• २ माघ २०८२, शुक्रबार

श्रीलङ्काकाद्वारा सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न पर्यटन अभियान सुरु

blog

कोलम्बो, माघ २ गते । श्रीलङ्का पर्यटन विकास प्राधिकरण (एसएलटीडीए)ले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्य पूरा गर्न विशेष अभियान सुरु गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले  शुक्रबार बताउनु भएको छ । 

एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक कम आउने महिनामा आगन्तुकलाई आकर्षित गर्न प्रमुख युरोपेली बजारमा केन्द्रित प्रचार अभियान सुरु गर्ने बताउनु भएको छ । व्यापक पर्यटन रणनीतिको एक हिस्साको रूपमा, श्रीलङ्काले हालै देशको भारतीय पर्यटक आधारलाई विविधीकरण गरी अन्य आगन्तुकलाई आकर्षित गर्न प्रमुख भारतीय शहरमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेको उहाँले उल्लेख गर्नु भएको छ । 

सने २०२६ को जनवरीको पहिलो हप्तामा ९४ हजार भन्दा बढी पर्यटक आगमन भएको रिपोर्ट गर्दै श्रीलङ्काले २०२६ मा बलियो सुरुवात गरेको उहाँले जनाउनु भएको छ । पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व उत्पादक तथा आर्थिक विकासको आधार भएको जनाइएको छ भने सन् २०२६ मा श्रीलङ्काले ३० लाख पर्यटक आउने अपेक्षा गरेको छ । रासस/सिन्ह्वा