ग्लोबल आईएमई बैङ्क लिमिटेडले कर्णाली प्रदेशको डोल्पाको दुनै बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुनैमा नयाँ शाखा स्थापनासँगै बैङ्कको ७७ जिल्लामा शाखा कार्यालय स्थापना गर्ने निजी क्षेत्रको पहिलो बैङ्क बनेको दाबी सो बैङ्कले गरेको छ ।
अक्करे भीरमा खसेको पहिरोले तीन जिल्लाका यात्रुलाई सास्ती दिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, वाशेश्वरको हैबारस्थित अक्करे भीरमा पहिरो खस्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका यात्रुले सास्ती खेप्नुपरेको छ ।
कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् ।
ङमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाईते भएका छन् । बिहीबार बेलुकी पौने ९ बजेतिर घोराही उपमहानगरपालिका–७ बेसाही नजिकै सौडियारतिरबाट घोराहीतर्फ आउँदै गरेको रा ३ प २२९२२ नम्बरको मोटरसाईकलले साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाईते भएका छन् ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रदेश सभाको बहुमतबाट पारित भएको छ । अब प्रदेश सरकारलाई आगामी साउन १ गतेबाट बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले पेस गर्नुभएको विनियोजन विधेयक २०७९ बहुमतले र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
नेपालीमा एउटा भनाइ निकै प्रचलित छ, ‘‘जसको बिहे उसको नजिक नल्याए’’ अर्थात् सम्बन्धितलाई तत् विषय वा चासोबाट टाढै राख्नु । नेपाल र भारतबीच महाकाली नदीको पानी सामूहिक र बहुउपयोग गर्ने सन्धि साढे दुई दशकभन्दा अघि भए पनि नेपाललाई महाकाली नदीको पानीबाट पूर्ण रूपमा वञ्चित गरिएको यथार्थ हो । लामो समय पानीबाट वञ्चित हुनुप-यो ।
नेपालमा बेलाबेला ठालु पात्रले मुलुकको सार्वजनिक नीतिमा राइँदाइँ गरेको प्रसङ्गको चर्चा भइरहन्छ । सार्वजनिक नीतिसम्बन्धी जानकार द्वय रिजेकर (१९९४) र फिसर (२०००) को संयुक्त तर्क छ, जब सार्वजनिक नीति सत्ताबाट फुत्किएर ठालुका हातमा पुग्छ तब मुलुकको शासकीय प्रबन्धमा राजनीतिक गुण हराउँछ, त्यहाँ दलालको गुण प्रवद्र्धन हुन्छ ।
नागरिकलाई विकास, सामाजिक न्याय र सुशासनको प्रत्याभूति दिलाउने निकाय स्थानीय तहका वडा समिति हुन् । नागरिकसँग सबैभन्दा नजिकमा रहेर काम गर्ने पहिलो जनप्रतिनिधिमूलक निकाय वडा समिति हो । सत्ता र सरकारको संस्कार, संस्कृति, सोच र चिन्तन प्रतिविम्बित गराउने निकाय पनि वडा समिति नै हुन् ।
एउटा जीवन्त संस्थाले समय–समयमा आरोह–अवरोहको स्थितिबाट गुज्रनुपर्दछ, यसैभित्र पर्दछ– नेपाल वायुसेवा निगम । गएको ६४ वर्षको आयुमा यसले कुनै बेला सफलता त कुनै बेला समस्या झेल्दै आएको छ । कुनै पनि वायुसेवा कम्पनीको उन्नतिका लागि महìवपूर्ण मानिने पक्षमा जहाजको उपयोगिता, उच्च दरको सिट उपयोग एवं गन्तव्य विस्तार पर्दछन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार केही स्थानमा विजयी भएपछि आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि स्वतन्त्रको उत्साह जागेको छ । त्यसका लागि कतिपयले उम्मेदवारी नै घोषणा गरेका छन् भने स्वतन्त्र अभियानका रूपमा दल नै खडा गरिएको छ ।
लमजुङको दोर्दी गाउँपालिका वडा नं. ७ को वडा कार्यालय भवन पहिरोको जोखिममा परेको छ ।
अस्ट्रेलियाका लागि नेपाली कार्यबाहक राजदुत कुलबहादुर मगरले सञ्चारकर्मीहरुले सहि सूचना सम्प्रेषण गर्न आग्रह गर्दै अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको बास्तविक समस्या पहिचान गर्न आग्रह गर्नुभयो ।
मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टीका अध्यक्ष नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज छलफल भएको छ । अध्यक्ष ओली निवास बालकोटमा अध्यक्ष ओली र संयोजक गौतमबीच भेटवार्ता भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी गराएको छ ।