लामो समयदेखि नेपाल कराते महासङ्घमा देखिएको विवाद समाधान उन्मुख भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासङ्घ केन्द्रीय कार्यसमितिको तदर्थ समिति गठन गरेपछि विवादले समाधानको रूप लिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ ।
नेपाल टी–२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो । फाइनलमा विराटनगरले बुधबार लुम्बिनी अल स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।
काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले हरायो ।
लुम्बिनी अल स्टार नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा प्रवेश गरेको हो ।
लक्ष्मण मल्ल एथलेटिक्स, साइक्लिङ र दुवाथलनको खेलाडी हुनुहुन्छ। धादिङ गल्छी स्थायी घर भएका मल्ललाई नेपाली खेलकुदमा रम्ने र जम्ने वातावरण विभागीय टोली नेपाल एपीएफ क्लबले पूरा गरिदिएको छ।
विवादका कारण नौ ओभरमा छोट्ट्याएको नेपाल टी–२० क्रिकेट लिगमा मंगलबार काठमाडौं नाइट्स विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा काठमाडौंले विराटनगर सुपर किंग्सलाई ३४ रनले हरायो ।
जनकपुर रोयल्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफ नजिक पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले फार पेस्ट युनाइटेडलाई ८२ रनले हरायो । जितसँगै जनकपुर दोस्रो स्थानमा यथावत् छ ।
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा आफ्नो अपराजित यात्रा जारी राखेको छ । त्रिवि क्रिमेट मैदान कीर्तिपुरमा शुक्रबार भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले हरायो ।
जनकपुर रोयल्स नेपाल टी–२० लिग क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई आठ विकेटले हरायो ।
आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कप्तान लियोनल मेस्सी कतारमा आइतबार राति सम्पन्न २२औं फिफा विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुनुभएको छ ।
साविक विजेता फ्रान्स कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अल बायट स्टेडियममा बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले हराउँदै फ्रान्स उपाधि रक्षाको बाटोमा देखिएको हो ।
अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो ।
रोमाञ्चक र नाटकीय खेलको टाइब्रेकरमा नेदरल्यान्ड्सलाई ४-३ गोलले स्तब्ध बनाउँदै अर्जेन्टिना कतारमा जारी २२औं फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।