• २ माघ २०८२, शुक्रबार

घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

घोराहीमा भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय। तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, माघ २ गते। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दाङको घोराहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीस्थीत जिल्ला अदालतको कार्यालयमा स्थापना गरिएको हो।

प्रतिनिधिसभा निर्वाचन–१ को मुख्य निर्वाचन अधिकृतको कार्यालय लमहीस्थित लमही नगरपालिकाको कार्यालय र क्षेत्र नं. ३ को कार्यालय तुलसीपुरस्थित सरकारी वकिलको कार्यालयमा स्थापना गरिएको छ।  

क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको दाङ जिल्ला अदालतका न्यायाधीश समेत रहनुभएका मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डित र प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले उद्घाटन गर्नुभएको हो। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पण्डितले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क रहन आग्रह गर्नुभएको छ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लामा मतदाताले ढुक्कका साथ मतदान गर्न सक्ने गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको बताउनुभयो।