन वर्षभन्दा बढी समयदेखि केशरमहलको मूलढोकासामुन्ने बेवारिसे बनाइएका कागजातलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बल्ल व्यवस्थापन गर्ने भएको छ। बारम्बार लैजान अनुरोध गर्दा पनि सम्बन्धित कुनै पनि सरकारी निकायले चासो नदेखाएपछि ती कागजात पुनर्निर्माण निर्माण कम्पनी आफैँले धुल्याइदिन खोजेको घटना सार्वजनिक भएपछि मन्त्रालयको ध्यान त्यसतर्फ आकृष्ट भएको छ। निर्माण कम्पनीले भने ‘साइट क्लियरेन्स’ गर्न ती कागजातलाई घाममा सुकाई पुनः बोरामा राखिदिन लागेको भनी आफूलाई बचाउ गरेको छ। यत्तिका समयसम्म पनि ती कागजात बेवारिसे बनाउनुमा शिक्षा मन्त्रालय मुख्य दोषी देखिन्छ।
माध्यमिक तहमा मागभन्दा कम शिक्षक छनोट भएका छन्। शिक्षक सेवा आयोगले विभिन्न विषयमा एक हजार ५५२ जना शिक्षक माग गरेकोमा एक हजार १८२ जना शिक्षक छनोट गरी नियुक्तिका लागि सिफारिस गरेको छ। मागभन्दा ३७० जना कम सिफारिस भएका छन्।
सन् १९०९ जनवरी २९ अर्थात् १९६५ साल माघ १७ गते । प्राइमिनिस्टर चन्द्रशमशेरले पालना गर्नुपर्ने नियमका बारेमा छोराहरूलाई सम्बोधन गरी यसै मितिमा ‘इच्छापत्र’ लेख्नुभएको थियो । ५० बुँदाको फेहरिस्त थियो । चन्द्रशमशेरको निधनपछि मात्र त्यो इच्छापत्रलाई कन्तुरबाट झिकेर सार्वजनिक गरिएको थियो । ‘
माध्यमिक तहमा एक पटक मात्र रजिस्ट्रेसन गरिने भएको छ। सरकारले विगत १२ वर्षअघि कक्षा ९–१२ लाई विद्यालय शिक्षाको संरचनाभित्र समावेश गरेको थियो। यसैअनुरूप माध्यमिक तहभित्र कक्षा ९ र ११ मा दोहोरो रजिस्ट्रेसन गर्नुपर्ने प्रावधान रहँदै आएको छ।
आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।