नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ ।
केही दिनयता खाने तेलको मूल्य प्रतिलिटर १० देखि ३० रुपियाँसम्म सस्तिएको छ । युक्रेन र रुसबीचको युद्धका कारण उच्चदरमा बढेको खाने तेलको भाउ तीन दिनयता घट्न थालेको हो ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले उक्त कुरा बताउनुभएको हो ।
आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट यथार्थपरक र परिणामुखी भएको बताउनुभएको छ । मन्त्री विष्टले बुधबार प्रदेश सभामा पेस गर्नुभएको बजेटमा आव २०७९/८० लाई अधुरा योजना सम्पन्न गर्ने वर्षका रूपमा घोषणा गर्नुभएको छ । बजेटको ठूलो हिस्सा क्रमागत तथा अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको छ ।
पूर्व पश्चिम राजमार्गको सुनवल तरिया खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्व पश्चिम लोकमार्ग गएको रातीदेखि अवरुद्ध भएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी खेलाडी हुन् खुसी डङ्गोल । उहाँको पहिचान खेलाडीमा मात्र सीमित छैन । मिस नेवाः प्रतिस्पर्धामा विजेता हुनकै लागि तयारीमा हुनुहुन्छ । हाल स्नातक पहिलो वर्षमा अध्ययरत १९ वर्षीय डङ्गोल
वैदेशिक रोजगार विभागले काठमाडौँ अल अस्मास नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका सबै कारोबार रोक्का गरी अनुसन्धान थालेको छ । उक्त म्यानपावर कम्पनीले कुवेतको केएफसी कम्पनीमा रोजगारीमा पठाइदिने भन्दै मागपत्र प्रमाणीकरण नगरीकनै अन्तर्वार्ता लिएको पाइएपछि विभागको आकस्मिक अनुगमन टोलीले कारोबार रोक्का गरी कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
गल्याङ नगरपालिका–३ को लल्याङका ८० घरपरिवार पहिरोका कारण उच्च जोखिममा परेका छन् । विगत १० वर्षदेखि निरन्तर बगिरहेको पहिरोले पछिल्लो समय गाउँलाई जोखिममा पु-याएको हो ।
सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ साउन २० देखि नेपालभर प्रदर्शन हुने भएको छ । आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथावस्तुमा तयार भएको चलचित्र ‘म’ चलचित्रसम्बन्धी अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाजको प्रोडक्सनमा तयार गरेको हो । चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट,
काभ्रेको धुलिखेलमा रहेका होटल तथा पर्यटन व्यवसायीले धुलिखेललाई पर्यटकीय गन्तव्य बनाउन तथा धुलिखेलमा पर्यटकलाई आकर्षित गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।
सरकारले बेलायत सरकारसँग दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो । मन्त्रिपरिषद्ले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने ३६ करोड ६२ लाख
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुटवलमा शुक्रबारदेखि दुईदिने राष्ट्रिय चिया प्रदर्शनी गर्ने भएको छ । ‘स्वदेशमा उत्पादित चियाको सेवन गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ नेपालमा उत्पादित चियाको देशभित्रै खपत बढाउने र चियाका फाइदाको विषयमा जानकारी दिने, सही चियाको सही रूपमा सेवन गर्न चिया संस्कृतिको विकास गर्ने उद्देश्यले राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
मनमोहन मेडिकल कलेजलाई सरकारले लिने (खरिद गर्ने गरी) प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेज लिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको छ । त्यसअघि मनमोहन मेडिकल कलेजले खरिद गर्न अनुरोधसहितको निवेदन मन्त्रालयसमक्ष दिइएको थियो ।
नेपाल बैङ्क लिमिटेडले मोबाइल बैङ्किङ एप प्रयोग गर्दा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ । नेपाल बैङ्कमा खाता भएका र नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने ग्राहकलाई सो सुविधा दिने गरी बुधबार बैङ्क र नेपाल टेलिकमबीच सम्झौता भएको हो ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना नायव सुव्वालाई अधिकृतमा बढुवा गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मुल्याङकनबाट लोक सेवा आयोगबाट सिफारिस भएनुसार रा.प. तृतीय श्रेणी (अधिकृत) स्तरमा बढुवा गरेको हो ।