काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डङ्गोलले एउटा ठाउँको सांस्कृतिक सम्पदासँग अर्को ठाउँको धार्मिक सांस्कृतिक सम्बन्ध काठमाडौँको अद्वितीय विशेषता भएको बताउनु भएको छ ।
कोशी प्रदेश सरकारको योगदानमूलक निवृित्तभरण कोष (स्थापना तथा सञ्चालन) ऐन २०८२ बमोजिम प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका कर्मचारीका लागि योगदानमूलक निवृित्तभरण-उपदान रकम कर्मचारी सञ्चय कोषमा जम्मा गर्न सम्झौता भएको छ ।
मधेस–प्रदेशको राजधानी जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा अपराह्न २ बजेसम्म तीन भन्दाबढीले मतदान गर्नुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी छ। आइतबार दिउँसो २ बजेसम्म दुई सय २१ जनाले मतदान गर्नुभएको छ।
दबाब, साइबर दुर्व्यवहार र गिरफ्तारी वारेन्टका बाबजुद पाकिस्तानकी चर्चित मानव अधिकारवादी वकिल इमान मजारीलाई चुप गराउन सकिएको छैन । उहाँले जेल सजायले समेत आफ्नो सङ्कल्प कमजोर नपार्ने स्पष्ट पार्नुभएको छ ।
लुम्बिनी प्रदेशमा जारी राष्ट्रिय सभा निर्वाचनमा हालसम्म २७० जना मतदाताले मतदान गरेका छन् । १ बजेसम्म प्रदेश सभा सदस्यतर्फ ७७ जना र स्थानीय तह सदस्यतर्फ १९३ जनाले मतदान गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय मनाङले वन डढेलो नियन्त्रण तथा प्राकृतिक विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम केन्द्र शिक्षालयलाई विभिन्न उद्धार सामग्री हस्तान्तरण गरेको छ ।
नेपाल चिकित्सक सङ्घको निर्वाचन प्रतिनिधि सभाको निर्वाचन अघि नहुने भएको छ ।
राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–बहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।
दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ ।
प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आज भइरहेको मतदान जारी छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।