राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा अहिले १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
यो अवधिमा चिसापानी–हुवास–त्रिवेणी–बहाकी–रानीपानी–बर्राचौर २३ किलोमिटर, अर्मादी–खुर्कोट–बनौ सडक १२ किलोमिटर, पातीचौर–देउपुर– भुकदेउराली १२ किलोमिटर, डिमुवा–तिलाहार–राम्जादेउराली ११ किलोमिटर कालोपत्र गरिएका हुन् ।
दुई जना राष्ट्रिय सभा सदस्य चयनका लागि सुदूरपश्चिम प्रदेशमा शान्तिपूर्वक निर्वाचन भइरहेको छ ।
प्रसौनी गाउँपालिका-२ अन्तर्गत दुघौरा पुल नजिक भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेश प्रदेशमा चार सिटका लागि आज भइरहेको मतदान जारी छ ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ ।
हिमाली जिल्ला म्याग्दीबाट नियमित औषधी सेवन गर्ने चार जना कुष्ठरोगी रहेको बताइएको छ ।
डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले जिल्लाको रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो ।
इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । इटहरी रङ्गशालाको खेलमैदानमा सुरु भएको प्रतियोगिताको औपचारिक उद्घाटन इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले गर्नुभएको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले साढे ५ अर्बभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य निर्वाचनमा बिहान ११ः४५ बजेसम्म २०४ मत खसेको छ। दाङको घोराही –१५ स्थित कर्मचारी मिलन केन्द्रमा बिहानैदेखि मतदान जारी छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहबिच पब्लिक डिबेटमा आउने विषयलाई लिएर तर्क वितर्क सुरुभएको छ । आइतबार विहान ८ बजेतिर अध्यक्ष ओलीले सामाजिक सञ्जालमा पब्लिक डिबेटको लागि आफू तयार रहेको भन्दै स्टाटस पोष्ट गर्नुभएपछि त्यसको करिब दुई घण्टापछि साहले ओलीकै स्टाटसमा जवाफ फर्काउनुभएको हो ।
पोखरामा जारी टाइगर कप भलिबलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले जित निकालेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आइतबार पहिलो खेलमा महिलातर्फ न्यु डायमन्डले विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) माथि ३–० को सोझो सेटको जित निकालेको हो ।
राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा आइतबार बिहान ११ बजेसम्म एक सय ६१ जनाले मतदान गरेका छन् ।