अविनाश चौधरीधनगढी, वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । प्रेस सेन्टर कैलालीले आज (बिहीबार) धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको हो । गठबन्धनले चुनाव सार्छन् कि भनेर कतिपयले हल्ला चलाएको उल्लेख गर्दै उहाँले चुनाव नसर्ने र तोकिएको मितिमै हुने बताउनुभयो । ‘हिजोमात्रै देशभरिकै सबै नगरपालिका र उपमहानगरपालिकामा सहमतिको टुङ्गो लागिसकेको छ’, प्रचण्डले भन्नुभयो । ‘अब त केही कन्फ्युजन छैन नि ?’ स्थानीय तहको निर्वाचनबाट लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउन आवश्यक रहेको उहाँको भनाइ थियो । प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाइने बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका उहाँले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिने वा नदिने विषयमा वैशाख १३ पछिमात्रै टुङ्गो लाग्ने बताउनुभयो । गभर्नर हटाइएको विषयमा अदालतले दुवै पक्षलाई १३ गते बोलाएको प्रचण्डको भनाइ थियो । कैलालीको गौरीगङ्गा नगरपालिकामा माओवादीले आज आयोजना गरेको सभालाई सम्बोधन गर्न प्रचण्ड कैलाली पुग्नुभएको हो ।
गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएकाे विष्फोटकाे छानबिन गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएकाे हाे ।
काठमाडौं, वैशाख ८ गते । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र बाँकी सात जना घाइतेमध्ये एक जनाकाे अवस्था गम्भीर रहेको ललितपुरका एसपी सिद्धिविक्रम शाहले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार हुँदै शुरु भएको उहाँले जानकारी दिनुभयो । दुई दर्जनभन्दा बढी कामदार भए पनि अन्य कामदार बाहिरी क्षेत्रमा भएकाले ठूलाे दुर्घटना नभएको र विस्फोटनले उद्योगमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
अमृतप्रसाद पौडेलम्याग्दी, वैशाख ८ गते । बेनी नगरपालिका –३, भकिम्लिका स्थानीय बासिन्दाले खानेपानी योजना सम्पन्न भइसकेर धारा बने पनि पानी नआएको गुनासो गरेका छन् । बेनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको समीक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा भकिम्लिका बासिन्दाले सो गुनासो गरेका हुन् ।स्थानीय बासिन्दा दीपक पुनले आफ्नो क्षेत्रमा प्रदेश सरकारको कार्यक्रम अन्तर्गत ७० लाख रुपियाँ लागतमा बनेको खानेपानी योजना सम्पन्न भए पनि पानी नआएको गुनासो गर्नुभयो । पुनले भन्नुभयो “एक घर एक धारा कार्यक्रम भए पनि धारा बन्यो तर पानी आएन ।”सार्वजनिक सुनुवाइमा सहभागी अधिकांश नागरिकले खानेपानीकै समस्या राख्नुभएको थियो । रामबहादुर किसानले बेनी नगरपालिका –३ को मुसुङ, डोले, छेपारेलगायतका क्षेत्रमा नगरपालिका क्षेत्रबाट योजनामा समेत एकरुपता नगरी उपेक्षा गरेको बताउनुभयो । सार्वजनिक सुनुवाइमा आफ्नो कुरा राख्नेक्रममा किसानले आफ्नो क्षेत्रमा खानेपानी योजना परेर काम अगाडि बढे पनि बीचैमा रोकिएको गुनासो गर्नुभयो ।भौगोलिक रुपमा असहजर मानिने बेनी नगरपालिका –३ भकिम्लि सदरमुकाम बेनीदेखि नजिकै रहेको वडा हुँदैगर्दा पनि कक्षा ११ पढ्नका लागि गाउँ छाडेर अन्यत्रै जानपर्ने बाध्यता रहेको स्थानीय लिलबहादुर छन्त्यालको भनाइ छ । छन्त्यालले भन्नुभयो– “बेनी नगरपालिकाको ३ बाहेक १ देखि ९ सम्म सबैमा उच्च माध्यमिक अर्थात् कक्षा ११ र १२ पढाइ हुने भए पनि ३ नम्बरमा १० कक्षासम्म मात्रै अध्ययन हुने जयन्ती मावि मात्रै छ ।स्थानीय दिलबहादुर थापाले आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्याले गर्दा मुसुङ डोले आधारभूत विद्यालयमा पिउने मात्रै नभएर शौचालय प्रयोगका लागि समेत पानीको अभावले गर्दा समस्या भएको बताउनुभयो । नगरपालिकाले सदरमुकामभन्दा अप्ठेरो भूगोलमा पर्ने भकिम्लिमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा नागरिकहरुले स्वास्थ संस्थाको स्तरोन्नति, कृषि तथा पशुपालक कृषकका लागि उचित प्राविधिक जनशक्तिको व्यवस्था, सडकको स्तरोन्नति गर्न माग गरेका छन् । गत चैत २६ गते परेको असिना पानीले गर्दा सुन्तला जातको फलफूलमा निकै ठूलो क्षति भएकोले त्यसका लागि उचित राहत व्यवस्था गर्न आवाज उठाएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले भौगोलिक रुपमा कठिन वडा भएकाले पनि धेरैजसो पूर्वाधार विकासमा कठिनाइ भएको बताउनुभयो । बरुवालले ठेकेदारले गरेका काममा गुणस्तरबारेमा स्थानीयले प्रश्न उठाउँदैआएको हुनाले आगामी दिनमा त्यसबारेमा उचित विचार हुने बताउनुभयो । वडामा परेका कतिपय योजना भौगोलिक कठिनाइले गर्दा तोकिएको समयमा पूरा नहुँदा बजेट फिर्ता जाँदा दुःख लागको बरुवालको भनाइ छ ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले प्रश्नको जवाफ दिँदै आगामी आर्थिक वर्षको कार्यक्रममा समेटेर अगाडि बढ्ने बताउनुभयो । वडालाई आवश्यक पर्ने र विगतमा अड्किएका योजनाबारेमा समयमै उचित जानकारी दिएमा सम्बोधनमा सहज हुने बताउनुभयो ।बेनी नगरपालिकाकी उपमेयर बरुवालको अध्यक्षतामा भएको कार्यक्रममा वडा ३ का अध्यक्ष पदम पुनले मन्तव्य राख्नुभयो । अधिकृत युवराज थापाले सञ्चालन गरेको कार्यक्रमका बारेमा प्रकाश सुवेदीले प्रकाश पार्नुभयो । सार्वजनिक सुनुवाइको सवाल जवाफ कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्काले बताउनुभयो ।
राजन रावत हुुम्ला, वैशाख ८ गते । हुुम्लाका सङ्घीय सांसद रङ्गमती शाहीको छाउगोठदेखि संसद्सम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले एक कार्यक्रमको आयोजनामा विमोचन गर्नुभएको हो ।सांसद शाहीले पुस्तकमा आफू विकट दुुर्गम गाउँमा जन्मिएदेखिको अनुुभव र पहिलो महिनावारीपछि छाउगोठमा बस्दा भोगेका कठिनाइलाई समेट्नुुभएको छ । अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुुपर्ने बाध्यात्मक यथार्थलाई पुुस्तकमा उल्लेख गर्नुभएको छ । छाउगोठमा बसेको बेला भोगेका पीडा, कतिपय महिला रोगकाे शिकार भएको कुरालाई पनि समेट्नुुभएको छ । आफू संसदमा पुुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि सुदुरपश्चिमका अधिकांश महिला अझै पनि महिनावारीको समयमा छाउगोठमा बस्नुुपरिरहेको विषय पुस्तकमा समेटिएको छ । समाजका गन्ने मान्ने व्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखा नपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । त्यसै सांसद शाहीले आफूले २०७४ सालमा समानुपातिकतर्फबाट सांसद निर्वाचितदेखि संसदमा आफूले खेलेको भूमिकाका बारेमा पनि उल्लेख गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ का चौध जिल्लाका अधिकांश स्थानीय तहमा सत्ता साझेदार दलबीच गठबन्धन गरेर जाने सहमति भएको छ । प्रदेश १
तिलाचन पाण्डेतम्घास, बैशाख ८ गते । गुल्मीमा जवरजस्ती करणी गरी फरार रहेका आरोपी बुटवलबाट पक्राउ परेका छन् । जिल्लाको इश्मा गाउँपालिका ३ का २९ वर्षीय कृष्णबहादुर नेपालीले वैशाख ४ गते साँझपख सोही स्थानकी २७ वर्षीय सुस्त मनस्थिति महिलालाई जबरजस्ती करणी गरी फरार थिए । नेपालीले जबरजस्ती करणी गरी फरार रहेको भन्ने कार्यालयमा प्राप्त सूचनाको आधारमा खोजतलासी गर्दा निजलाई बुटवलबाट पक्राउ गरी गुल्मी ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले जानकारी दिनुभयो ।नेपालीले ठाडढुङ्गाको खोल्सामा जवरजस्ती करणी गरी फरार रहेको भन्ने आरोप लागेको छ । निजलाई वैशाख ७ गते जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
कोरोना महामारीका कारण बन्द भएको नेपाल र चीनबीचको हिल्सा नाका सञ्चालन गर्न हुम्लावासीले माग गरेका छन् । मानसरोवर कैलाश दर्शन गर्ने समय सुुरु भएको र नाका बन्द भएसँगै स्थानीयवासीको व्यापार व्यवसाय पनि प्रभावित भएकाले नाका पुनः सञ्चालन गर्न आग्रह गरिएको हो ।
लामो कपालमा परेको लट्टा फुटाउने, छिरलिएको कपाललाई सर्लक्क पार्ने गुण काँइयोमा मात्रै हुन्छ । काँइयोले कोरेर कपाललाई अनेकप्रकारको डिजाइनमा बाट्न, जुरो पार्न तथा छोड्न सकिन्छ, जसले व्यक्तिको सौन्दर्यमा निखार आउनुको साथै अरूभन्दा भिन्न देखाउन सकिने माध्यम पनि बन्छ ।
ठाकुरप्रसाद आचार्यबेनी, वैशाख ८ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीस्थित गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालनमा ल्याइएको छ । घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकलाई लक्षित गरेर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालनमा ल्याइएको हो । घोडेपानी पुग्ने पर्यटकले साइकलमा यात्रा गर्दै पाखा र भीरमा फुलेका गुराँस, घनाजङ्गल, चराचुरुङ्गी र हिमालको दृश्यावलोकन गर्न पाउने भएका छन् । अन्नपूर्ण गाउँपालिका–६, घोडेपानीदेखि वडा नं. ७ स्थित प्यारीवाराही ताल जोड्ने साइकल निर्माण भएसँगै पर्यटक उत्साहित भएका छन् । पछिल्लो समय सडक यातायातले पदमार्ग मासिएका बेला साइकल मार्गले पर्यटकलाई राहत मिलेको छ । घोडेपानी आउने पर्यटकको बसाइ लम्ब्याउने र पर्यटन विकासमा टेवा पु-याउने उद्देश्यले साइकल मार्ग निर्माण गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजाले बताउनुभयो । सडक विस्तारसँगै छोटिएको पर्यटकको बसाइ लम्ब्याउन प्यारीवाराही ताललाई सहायक गन्तव्य बनाएर गुराँसको जङ्गलभित्र साइकल मार्ग सञ्चालन गरिएको साइकल मार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष सुशील पुनले बताउनुभयो । उहाँका अनुसार घोडेपानीबाट साइकलमा कालीसार चौर हुँदै नाका, प्यारीवाराहीदेखि रानीवास र घोडेपानी फलेट घरसम्म साइकलमा घुम्न सकिनेछ । “यो राउन्ड साइकल मार्ग निकै रमाइलो र रोमाञ्चक हुन्छ,” उहाँले भन्नुभयो, “हिमालको दृश्य, घना गुराँसको जङ्गल, चराचुरूङ्गीका साथै मनोरम दृश्यको अवलोकन गर्न सकिन्छ ।”नयाँ वर्षको अवसरमा पोखरा साइकल सिटीका १४ जनाको टोली साइकल चढेर घोडेपानी पुगेको स्थानीय सुरेन गुरुङले जानकारी दिनुभयो । गुराँसको जङ्गलभित्र साइकल चढेर प्यारीवाराही ताल पुगेका सिटीका सहसचिव धर्मसिंह लामीछाने नेतृत्वको टोली पुनहिल घुमेर कास्कीको उल्लेरी हुँदै पोखरा फर्किएको उहाँले बताउनुभयो । “गुराँसको जङ्गलभित्र पृष्ठभूमिमा हिमाल हेर्दै साइकलमा यात्रा गर्न पाउनु यहाँको आकर्षण हो,” स्थानीय गुरुङले भन्नुभयो, “अन्नपूर्ण राउन्डको भ्रमणमा आउने पर्यटकलाई साइकल मार्गले आकर्षित गर्ने विश्वास लिएका छौँ ।” स्थानीय होटल व्यवसायीले पर्यटकलाई साइकल भाडामा दिएर घुम्ने व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । गतवर्ष प्रदेश सरकारको २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीवाराही ताल जोड्ने तीन÷तीन किलोमिटर दूरीको डेढ मिटर चौडाइ भएको घोडा र साइकल मार्ग निर्माण गरिएको थियो । गाउँपालिकाले पहिचान गरेको घोडेपानी–प्यारीवाराही ताल जोड्ने मार्गमा चरा अवलोकन स्थल र घोडा बाँध्ने तबेलासमेत बनाइएको उपभोक्ता समितिका अध्यक्ष पुनले बताउनुभयो । पछिल्लो समय सडक यातायातका कारण पर्यटकलाई धुलोधुवाँले सास्ती भएकाले पर्यटकको सुविधाका लागि प्रदेश सरकारको बजेटमा साइकल मार्ग निर्माण गरिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो ।
काठमाडौँ, वैशाख ८ गते । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई उसैको मैदानमा ३–० गोलले हरायो । पीएसजीको सहज जितमा केलियन एमबाप्पे, सर्जियो रामोस र मार्किन्हसले गोल गर्नुभयो । एकपक्षीय खेलमा एमबाप्पेले २८औँ मिनेटमा गोलको खाता खोल्नुभएको थियो । उहाँले अचरफ हाकिमीको पासमा गोल गर्नुभएको हो । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाउनुभयो । ७७औँ मिनेटमा डि मारियाकै पासमा कप्तान मार्किन्हसले गोल गर्दै पीएसजीलाई सजिलै जिताउनुभयो । दोस्रो हाफको इन्जुरी समयमा पीएसजी १० खेलाडीमा समेटिएपनि एन्जर्सले गोल फर्काएन सकेन । जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको ३३ खेलबाट ७७ अंक बनाएको छ । पीएसजीले दोस्रो स्थानको मार्सेलीभन्दा १५ अंकले अगाडि छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ६२ अंक छ । पराजित एन्जर्स ३४ अंक सहित १४औँ स्थानमा छ । एजेन्सी
रङ्गेली समाचारदाताविराटनगर, वैशाख ८ गते । विराटनगरका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने दस र गत वर्षको बजेट भाषणमा समेटिएका तर कार्यान्वयनमा नआएका आठ बुँदासहितको लिखित सुझाव दिएको छ । सङ्गठनले अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई उक्त सुझाव दिएको हो । सङ्गठनका अध्यक्ष सुयश प्याकुरेल नेतृत्वको टोलीले यी दुई मन्त्रालय गई सम्बन्धित मन्त्रीलाई लिखित सुझाव दिएको हो । सुझावमा चालू आर्थिक वर्षको बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुँदा परियोजना धितो राखेर दिइने भनिएको २५ लाख रुपियाँसम्मको ऋण सुविधालाई कार्यान्वयनमा ल्याउन माग गरिएको छ । उहाँले एक प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भनिएको उक्त सुविधा अहिलेसम्म नपाएको गुनासोे गर्नुभयो । उद्योग सङ्गठन मोरङका अध्यक्ष प्याकुरेलले स्टार्टअप व्यवसायको दर्ता नवीकरण, तथा अन्य सेवा एकद्वार प्रणालीबाट निःशुल्क उपलब्ध गराउने भनिएको पनि अहिलेसम्म कार्यान्वनयमा नआएकाले उक्त बुँदाबारे स्मरण गराएको जानकारी दिनुभयो । यसैगरी एक अर्ब च्यालेन्ज फन्ड व्यवस्था गरिएको भनेर बजेटमा लेखिए पनि त्यसको पनि कुनै कार्यान्वयन नभएको भन्दै राम्रा बुँदालाई निरन्तरतामा राखेर कार्यान्वनयमा ल्याउन माग गरिएको छ । उद्योगहरूले छिमेकी मुलुकसँगको वाणिज्य तथा व्यापार सन्धिको पुनरवलोकन कार्य अगाडि बढाएर चीन र भारतबाट प्राप्त पारवहन सुविधाको उपभोग गर्न सरकार प्रतिबद्ध हुनुपर्ने सुझाव उल्लेख गरेका छन् । यसैगरी विराटनगरस्थित नेपाल र भारत सीमामा रहेको रेलमार्गलाई आईसीपीसँग जोड्नका लागि बजेटको मागसमेत गरिएको छ । सङ्गठनले बुझाएको सुझावपत्रमा बजेट भाषण र ऐन कानुनमा उद्योग व्यापारलाई हित हुने विषय समेटिए पनि कार्यान्वयनमा नजाँदा समस्या हुने गरेको उल्लेख गरिएको छ । सङ्गठनको प्रतिनिधिमण्डलमा अध्यक्ष प्याकुरेलसहित उपाध्यक्ष नन्दकिशोर राठी, कोषाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, इन्द्र खत्री, पारस लुनियाँ, पूर्वअध्यक्ष मुकेश उपाध्यक्षसहितको सहभागिता रहेको महानिर्देशक चुडामणि भट्टराईले जानकारी दिनुभयो ।औद्योगिक क्षेत्रको आवश्यकतालाई दृष्टिगत गरी सुनसरीको अमडुवामा रहेको साल्ट ट्रेडिङको ६५० बिघा जग्गामा निर्यात प्रवद्र्धन गर्ने उद्योग स्थापनाका लागि सहजीकरण गर्न आवश्यक सम्पूर्ण पूर्वाधार सुविधासहितको ‘क्रस बोर्डर’ औद्योगिक क्षेत्र निर्माण गर्ने बजेट माग गरिएको छ । यसैगरी निर्यात प्रवद्र्धन तथा भारतसँगको व्यापार घाटा कम गर्न स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने र ५० प्रतिशतसम्म मूल्य अभिवृद्धि गर्ने उद्योगलाई नगदमा प्रोत्साहन दिनुपर्ने, निकासीजन्य उद्योगले प्राप्त गर्ने बैङ्क ग्यारेन्टी, नगद धरौटी, पासबुक सुविधाहरू उपयोग गर्न प्रक्रियागत सरलीकरण गरिनुपर्ने र निकासीजन्य उद्योगलाई अन्य देशका असल अभ्यासको अध्ययन गरी नेपाल सरकारले कर नीतिहरूमा सुधार गर्नुपर्ने माग राखिएको छ ।
काठमाडौं, बैसाख ८ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक विहीबार (आज) दिउँसो १ बजे बस्ने भएको छ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरका उम्मेद्वारका विषयमा छलफल गर्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । त्यस्तै गरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक आजनै विहान ११ वजे शंखमूल स्थित ए वान पार्टी प्यालेसमा बस्ने गोरखापत्र अनलाइनलाई रिजालले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बस्ने परिषद्को बैठक निर्वाचनका विषयमै केन्द्रीत हुने उहाँले बताउनुभयो ।
काठमाडौँ, वैशाख ८ गते । म्यानचेस्टर सिटी फेरि इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोलले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो । सिटीलाई जिताउन रियाद महारेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक एक गोल गर्नुभयो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा महारेजले ५३औँ मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनुभयो । ६५औँ मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ८२औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सहज जित दिलाउनुभयो । जितसँगै सिटीले शीर्षस्थान कब्जा गरेको सिटीले ३२ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ४० अंक सहित १०औँ स्थानमा छ । अर्को खेलमा चेल्सीलाई आर्सनलको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा चेल्सी आर्सनलसँग ४-२ गोलले पराजित भयो । एजेन्सी