• ११ जेठ २०८१, शुक्रबार

नाटक ‘ऐया ! माया’ मञ्चन हुने

blog

काठमाडौँ, असार ३ गते । नाटक ‘ऐया ! माया’ ७ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ । सुदाम सिकेले निर्देशन गर्नुभएको नाटक मानिसले बिर्सिरहेका कुरालाई सम्झाउने प्रयत्न गर्ने जनाइएको छ । 

नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर सिवाकोटी र मुक्तिको अभिनय रहेको नाटकमा शिवराज जोशी र शर्मिला गुरुङको सङ्गीत रहेको छ । नाटक असार ३२ गतेसम्म मञ्चन हुनेछ ।