सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको घण्टाघरको जीर्णोद्धार हुने भएको छ। परिसरभित्र रहेकाले घण्टाघरको जिम्मेवारी त्रि–चन्द्र क्याम्पसले नै वहन गर्दै आएको छ। त्रि–चन्द्र क्याम्पसका प्रमुख प्रा. डा. सुनील अधिकारीले भन्नुभयो, “घडी अझै थाकेको छैन तर दम दिएर साध्यै नचल्ने भयो। अब अटोमेटिक घडी जडान गर्नुपर्छ। अहिलेको घडीलाई क्याम्पसभित्र सङ्ग्रहालय बनाएर राख्नेछौँ।”
कक्षा १२ का विद्यार्थी रोमेन्द्र केसी । उनी व्यवस्थापनका विद्यार्थी । एकलपथीय शिक्षा पद्धतिका कारण व्यवस्थापन विषयका भन्न मिल्दैन तर चलनचल्तीमा यही अभ्यास छ । उनी विज्ञान विषय लिएर कक्षा ११ मा भर्ना भएका थिए । एसईईमा खासै उत्कृष्ट ग्रेड प्वाइन्ट एभरेज (जीपीए) प्राप्त गरेका थिएनन् । तर रहरले विज्ञानतर्फ आकर्षित ग-यो । भर्ना भए । पढ्न थाले । बल्ल उनले आफ्नो क्षमता बुझे । तत्काल विषय परिवर्तन गर्ने निर्णय गरे । उनले भने, “घरपरिवारबाट पनि दबाब थियो । स्कुलका सहपाठी पनि विज्ञानमा भर्ना भएका थिए । त्यसैले मैले पनि विज्ञान छनोट गरेँ । पढ्न थालेपछि मेरो क्षमताले भ्याउँदैन भन्ने लाग्यो र हत्तपत्त विषय परिवर्तन गरेँ ।”
अब त पाँच रुपियाँमा एक मुठा हरियो धनियाँ पनि पाइँदैन । फोसामा खुर्सानी माग्दा तरकारी बिक्रेताले आँखा तरेर हेर्न थाल्छन् । अनि एक छाक तरकारी पाँच रुपियाँमा पाक्ला त ? तर तीनधारा पाकशालामा आवासीय रूपमा बस्दै आएका विद्यार्थीलाई अझै पनि तरकारीबापत दैनिक पाँच रुपियाँ खान्की तोकिएको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाह १४ वर्ष पुगेपछि डोला (विवाह गर्नका लागि अन्यत्रबाट घरमा ल्याएर राखिएकी कन्या) का सन्देश ह्वारह्वार्ती आउन थाले । तिनताक राजकुमार विवाहयोग्य भएपछि डोलाका सन्देश आउँथे । यस्ता सन्देश ल्याउने काम ब्राह्मण लमीले गर्थे । पुरस्कारको लोभमा पनि यो काम गरिन्थ्यो । सामान्य राजा–रजौटाका छोरी डोला ल्याएर पृथ्वीनारायणको बिहे गराउने पक्षमा महारानी चन्द्रप्रभा र कौशल्या थिएनन् । मकवानपुरे राजा माणिक्य सेनका छोरा हेमकर्णकी कन्या इन्द्रकुमारीसँग बिहे निश्चित भयो । डोलामैयाँसँग मकवानपुरमै बिहे भयो । डोलालाई आफ्नै राज्यमा झिकाएर बिहे गर्ने चलन हुन्थ्यो । तर पृथ्वीनारायण डोलामैयाँकै राज्यमा बिहे गर्न पुगे । उमेरको कारण देखाएर हेमकर्णले कन्यालाई गोर्खा पठाउन चाहेनन् र पृथ्वीनारायण डोलाबेगर गोर्खा फर्किनुप-यो । केही समयपछि वधु लिन पुनः मकवानपुर पुगे (श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी : बाबुराम आचार्य) । पृथ्वीनारायण शाहले दिव्य–उपदेशमा हेमकर्णका छोरा दिग्बन्धनलाई “डोला पनि लैयाउ, नेपाल पनि देषि आउ भनि मकवानपुर गँञु र पुग्यापछि दिकवन्दनसेनलाई यवटा कुराको करेउलि (करकाप वा अड्डी) लिएर भने यकदन्ता हाति र नवलाषि हिराको हार दिन्छौ भने डोला पनि लैजाला दिन्न भन्या काढि तरवारसित पनि लैजांला” भनेको कुरा उल्लेख छ । तर उनी डोला नलिई फर्किए ।
भक्तपुरको सल्लाघारीका रुख कति पुराना हुन् भनी अनुमान गर्न सक्नुहुन्छ ? वैज्ञानिक अनुसन्धानले ती सल्लाका रुख पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरका पालामा रोपिएको प्रमाणित गरेको छ ।
गोरखापत्र थालनी गरेका राणा प्रधानमन्त्री देवशमशेरले भाषा पाठशाला खोले । पाठ्यपुस्तक तयार गर्न लगाए । पाठ्यपुस्तक र स्लेट निःशुल्कमा वितरण गरिए ।
निजी प्रकाशकहरूले बढी मूल्य कायम गरेर विद्यार्थीलाई पाठ्यपुस्तक भिडाउने गरेका छन् । प्रतिपृष्ठका आधारमा पाठ्यपुस्तकको मूल्य निर्धारण गर्न पाउने सरकारी व्यवस्थाले निजी प्रकाशकहरूलाई बढी मूल्य लिन सहयोग मिलेको छ ।
बदर मतको सङ्ख्या कम गर्न मतदाता सचेत हुनुपर्छ । मतदान कसरी गर्ने ? स्वस्तिक चिह्नको छाप कहाँ लगाउने ? आदि बारेमा जानकार नभएकै कारण मत बदर हुने गर्दछ । २०७४ सालमा भएको स्थानीय निर्वाचनमा उपत्यकाभित्र ४९ हजार ३६० मत बदर भएको थियो । त्यो निर्वाचनमा कुल खसेको मतको १२ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपत्यकाभित्रकै कुरा गर्दा २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी २९ हजार ९४१ मत (१५.२ प्रतिशत) बदर भएको थियो भने दक्षिणकाली नगरपालिकामा सबैभन्दा कम ९४२ मत बदर भएको थियो । २०१४ सालमा सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा ९९ वटा मत बदर भएका थिए ।
विसं १९५८ वैशाख २४ गते प्रकाशन सुरु भएको गोरखापत्र नेपालको मात्र नभएर दक्षिण एसियाकै पुराना अखबारमध्येमा पर्छ ।